नारायणगढ । प्रवेशिका परीक्षाको दोस्रो दिन शुक्रबार चितवनमा २५१ जना परीक्षार्थी अनुपस्थित भएका छन् । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले दिएको जानकारीअनुसार चितवनमा शुक्रबार सञ्चालित नेपाली विषयको परीक्षामा छात्रतर्फ ८६ र छात्रातर्फ १४३ जना अनुपस्थित भएका हुन् । कुल अनुपस्थित परीक्षार्थीमध्ये नियमिततर्फ २२ र एक्जाम्टेडतर्फ २२९ जना रहेको जिशिअ शर्माले जानकारी दिए । शुक्रबारको परीक्षामा नियमित तर्फ ४ हजार ८१४ छात्र र ५ हजार १३३ छात्र गरी नौ हजार ९४७ जना र एक्जाम्डेडतर्फ ६८१ छात्र र एक हजार ३८४ छात्रा गरी दुई हजार ६५ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।
Discussion about this post