ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

थप दुई आरोपी पक्राउ

by चितवन पोष्ट
२०७० चैत्र ८, शनिबार ०१:५८ गते
in राजनीति, समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

    कृष्ण अधिकारी हत्या प्रकरण
भरतपुर । छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राखेर अनसनमा बसेका गोरखा फुजेलका गंगामाया र नन्दप्रसाद अधिकारीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि आरोपी समाउन चितवन प्रहरी फेरि सक्रिय भएको छ । चितवन प्रहरीले आरोपीमध्येका थप दुईजनालाई समाएको छ । अधिकारी दम्पतीका छोरा कृष्णप्रसादको विस २०६१ साल जेठ २४ मा चितवनमा हत्या भएको थियो ।
हत्याको जिम्मा तत्कालीन विद्रोही पक्ष माओवादीले लिएको थियो । सुराकीको आरोपमा हत्या गरेको माओवादीको भनाइ थियो । अधिकारी कुनै सुराकी नभएको भन्दै उनका आफन्तले ११ जना विरूद्ध चितवन प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्यसमध्ये दुईजना आरोपी यसअघि समातिएका थिए । तर मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै उनीहरु हाजिरी जमानीमा छुटेका थिए ।
आरोपित ११ जनामध्ये अधिकारी हत्यामा थप तीनजना पनि संलग्न भएको चितवन प्रहरीको अनुसन्धानले देखाएको थियो । थप अन्य तीनजना कोही नसमातिए पनि चितवन प्रहरीले ११ जनामध्येका थप दुईजनालाई पक्राउ गरेको छ । मानव अधिकारवादीहरुले यो प्रकरणमा राष्ट्र संघको ध्यानाकर्षण समेत गराएका छन् ।
कृष्णका बाबुआमाले पछिल्लो पटक अनसन सुरू गरेको शुक्रबार १४७ औं दिन भएको छ । प्रहरीले आरोपित छविलाल पौडेल र भीमसेन पौडेललाई बिहीबार मध्यरातमा समाएको हो । छविलाललाई काठमाडौं मनमैजु र भीमसेनलाई उनकै घर चितवन रत्ननगर जिरौनाबाट समाएको चितवन प्रहरीका एसपी प्रद्युम्न कार्कीले जनाए ।
गोरखाका कृष्ण अधिकारीको विस २०६१ जेठ २४ मा चितवन रत्ननगरमा पहिला अपहरण र त्यसपछि हत्या भएको थियो । अधिकारीलाई अपहरण गरेर लैजाने र गोलीसमेत हानेर ज्यान लिने तीनजना व्यक्ति किटानी जाहेरीमा नाम परेका ११ जनाभन्दा बाहिरका रहेको अनुसन्धानले देखाएको थियो । जाहेरीमा नाम परेकाहरुको पनि अनुसन्धान गर्ने र अरुलाई पनि समाउने प्रहरीको योजना छ ।
घटनामा संलग्न भनेर प्रहरीले पहिचान गरेका तीनमध्ये दुईजनाको मृत्यु भइ सकेका छन् भने एकजना विदेशमा रहेकाले इन्टरपोलको सहयोगमा समाउने प्रहरीको तयारी छ । उनीहरु तीनजना नै माओवादी कार्यकर्ता रहेको एसपी कार्कीले जानकारी दिए । तीनजनामध्ये चितवन रत्ननगरका रूद्र आचार्यमात्रै जिवित छन् । उनी विदेशमा छन् ।
पहिचान भएका अरू दुईमध्ये ऋषिराम लामिछाने विसं. २०६२ साल माघ १८ मा र मदन पौडेल २०६२ साल माघ २७ मा सुरक्षा कारबाहीमा मारिएको चितवनका एसपी कार्कीले जानकारी दिए । घटनाको गम्भीर ढंगले अनुसन्धान भइरहेको र आरोपितहरु समाएर कानुनी कठघरामा उभ्याउने काममा प्रहरी दत्तचित्त भएर लागेकाले अधिकारी दम्पतीलाई अनसन स्थगित गर्न कार्कीले अपिल गरेका छन् ।
प्रहरीले यसअघि आरोपी ११ जनामध्ये रामप्रसाद अधिकारी र पर्शुराम पौडेललाई समाएको थियो । अनुसन्धानपछि मुद्दा चलाउन सरकारी वकिलको जिम्मा लगाए पनि प्रमाण नपुग्ने भन्दै सरकारी वकिलले मुद्दा नै दायर नगरेर हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि दुवैजना छुटेका थिए ।

Related Posts

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो

कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In