आचार्य लक्ष्मण भण्डारी
गीतामा अर्जुनले भगवान् श्रीकृष्णसँग प्रश्न गर्दछन्, ‘भगवान्, तपाईँले कर्मको सन्न्यास र कर्मको योग अर्थात् कर्मसन्न्यास र कर्मयोग दुवैको प्रशंसा गर्नुहुन्छ । म अलमलमा परेँ, कुनचाहिँ श्रेष्ठ हो भन्ने
सन्दर्भमा । त्यसैले, मेरा लागि यी दुईमध्ये जुनचाहिँ कल्याणप्रद र उपयोगी छ, कृपया त्यसका बारेमा बताउनुहोस् ।’ हाम्रो मन, इन्द्रिय र शरीरका माध्यमले जेजस्ता कर्महरु हुने गर्दछन्, ती कर्महरुको कर्ता म हुँ भन्ने त्यस्तो कर्तापनको त्यागलाई नै कर्मसन्न्यास भनेर भनिएको छ । कर्मसन्न्यासले कहिल्यै पनि कामहरु मैले गरेको हुँ, त्यसैले ती समस्त कर्मको कर्तृत्व मैमाथि निर्भर हुन्छ भनेर भन्दैन । त्यस्तो कर्मसन्न्यासीले कर्तापनलाई सदैव त्याग गरेको
हुन्छ । हरेक कर्म र तत्सम्बन्धी सम्पूर्ण प्राप्ति–अप्राप्तिहरुलाई त्याग गर्दै अघि बढ्दै गर्नु नै कर्मसन्न्यास हो ।
कर्मयोगी त्यो हो जसले समान विचार, भावना र बुद्धिका साथमा कर्महरु सम्पादन गर्ने काम गर्दछ । त्यस्तो कर्मयोगी कुनै पनि कर्मका राम्रा नराम्रा, धेरै थोरै, आदि इत्यादि फलका विषयलाई लिएर हर्ष र द्वेष गर्ने काम गर्दैन । चाहे काम गर्दै जाँदा अपेक्षा गरिएअनुसार प्राप्ति होस्, चाहे अपेक्षा गरिएअनुसार थोरै प्राप्त होस्, कुनै पनि अवस्थामा आफ्ना दृष्टिलाई समान राख्ने व्यक्तिलाई कर्मयोगी भनेर गीताले बताएको छ ।
अर्जुनले जब कर्मसन्न्यास र कर्मयोगको श्रेष्ठताका बारेमा प्रश्न गरे, जवाफमा श्रीकृष्णले भन्नुभयो, ‘कर्मसन्न्यास र कर्मयोग यी दुवै उत्तिकै मह¤वपूर्ण र परम कल्याणकारी छन् । तापनि, कर्मसन्न्यास अलि गाह्रो हुन्छ । सहज, सरल र स्वाभाविक हुने हुनाले गृहस्थहरुका लागि कर्मयोग साधनादिका दृष्टिले पनि श्रेष्ठ छ ।’ यसको अर्थ अर्जुन सांसारिक थिए, गृहस्थ थिए । उनले कर्मसन्न्यासीहरुले जस्तै कर्मलाई त्याग गर्न सक्दैनथे । त्यसैले, भगवान् श्रीकृष्णले कर्मयोग अर्जुनका लागि श्रेष्ठ हुने कुरा बताउनुभयो ।
भगवान् श्रीकृष्णले भन्नुभएअनुसार जो पुरूष न कसैसँग द्वेष गर्दछ, न कुनै कुराको मह¤वाकाङ्क्षा राख्दछ, त्यस्तो कर्मशील व्यक्ति कर्मयोगी मात्र होइन, साथसाथै ऊ कर्मसन्न्यासी पनि हुन सक्दछ । किनकि जो निद्र्वन्द्व छ, राग र द्वेषदेखि पर छ, त्यस्तो व्यक्ति सुखका साथ संसार बन्धनबाट मुक्त हुने हैसियत राख्दछ । हामीलाई हाम्रा इच्छा र आकाङ्क्षाहरुले बाँधेर राख्ने हुन् । यिनै इच्छा र चाहनाहरुका कारण हामी कयौँ अप्ठ्याराहरुबाट गुज्रनु परेको छ । कयौँ बन्धनका डोरीहरुले बाँधिएर बस्नु परेको छ । यदि हामीभित्र कुनै निश्चित विषय, वस्तु वा व्यक्ति आदि कसैप्रति पनि अनावश्यक मोह, माया वा घृणा र नराम्रो भावना छैन भने हामी प्रसन्न हुन्छौँ, खुसी हुन्छौँ, मुक्त हुन्छौँ ।
कर्मयोग र कर्मसन्न्यासमा सामान्य भेदजस्तो देखिए पनि वास्तवमा यी दुईमा ता¤िवक रुपमा त्यस्तो विशेष विभेद छैन । ‘सामान्य मानिसका लागि कर्मसन्न्यास र कर्मयोगले फरकफरक फल दिन्छन् भन्ने लाग्दछ, तर जसले सत्य र असत्यको विवेचन गर्न सक्दछन्, त्यस्ता पण्डित एवम् विद्वान्हरुले भने एउटैमा पनि दुवै प्रकारका फल प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राख्दछन् ।’—भगवान् श्रीकृष्णको विचार । कर्मसन्न्यासले कर्मलाई त्याग गर्नु भन्दछ भने कर्मयोगले कर्मफलप्रति समान धारणा राख्नुपर्दछ भनेर भन्दछ । आखिर यी दुवैले त¤वतः त्याग र अनासक्तिको विशिष्टतालाई नै बोलिरहेका हुन्छन् ।
कर्मसन्न्यासीहरु कर्म गर्नभन्दा त्यसको सैद्धान्तिकतामा बढी केन्द्रित हुन्छन् । अर्थात्, ज्ञानयोगको अभ्यास गर्नेहरु नै कर्मसन्न्यासी हुन् । गीताले भनेअनुसार साङ्ख्ययोग अर्थात् ज्ञानयोगीहरुले जुन परम स्थान प्राप्त गर्दछन्, कर्मयोगी अर्थात् कर्मफलप्रति अनासक्त भएर कर्म गर्ने कर्मयोगीहरुले पनि त्यही फल प्राप्त गर्न सक्दछन् । त्यसैले, जसले ज्ञानयोग र कर्मयोगलाई साध्यका रुपमा एउटै देख्न सक्दछ, उसको त्यो समत्वको दृष्टि नै यथार्थ दृष्टि हो ।
यति हुँदाहुँदै पनि भगवान् श्रीकृष्णको कथन छ, ‘अर्जुन, कर्मयोगबिना कर्मसन्न्यास अर्थात् मन, इन्द्रिय र शरीरद्वारा सम्पन्न हुने सम्पूर्ण कर्ममा कर्तापनको त्याग गर्ने कुरा निकै कठिन हुन्छ । तर, कर्मयोगी साधु पुरूषले भने अविलम्ब मुक्ति अर्थात् ब्रह्मत्व प्राप्त गर्न सक्दछ ।’ साङ्ख्य योगीहरु भनेका शास्त्रको अध्ययन गर्ने, ज्ञानको चर्चा–परिचर्चा गर्ने मानिसहरु हुन् भने कर्मयोगी भनेका कर्मशील मानिसहरु हुन्, जसले कामको परिणाम जेजस्तो भए पनि चित्त बुझाउने र त्यो फल कल्याणमा लगाउने गर्दछन् । यी दुईमध्ये गीतामा कर्मयोगीहरुको बाटो सरल र सहज भएको बताइएको छ । अर्थात्, जसले लगनशील भएर आफ्नो कर्तव्य निष्ठाका साथ निर्वाह गर्दछ, त्यस्तो व्यक्ति केही नगरेर पनि दुःखमुक्त हुन सक्दछ । तर, स्मरणीय के छ भने हामीले जुन कर्तव्य निर्वाह गर्दछौँ, त्यो कर्तव्यको फल जेजस्तो भए पनि त्यसप्रति सन्तुष्ट भने हुन सक्नुपर्दछ ।
कर्मयोग सरल माध्यम त हो मुक्ति र बह्मबोधका लागि, तर कर्म गर्ने कर्मीहरु भने कर्मयोगी हुन जरूरी छ । हामीले कर्म गर्दा कर्मका फलको बारम्बार चिन्तन गरिरह्यौँ र अपेक्षा गरिरह्यौँ भने त्यसरी गरिएका कर्महरुले त झन् हामीलाई ठूलो बन्धनमा पार्ने काम गर्दछन् । त्यसैले, वास्तविक कर्मयोगी त्यो हो, जसको मन संयममा छ, जो स्वयम्मा इन्द्रियविजयी बन्न सफल छ र अन्तस्करणदेखि नै रागद्वेषविहीन छ र सबै प्राणीमा परमशक्तिको अस्तित्वको दर्शन गर्दछ, त्यस्तो मान्छेले कर्म गरिरहे पनि कर्मका तुच्छ फलको बन्धनमा बाँधिदैन । ऊ कर्मफलदेखि मुक्त हुन्छ ।
अर्थात्, कर्मका फलहरुदेखि मुक्त हुनका लागि हामीले आपूm स्वयम्मा शासित, व्यवस्थित, इन्द्रियातीत रहेर कर्मयोगमा सहभागी हुन सक्नुपर्दछ भन्ने गीताको मूल आशय रहेको छ । साङ्ख्ययोगी अर्थात् ज्ञानयोगीहरुले भने देखेर, सुनेर, स्पर्श गरेर, सुँघेर, भोजन गरेर, भोग गरेर, सास फेरेर, बोलेर, ग्रहण गरेर, आँखा खोलेर वा बन्द गरेर पनि यी सबै इन्द्रियहरुले आ–आफ्नो काम गरिरहेका छन् भन्ने सोचर आपूm तिनका कर्मदेखि भिन्न भएको कल्पना गर्नुपर्दछ । यो निकै कठिन कुरा हो । शरीरको मायामोहमा फँसेका र शरीरको अभिमानमा रमाएका मानिसहरुबाट यस्तो ज्ञानयोगको अभ्यास असम्भव प्रायः देखिन्छ । त्यसैले, यस्तो जटिल साङख्ययोगका तुलनामा कर्मयोगको मार्ग निकै नै सरल र सुगम छ भनेर गीतामा बताइएको छ ।
भगवान् श्रीकृष्ण भन्नुहुन्छ ः
‘बह्माण्याधाय कर्माणि
सङ्गं त्यक्त्वा करोति यः ।
लिप्यते न स पापेन
पद्यपत्रमिवाम्भसा ।।
अर्थात्, जसले सबै कर्मलाई ब्रह्माण्डीय शक्ति (परमात्मा)मा समर्पण गरी सम्पूर्ण आसक्तिलाई त्यागेर आपूmले गर्नुपर्ने काम गर्दछ, त्यस्तो व्यक्ति पापरहित निर्मल बन्दछ, जसरी पानीमा रहेको कमल पूmलको पात स्वच्छ र पवित्र रहन्छ ।’ हिलोमाथि फुल्ने कमलको पूmल साँच्चै नै अनासक्तिको दुर्लभतम उदाहरण हो । सच्चा कर्मयोगी पनि कमलका पातहरु हिलोकै बीचमा रहेर पनि हिलोमैलोमुक्त र पवित्र रहेजस्तै पवित्र र निर्मल रहन्छन् । संसार हिलो र मैलोले युक्त छ । हामीसँग यो संसाररुपी हिलोमैलोदेखि बाहिर बसेर जीवन बाँच्ने अर्को कुनै विकल्प
छैन । हामी आखिर यही संसारमा नबसी सुखै छैन ।
संसारमा बाँच्नका लागि हाँत बाँधेर बसेर पनि केही हुुनेवाला छैन । पानीमा फुल्ने कमलको पूmल कति राम्रोसँग मुस्कुराएको हुन्छ । हामी पनि यही संसाररुपी हिलोमैलाकै बीचमा मुस्कुराउनुपर्दछ, जीवनको खुसी खोज्नुपर्दछ । हामीले मिहिनेत र परिश्रम जति धेरै गर्न सक्दछौँ, जीवन त्यति नै गतिशील, पवित्र र निर्मल बन्दछ । त्यसैले, भगवान् श्रीकृष्णको आशय के हो भने हामी कर्मशील हुनुपर्दछ, तर कर्मफलको आसक्तिदेखि माथि रहेर । संसारका लोभ, मोह, आसक्ति, राग आदि फोहोरहरुले हामीलाई बाँध्न नपाऊन्, हिलोमैलोले कमलका पातहरुलाई अपवित्र बनाउन नसकेजस्तै ।
हामीले कर्मका फलहरुलाई त्यागका लागि आर्जन गर्ने हो । हाम्रो कमाइ केवल हामी बाँच्न, खान र रमाउनका लागि होइन । मनुष्यले जे कमाउँछ, त्यो कसैका लागि कमाउनुपर्दछ, परमार्थ र कल्याणका लागि कमाउनुपर्दछ । कर्मका जेजति फल प्राप्त हुन्छन्, ती परमार्थका लागि त्याग्नका लागि हुन् । त्यस्तो त्यागका लागि नै हामीले कर्मफलको आशा गर्नुपर्दछ ।
‘युक्तः कर्मफलं त्यक्त्वा
शान्तिमाप्नोति नैष्ठिकीम् ।
अयुक्तः कामकारेण
फले सक्तो निबध्यते ।।’— भगवान् श्रीकृष्ण ।
अर्थात्, कर्मयोगी आपूmले गरेका तमाम कर्मका फललाई त्यागेर दिव्यान्दरुपी शान्तिलाई प्राप्त गर्दछ भने सकाम पुरूष अर्थात् इच्छा र चाहना लिएर काम गर्ने व्यक्ति कामनाका कारणले फलमा आसक्त भएर बन्धनमा पर्दछ, मुक्त हुन सक्दैन ।
हामीले गर्ने सबै–सबै कामहरु जीवन निर्वाहसँगै परमार्थको अहम् दायित्व निर्वाह गर्नका निमित्त हामीले गरिरहेका छौँ भन्ने भाव प्रबल बनाउनुपर्दछ । यदि हामीले आसक्तिसाथ वा अपेक्षाका साथ कर्म ग¥यौँ भने फलको सीमाभित्र बन्दी बन्न पुग्दछौँ । होइन, यदि कामका सबै–सबै फल मैले अर्कैका लागि अर्पण गर्ने हो भन्ने सोचेर त्यागभावले कर्म गर्ने हो भने हामीले साँच्चै भगवत्प्राप्तिस्वरुप आनन्दलाई प्राप्त गर्न सक्दछौँ भन्ने गीताको सन्देश रहेको छ । जसको अन्तस्करण वशमा छ, त्यस्तो व्यक्ति कर्मशील रहेर पनि केही नगरेको, केही नगराएको जस्तो नौवटा ढोका भएका घरमा सबै कर्मलाई मनदेखि नै त्यागेर आनन्दस्वरुपमा रहने गर्दछ ।
गीताले भनेको छ– परमात्माले मनुष्य जगत्लाई न कर्तापनका लागि, न कर्महरुका लागि र न त कर्मफलको संयोगका लागि नै रचना गरेको हो । कर्मशीलता त स्वाभाविकता हो, नैसर्गिकता हो । परमेश्वरले न कसैको पापकर्मलाई ग्रहण गर्दछन्, न त शुभकर्मलाई नै ग्रहण गर्दछन् । मानिसको ज्ञान अज्ञानको आवरणले ढाकिएको हुनाले सबै अज्ञानी मनुष्यहरु मोहित भइरहेका मात्र हुन् ।
यति हुँदाहुँदै पनि जसको अज्ञान आत्मज्ञान अर्थात् स्वयम् जागरणका माध्यमले नष्ट भएको हुन्छ, त्यस्तो व्यक्तिको ज्ञानले सूर्यको प्रकाशसमान परमशक्ति एवम् परमात्मात¤वलाई प्रकाशित गरिरहेको हुन्छ । गीताका अनुसार जसको मन परमात्मामय भएको छ, बुद्धि पनि परमानन्दस्वरुप भएको छ र निष्ठाका साथ परममा समाहित भएको छ, त्यस्तो प्रभुपरायण पुरूष ज्ञानका माध्यमले पापमुक्त भएर परमगतिलाई प्राप्त गर्दछ । ज्ञान सर्वदा सर्वप्रिय हुन्छ । ज्ञान कहिल्यै विभेद गर्दैन । ज्ञानको राग र द्वेषको घेरालाई पनि समाप्त गरिदिन्छ । त्यसैले, ज्ञानीहरु समदर्शी हुने गर्दछन्, अर्थात् सबैप्रति समान । उनीहरु विद्या र विनयसम्पन्न ब्राह्मण, गाई, हात्ती, कुकुर र चण्डाल सबैप्रति समान हुन्छन्, दमदर्शी हुन्छन् । जसको मन समभावमा रहेको छ, उनीहरुका लागि जित्न बाँकी केही रहँदैन । मन नै सबैभन्दा ठूलो शत्रु हो हामीले नजितेसम्म र जितेपछि सबैभन्दा प्रिय मित्र । गीताले भन्दछ– जसले मनलाई सबै परिवेश र अवस्थाहरुमा पनि एकैनास राख्न सक्दछ, उसले सम्पूर्ण संसार जितेको हुन्छ । किनकि, ईश्वरीय परमशक्ति निर्दोष र सबैप्रति सम हुन्छ र ऊ त्यही ईश्वरीय शक्तिमा स्थित हुन्छ ।
ब्रह्मविद्ब्रह्मणि स्थितः ।।’—
भगवान् श्रीकृष्णले अर्जनुलाई यस्तो उपदेश गर्नुभएको छ ।
अर्थात्, प्रिय वस्तुलाई प्राप्त गर्दा पनि जो हर्षित हुँदैन र अप्रियलाई प्राप्त गरेर पनि जो उद्िवग्न हुँदैन, त्यस्तो व्यक्तिको बुद्धि शान्त र स्थिर हुन्छ । त्यसैलाई स्थिरबुद्धि भनेर भनिन्छ । त्यस्तो स्थिरबुद्धि व्यक्ति नै बह्मवेत्ता पुरूष हो । ऊ नित्य त्यही सच्चिदानन्दस्वरुप भएर रहेको
हुन्छ । हामीमा भेददृष्टि छ । विश्लेषणको दृष्टि लिएर बाँच्नेहरुले टुक्र्याउनेबाहेक दोस्रो केही गर्न
सक्दैनन् । अस्थिर बुद्धि भएका मानिसहरु छिटो प्रतिक्रिया दिन खोज्दछन् । राम्रो चीज पाउँदा मात्तिने र नराम्रो हुँदा आत्तिने गर्दछन् । त्यसैले, हामी सबै अवस्थाहरुमा समान र एउटै धारणा व्यक्त गर्ने व्यक्ति बन्न सक्नुपर्दछ । गीताको दर्शन यही हो ।
वास्तविक ज्ञान बाहिरी परिवर्तन र रुपान्तरणको चक्रभन्दा फरक हुन्छ । यही सतहको परिवर्तनले गहिराइ परिवर्तन हुन्छ भने त्यो गहिराइमा शान्ति हुँदैन । ज्ञान पनि शान्त समुद्रको गहिराइजस्तै हुन्छ । बाहिरी विषयप्रति अनासक्त अर्थात् रागहीन साधक स्वयम्भित्र जुन शान्ति र आनन्द छ, त्यसलाई प्राप्त गर्दछ र त्यस्तो ब्रह्मान्दस्वरुप अक्षय आनन्दको नित्य अनुभव गर्दछ । ज्ञान कहिल्यै पनि आवरणमा केन्द्रित
हुँदैन । त्यो त अन्तस्करणको गहिराइमा निहित हुन्छ । अन्तस्करणभित्रको जुन ज्ञान हुन्छ, त्यो त्यति नै सघन र शान्त हुन्छ ।
सांसारिक एवम् शरीर र इन्द्रियको अनेक विषयसँगको संयोगबाट उत्पन्न हुने जुन किसिमका सुखभोग छन्, ती अन्ततः दुःखकै कारण बनिरहेका हुन्छन् । त्यसैले, बुद्धिमानीहरु त्यस्ता क्षणिक इन्द्रियजन्य विषयको सुखभोगमा मस्त हुँदैनन् । जुन मानिस शरीर समाप्त हुनुपूर्व नै काम, क्रोधका माध्यमले उत्पन्न हुने आवेगलाई सहन गर्न समर्थ हुन्छन्, तिनै पुरूषहरु योगी हुन् र उनीहरु नै सुखी हुन्छन् । शरीरका आवेगहरुसँगै बग्नेहरु भोगी हुन् र ती नित्य दुःखी हुन्छन् ।
जसका सबै–सबै दुर्भाव र पाप नष्ट भएका छन्, जसका सबै–सबै संशय र आशङ्काहरु ज्ञानका माध्यमले छिन्नभिन्न भएका छन्, जो सम्पूर्ण प्राणीको हितमा संलग्न भएको छ, जसको व्यवस्थित एवम् संयमी मन निश्चलभावका साथ परमात्मामा तल्लीन भएको छ, त्यस्ता व्यक्तिहरु ब्रह्मवेत्ता ऋषिहरुले शान्ति एवम् निर्वाणलाई प्राप्त गरेका हुन्छन् । कामक्रोधमुक्त एवम् संयमित चित्त भएको परब्रह्म परमात्माको साक्षात्कार गरेको व्यक्तिका लागि सर्वत्र परमात्मा पूर्ण हुनुभएको भान हुन्छ । बहिर्जगत्का विषयपदार्थलाई बाहिरै राखेर आँखाको दृष्टिलाई भृकुटीका बीचमा राखेर नाकबाट निरन्तर भित्र–बाहिर गर्ने प्राणवायु
(अक्सिजन) लाई समान बनाएर इन्द्रिय, मन र बुद्धिलाई जितेको मोक्षपरायण साधक इच्छा भय र क्रोधमुक्त भएको हुन्छ र सदा मुक्त एवम् स्वतन्त्र हुन्छ । जगत्कर्ता परमेश्वरलाई सम्पूर्ण यज्ञ, कर्म र तपस्याका भोक्ता, ईश्वरका पनि ईश्वर र सबै प्राणीजगत्प्रति दयालु, करूण र प्रेमपूर्ण जानेर नै मानिसले शान्तिको अनुभव गर्न सक्दछ भनेर गीतामा अर्जुनलाई भगवान् श्रीकृष्णले सम्झाउनुभएको छ ।
यसप्रकार, कर्मयोगका माध्यमले हामी सहज र सरल विधिमा आपूmलाई निर्मलीकरणको अभियानमा सामेल गर्न सक्दछौँ भन्नु गीताको अभीष्ट देखिन्छ । हामीले कर्मको फलप्रति अनावश्यक मोह र आसक्ति राख्नुहुँदैन । हाम्रो कर्मप्रतिको अनासक्तिले नै हामीलाई मुक्तिको दिशा प्रदान गर्न सक्दछ । हामी कर्मबाट कहिल्यै पछि हट्नुहुँदैन तर कर्मको फल यस्तो भए हुन्थ्यो, उस्तो भए हुन्थ्यो भनेर आशा वा इच्छा पनि राख्नुहुँदैन । कर्म हाम्रो सहजात अस्तित्व हो । यसैले, कर्मलाई आवश्यकता ठानेर फलको विश्लेषण नगरी त्यसलाई सहजभावले स्वीकार गर्दै परमार्थ र कल्याणको बाटोतिर अघि बढ्न सकेमात्र लाग्दछ, गीताले भनेभैmँ बारम्बारका दुःख र जटिलताहरुबाट मनुष्य मुक्त हुन सक्दछ ।
Discussion about this post