माडीको छरछरेमा सीमा सुरक्षा पोष्ट

अन‌ि यो पनि

  भरतपुर । माडीको बघौडा गाविसस्थित छरछरेमा सीमा सुरक्षाको नयाँ पोष्ट स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट नाम दिइएको सो पोष्टमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३० जना सशस्त्र प्रहरी खटिएका छन् ।
भारत र नेपालको सीमा क्षेत्रमा हुने अतिक्रमण, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि पोष्ट स्थापना गरिएको हो । सीमा सुरक्षा पोष्टको शुक्रबार उद्घाटनमा प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा र सशस्त्र प्रहरी मध्यक्षेत्रीय कार्यालय पतलैहाका सशस्त्र प्रहरी नायव महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रूपमा उद्घाटन गरे  ।
गत असार ७ गते मन्त्री परिषदले चितवनसहित देशभर सीमा सुरक्षा पोष्ट स्थापना गर्ने निर्णय गरेको थियो । चितवनमा पनि यो पोष्ट यसअघि भदौ १ मा नै स्थापना गर्ने तयारी भएको थियो । साउन १५ गते बघौडामा सम्पन्न सर्वदलीय भेलाले पनि यो पोष्ट स्थापना गर्न सहयोग गर्ने निर्णय गरेको थियो । तर तत्काल सो पोष्ट स्थापना हुन सकेको अवस्था थिएन ।
‘दोस्रो संविधान सभाको निर्वाचनका कारणले पोष्ट स्थापना गर्न ढिलाइ भएको हो’, जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘सीमा सुरक्षा पोष्ट स्थानीयको माग हो । हामीले त्यो माग पूरा गरेका छाँै ।’
‘सीमा सुरक्षाको संवेदनशीलतालाई हेरेर पनि सुरक्षा बल स्थापना गरेका हाँै’, उनले थपे, ‘अब जनताको सहयोगमा सीमा क्षेत्रमा हुने अपराधसमेत नियन्त्रण हुने विश्वास लिएका छौँ ।’
सशस्त्र प्रहरी नायव महानिरीक्षक खनालले मध्यक्षेत्र अन्तर्गत नयाँ आठ वटा पोष्ट खडा गर्ने कार्यक्रम रहे पनि चितवनमा मात्रै दुई वटा पोष्ट खडा भएको जानकारी दिए । यसअघि माघ २८ गते माडीकै अयोध्यापुरीस्थित बाँदरझूलामा पनि सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ ।
‘मध्यक्षेत्रमा स्थापना हुने सीमा सुरक्षा पोष्ट यो वर्षमा आठवटा स्थापना गर्ने हो’, उनले भने, ‘नयाँ पोष्टमध्ये चारवटा अस्थायीलाई स्थायी गर्ने हो भने नयाँ चारवटा स्थापना गर्नेमा चितवनमा दुईवटा स्थापना भएका छन् ।’
उनले जनताको सहयोग रहे सीमा क्षेत्रमा देखिने अपराध र सीमा विवाद समाधानका लागि सशस्त्र प्रहरीको सीमा सुरक्षा बल सक्षम रहेको पनि दावी गरे ।
माडीमा सीमा सुरक्षा पोष्ट स्थापना भएसँगै सर्वसाधारण पनि खुसी छन् । बघौडा गाविसका सचिव प्रकाशचन्द्र पौडेलले सीमा सुरक्षा पोष्टलाई स्थानीय जनताको सहयोग रहने प्रतिबद्धता जाहेर गरे । पोेष्ट उद्घाटनका अवसरमा उनले पछिल्लो समय सीमा अतिक्रमण विवाद बढेर गएको तर्फ सङ्केत गर्दे कुटनीतिक तहबाट समस्याको समाधान खोजिनुपर्ने माग गरे ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया