भरतपुर । सेरेवल पल्सी केन्द्र (सीपी सेन्टर)को सहयोगमा भरतपुरको आशा बाल विकास सेवाले भरतपुरमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा मष्तिस्क पक्षघात भएका ३५ बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा सीपी सेन्टरका डा. रितेश थापा र जर्मनीका डा. गुष्टरले बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
आशा बालविकास सेवाले मष्तिस्क पक्षघात भएका बालबालिकाहरुको दैनिक दिवा हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाकी प्रमुख देवी लामाले जानकारी दिइन् । –लक्ष्मी शर्मा भुषाल (प्रशिक्षार्थी)
Discussion about this post