पिठुवा । पिठुवामा स्थापन भएर बालबालिकाको क्षेत्रका क्रियाशील हाम्रो आवाज नामक संस्थाले शुक्रबार २० जना विद्यार्थीहरुलाई स्टेशनरी तथा परीक्षा शुल्क वितरण गरेको छ । संस्थाले पिठुवा गाविस कार्यालयमा कार्यक्रमको आयोजना गरी विपन्न, दलित, जनजाति बालबालिकालाई सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा हाम्रो आवाजनामक संस्थालाई स्काइराइडर आवासीय उच्च माविका अध्यक्ष दुर्गा पुरीले समाज कल्याण कोषको तर्फबाट ५ हजार सहयोगको घोषणा गर्नुभएको छ । पिठुवा गाविसका सचिव चन्द्रमणि आचार्य प्रमुख अतिथि रहनु भएको कार्यक्रममा स्काइराइडर आवासीय उच्च माविका अध्यक्ष दुर्गा पुरी, नेपाली काँग्रेस पिठुवा गाउँ समितिका अध्यक्ष दण्डपाणि लामिछाने, एमाओवादी पिठुवाका इन्चार्ज रमेश लामिछाने, नेकपा–माओवादीका इन्चार्ज लक्ष्मी न्यौपाने लगायतले वोल्नुभएको थियो । हाम्रो आवाज नामक संस्थाका अध्यक्ष हरि खड्काको अध्यक्षतामा भएको सो कार्यक्रम अमृत ओस्तीले सञ्चालन गर्नुभएको थियो ।
Discussion about this post