ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बालश्रम न्यूनीकरण अभियानमा लाखौं खर्च, बालश्रमिकको अवस्था जस्ताको त्यस्तै

by चितवन पोष्ट
२०७० चैत्र ८, शनिबार ०१:४४ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

होमनाथ सापकोटा
रत्ननगर । बालश्रम न्यूनीकरणको अभियानमा वार्षिक लाखौं रकम खर्च हुने गरेको भए पनि बालश्रमिकको अवस्था जस्ताको त्यस्तै रहेको छ । बालश्रम न्यूनीकरणको अभियान अन्तर्गत विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन  भए पनि बालश्रमिकको संख्या घट्नुको सट्टा बढ्दै गएको छ ।
बालश्रम न्यूनीकरणको अभियान सञ्चालन भइरहँदा बजार क्षेत्रमा रहेका होटल तथा रेष्टुराहरुका बालबालिकाहरु काम गरिरहेको भेटिने गरेका छन् । रत्ननगरमा २०६८ सालबाट बालश्रम न्यूनीकरणको अभियान सुरू भएको हो । युनिसेफ नेपालको अर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत बालश्रमको जोखिममा परेको बालबालिकाको उद्दार र उनीहरुलाई आवश्यक पर्ने शिक्षा, स्वास्थ्य र सीप दिलाएर परिवारको जिम्मा लगाउनु प्रमुख उद्देश्य हो ।
२०६८ सालमा रत्ननगर नगरपालिकाभित्र २५० को हाराहारीमा बालश्रमिक रहेका थिए । कार्यक्रम सुरू भएको तीन वर्ष भइसक्दा बालश्रमिकको संख्या बढेर ५८५ पुगेको छ । बितेका दुई वर्ष बालश्रम न्यूनीकरणको लागि थुप्रै कार्यक्रम भए । श्रमिक बालबालिकालाई परिवारको जिम्मा लगाउने काम पनि गरियो । तर बालश्रमिकको संख्या कम हुन सकेन ।
बालश्रम न्यूनीकरणकको लागि कार्यक्रम सञ्चालन गर्न २०६८÷६९ र २०६९÷७० मा मात्र ५५ लाख रूपैयाँ खर्च भएको थियो । त्यसमा ४६ लाख युनिसेफले दिएको र ९ लाख रूपैयाँ नगरपालिकाकै लगानी हो । तीन वर्षदेखि सुरू भएको कार्यक्रम अहिले पनि नगरपालिकामा जारी छ ।
चालु अर्थिक वर्ष २०७०÷७१ युनिफेफको २६ लाख ३५ हजार र नगरपालिकाको २० प्रतिशत गरी भण्डै ३० लाख रूपैयाँमा कार्यक्रम सुरू भएको छ । २०६८÷६९ र २०६९÷७० मा नारी जागरण केन्द्र र स्थानीय स्वरोजगार केन्द्रले कार्यक्रम सञ्चालन गर्ने जिम्मा पाएका थिए ।
यी दुईवटा संस्था एमाले र माओवादीका कार्यकर्ताले नेतृत्व गरेको संस्थालाई दिइएको भन्दै अन्य दलहरुले विरोधसमेत गर्दै आएका थिए । अन्य दलहरुको विरोधका कारण केही समय कार्यक्रम सञ्चालन गर्न पनि अफ्ठ्यारो परेको थियो । विरोधका बाबजुद पनि नारी जागरण केन्द्र र स्थानीय स्वरोजगार केन्द्रले सम्झौता गरेअनुसार कार्यक्रम पूरा गरे ।
‘उनीहरुले गरेको कार्यक्रमले रत्ननगरमा बालश्रम न्यूनीकरणको लागि कतिसम्म प्रगति भयो भनेर मूल्याङकन गर्नुपर्ने अवस्था रहेको छ’ बालश्रम न्यूनीकरणको क्षेत्रमा क्रियाशील एक व्यक्तिले भन्नुभयो, ‘संंख्या घट्नुको सट्टा बढ्दै जानुले कार्यक्रमको प्रभावकारिता दर्साएको छ ।’
बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत २०६८÷६९ र २०६९÷७० मा बालश्रमिकलाई परिवारको जिम्मा लगाउनुभन्दा पनि गोष्ठी र तालिममा पैसा सकिएको थियो । ‘कार्यक्रम गर्ने र सहभागीलाई भत्ता वितरणमै बालमैत्री स्थानीय शासन कार्यक्रम सीमित भयो’ ती व्यक्तिले भन्नुभयो, ‘अब त्यस्तो नियती दोहोरिनु हँुदैन ।’ कार्यक्रम गर्ने जिम्मा पाएका ती संस्थाहरुले दल निकटका व्यक्तिलाई खबर गरेर गोष्ठी तथा तालिममा सहभागी गराएर भत्ता वितरण गर्ने गरेकाले लक्ष्य पूरा गर्न मुस्किल परेको थियो ।
चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्न रत्ननगर उद्योग वाणिज्य संघ र सामुदायिक सेवा केन्द्र रत्ननगरलाई जिम्मा दिइएको छ । ती संस्थाहरुले पनि गोष्ठी र तालिमलाई नै जोड दिएको भन्दै विरोधका स्वरहरु सुनिन थालिसकिएको छ । कार्यक्रम सञ्चालन गर्न अहिलेसम्म बालश्रम न्यूनीकरणको अभियानमा ८५ लाख रूपैयाँ खर्च भइसकेको छ ।
रत्ननगर नगरपालिकालाई सन २०१७ सम्म बालमैत्री नगर बनाउने लक्ष्य अनुसार काम भइरहेको नगरपालिकाका लेखा अधिकृत सीताराम पोखरेलले बताउनुभयो । बालमैत्री नगर स्थापनाको लागि बालश्रमको जोखिममा परेका बालबालिकाको उद्दार, उनीहरुलाई शिक्षा, स्वास्थ्य तथा बालबालिकालाई आवश्यक पर्ने सबै कुराहरु बालमैत्री बनाउनु पर्छ ।
कार्यक्रमअन्र्तगत बालश्रमिकको उद्दार गरी उनीहरुको प्रोफाइल, शिक्षा, स्वास्थ्य, सीप तथा परिवारको जिम्मा लगाउने काम भइरहेको लेखा अधिकृत पोखरेलले जानकारी दिनुभयो । ‘तत्काल उपलव्धी देखिने काम होइन यो’ उहाँले भन्नुभयो, ‘हाम्रो लक्ष्यअनुसार काम गरिरहेका छौं त्यति समयसम्म हामी सफल हुन्छौं ।

Related Posts

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट
समाज

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

चितवन । बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप...

Read more
राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In