सूचना लिन धरौटी माग, नियमविपरीत कामः पत्रकार महासंघ

अन‌ि यो पनि

भरतपुर । भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाले सूचना लिन धरौटी माग गरेका छन् । ‘केही त्यस्ता सम्झौताहरु हुन्छन्, त्यसको सूचना लिन पनि धरौटी तिर्नुपर्छ’ अधिकृत सापकोटाले भने ।
सूचना लिन पनि धरौटी माग गरिएकोमा सरोकारवालाले असन्तुष्टी जनाएका छन् । कार्यालयमा जेठदेखि कार्यरत कार्यकारी अधिकृत सापकोटाले सरोकारवालासँग समन्वय नगरी एकलौटी ढंगले काम गर्न थालेपछि सरोकारवालाले भरतपुर नगरपालिकाप्रति असहमति जनाएका छन् ।
मंगलबार भरतपुर नगरपालिका र भरतपुर बसपार्क सञ्चालनको जिम्मा लिएको ओमशान्ति माइक्रो यातायात व्यवसायी संघबीच भएको सम्झौताको प्रतिलिपि लिन गएका पत्रकारसँग नगरपालिकाले कानुनमा व्यवस्था नै नभएको धरौटी माग गर्दा यसको विरोध भएको छ ।
राजस्व शाखाका लीलानाथ खरेलले कार्यालयबाट त्यस्ता सम्झौता उपलब्ध गराउन नमिल्ने भएकाले सम्बन्धित ठेकेदारसँग माग्न आग्रह गरेका थिए । भरतपुर बसपार्क भरतपुर नगरपालिकाको स्वामित्वको सम्पत्ती भएको र भरतपुर नगरपालिका स्थानीय सरकार पनि भएकाले त्यहीबाट पाउनु पर्ने पत्रकारले माग गरेपछि उनले कार्यकारी अधिकृत सापकोटासँग माग गर्न आग्रह गरेका थिए ।
नारायण सापकोटाले पनि त्यस्ता सम्झौता दिँदा धरौटी लिनुपर्ने व्यवस्था भएको भन्दै सम्झौताको प्रतिलिपि दिन आनाकानी गरेका थिए । पारदर्शी दैनिकका मोहन बस्याल, गोर्खापत्र दैनिकका शालिग्राम नेपाल र रेडियो त्रिवेणीका तीर्थ नेपालले धरौटीलगायत कानुनले व्यवस्था गरेका सबै रकम बुझाएर सूचना दिने बताएपछि निवेदन दस्तुर १० रूपैयाँ र १५ प्रति फोटो कपिको तीन रूपैयाँ गरी ४० रूपैयाँ लिएर बल्ल नगरपालिकाले सम्झौताको प्रतिलिपि उपलब्ध गराएको थियो ।
यस विषयमा जानकारी लिन भरतपुर नगरपालिका पुगेको नेपाल पत्रकार महासंघ नेतृत्वको टोली र कार्यकारी अधिकृत सापकोटाबीच केहीबरे भनाभन भएको छ । सापकोटाले पत्रकारहरुमाथि अपशब्द प्रयोग गरेपछि पत्रकारहरु आक्रोशित भएका थिए ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरि पोख्रेलले कानुनमै व्यवस्था नभएको सूचना माग गर्दा धरौटी बुझाउनु पर्ने विषयमा जानकारी लिन जाँदा कार्यकारी अधिकृत सापकोटाले पत्रकारको टोलीलाई अपशब्द प्रयोग गरेको जानकारी दिए ।
नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार एवं निवर्तमान अध्यक्ष जनक अर्यालले पत्रकारहरु सूचना लिन नआऊन् भन्ने उद्देश्यले धरौटीलगायतका कुरा गरिएकाले स्वीकार्य नहुने बताए ।
कार्यकारी अधिकृतबाट पत्रकारमाथि दुव्र्यवहार गरेको घटनाप्रति
नेपाल पत्रकार महासंघ चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाको गैरकानुनी हर्कत र गैरजिम्मेवार कार्यको घोर विरोध र भत्र्सना गर्दछौँ’ महासंघका सचिव कृष्णचन्द्र भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाप्रति कार्यकारी अधिकृत सापकोटाले तत्काल माफी माग्न र आइन्दा
जनताको सूचनाको अधिकारको सम्मान गर्दै पत्रकारहरुलाई सूचना उपलव्ध गराउन पनि माग गर्दछौँ ।’
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले केही दिनअघि सभासदहरुको स्वागतका लागि राखेको कार्यक्रममा भरतपुर नगरपालिकाको असहयोगका कारण नदी किनार व्यवस्थापन, नगरवनको सदुपयोगलगायतका योजना अलपत्र परेकोसमेत बताए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया