चैनपुर । विषादी, स्वास्थ्य एवं वातावरणसम्बन्धी २२ हप्ते कृषक पाठशाला चैनपुर–१ बहेराचोकमा मंगलबारबाट सुरू भएको छ ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठान कृषि स्वास्थ्य एवं वातावरण परियोजनाको आयोजनामा सम्पन्न कार्यक्रमको चैनपुरको ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था र भण्डारा जनजागृति हरियाली ताजा तरकारी फलफूल उत्पादक सहकारी संस्थाका १२÷१२ जना कृषक सहभागी भएका छन् । गाविसका प्रत्येक वडाहरुबाट सहभागी किसानहरु खेती प्रणाली सिकेको छन् । किसानले स्वस्थ खेती प्रणाली सिक्ने परियोजनाका कृषिविज्ञ सुन्दर तिवारीले बताउनुभयो ।
कार्यक्रमको उद्घाटनमा तिवारीले किसानहरु प्रायः सबैलाई आईपिएमका ४ वटा सिद्धान्तबारे ज्ञान हुँदाहुँदै त्यो हामीले व्यवहारमा लागू गर्न सकेका छैनौंँ भन्नुभयो । २२ हप्ते यस तालिमले हामीलाई व्यवहारमा उतार्न सहयोग पु¥याउने र जानेका सिपलाई गाउँ छिमेकका अन्य किसानमा पनि पुग्ने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रमा सहकारीका अध्यक्ष पुर्णदत्त भुषाल, चुढामणि बर्ताैला, समाजसेवीहरु भूमिप्रसाद कँडेल र शंकरप्रसाद लामिछानेलगायतले बोल्नुभयो । पूर्णदत्त भुषाल र चुढामणि बर्ताैलाले कोदालोले खेत खनेर तालिमको सुरू गर्नुभयो । त्यसपश्चात् किसानहरु समूहमा विभाजन भएर ड्यांगमा विभिन्न प्रजातिको बोडी र त्यसमा विभिन्न तरिकाले खेती गरेर उपयुक्त विधि निर्माणमा जुटेका थिए ।
Discussion about this post