ADVERTISEMENT
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सुत्केरी बेसीमाया र १७ घोगा मकै

by चितवन पोष्ट
२०७० चैत्र ४, मंगलवार ०३:१२ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रमेशकुमार पौडेल
बच्चा जन्माउने बेलामा जनावरहरु पनि योजना बनाउँछन् रे । त्यो के हो भने खाना पर्याप्त हुने समय आँकलन गरेर त्यो बेलामा बच्चा जन्मने गरेर उनीहरुमा गर्भाधान हुन्छ रे । हामी मान्छे त्यत्ति पनि विचार गर्दैनौँ त ? यो पटक जिल्लाको पहाडी क्षेत्र घुम्न जाँदा देखेको अवस्थाले मेरो दिमागमा यही प्रश्न खडा गरेको छ । पशुले जति पनि योजना बनाउन नसक्ने अवस्थामा मान्छे कसरी पुग्यो, यसमा विचार–विमर्श हुन आवश्यक छ । त्यसमा त्यो परिवार मात्रै नभएर अरु को, कसको कमजोरी रहन गयो, सबैले मनन् गर्न अपरिहार्य पनि छ ।
चितवन जिल्लाको पहाडी गाविस लोथरको वडा नं. ९ कान्दा गाउँ निकै विकट ठाउँ हो । सदरमुकाम भरतपुरबाट जाँदा भण्डारासम्म सर्लक्कको पूर्व–पश्चिम राजमार्ग हुँदै जान सकिन्छ । त्यसपछि भण्डाराबाट उत्तर पहाडी कच्ची बाटोमा दुई घन्टा जिपमा गएपछि हात्तीढाप भन्ने ठाउँसम्म पुगिन्छ । हात्तीढापबाट कान्दा लाग्दा गाडी चढ्न पाइँदैन, पैदल हिँड्नुपर्छ । पैदल पनि सामान्य हो र, जब्बर उकालो पसिना चुहाउँदै हिँड्नुपर्छ । हिँड्न सक्नेलाई चार घन्टा, हिँड्न नसक्ने रहेछ भने त दिनभर । यस्तो ठाउँमा रहेको कान्दा गाउँका सीताबहादुर चेपाङकी श्रीमती बेसीमाया सुत्केरी भएकी छन् ।
चैत्र महिना चेपाङ गाउँमा अनिकाल लाग्छ, न घरमा अन्न हुन्छ न वनमा सिस्नो । साग तथा तरूल, गिठ्ठा–भ्याकुरजस्ता कन्दमूल मात्र भेटिन्छन् । यस्तो बेला फागुन १४ मा बेसीमायाको कोखबाट छोरो जन्मियो । उनको कोखबाट जन्मेको त्यो पहिलो, दोस्रो, तेस्रो, चौँथो, पाँचौँ, छैँटौँ या दसौँ सन्तान थिएन ।  त्यो त एघारौँ सन्तान थियो । अनिकालका बेला एघारौँ सन्तान जन्माउने रहर कसलाई हुँदो हो, अनि बाध्यता पनि त्यस्तो के परेको होला ? सायद, परिवार नियोजनका बारेमा जानकारी नहुनु नै यसको मुख्य कारण हो । परिवार नियोजन शिक्षा त्यतातर्फ लैजाने कसले, सरकारले ?
गाउँमा यो पटक स्थायी बन्ध्याकरण गर्न चिकित्सकहरुको टोली पनि पुग्यो । फागुन २९ गते बिहान ९ बजे काम सुरू गर्ने योजनामा रहेको टोली मध्यान्हसम्म पनि गाउँका एक जना नआउँदा निराश देखियो । मध्यान्हपछि आए सीताबहादुर, अनि केही सोध्न खोजे । मेरो घरमा १५ दिनकी सुत्केरी छ, मैले पनि अप्रेसन गर्ने र ? खानेकुरा केही छैन । सुत्केरीलाई खुवाउन त मकै पैँचो मागेको, कतै फेला परेन । गाउँको हालत यस्तो छ, अनि किन गर्ने अप्रेसन ? कामको चाप पर्दा र खान्की नहुँदा स्थायी बन्ध्याकरण गर्नाले नराम्रो असर गर्छ भन्ने ठहर गाउँलेलाई रहेछ, त्यसैले उनी क्याम्पतिर नदेखिएका रहेछन् । चिकित्सकहरुले सीताबहादुरलाई सम्झाए । उनी तयार भए । सीताबहादुर अगाडि सरेपछि अरु पनि निस्किए, स्थायी बन्ध्याकरण गर्न ।
सीताबहादुरले सुनाएको कुरो संवेदनशील थियो । पैँचो माग्दा पनि मकै पाइएन । गाउँमा मकैसमेत रहेनछ यो बेला । उनले आमासँग मकै मगाए । आमाले सीताबहादुरकी भान्जी लीलामायासँग मकै पठाइदिइन् । मकै थिए, उनीहरुका सन्तानभन्दा ठ्याक्कै छ बढ्ता अर्थात् १७ घोगा मकै आयो, सीताबहादुरकी आमाको घरबाट । दुई दिन त्यही मकै खाँदा १० घोगा सकिए । ‘अब बाँकी रहेको सात घोगामा मैले कति खाने, सुत्केरीलाई कति दिन खुवाउने ?’ सीताबहादुरको चिन्ता थियो ।
दुई हप्ताकी सुत्केरी बेसीमाया जसको घरमा खानलाई अन्नसमेत छैन, सापट मागेको मकैसमेत सकिने बेला भयो । ओहो, के होला उनको हालत ? हामी हेर्न गयौँ उनको घर । ११ सन्तान लहरै सुते नअटाउने साँघुरो घर रहेछ उनको । पिँढीमा भेटिइन् बेसीमाया । ढाडमा बोकेकी थिइन् नवजात शिशुलाई । उनी गाईबाख्रा हेर्न तयार हुँदै रहिछन् । दुई हप्ताको बालक ढाडमा राखेर काममा निस्कने उनको मेसोलाई हामीले केही अलमलायौँ । उनको कोखबाट ११ सन्तान जन्मे पनि दुईको निधन भएको रहेछ, अर्थात् नौ सन्तान मात्रै हुर्केका, जसमध्ये कोही कता कोही कता र अहिले साथमा चार जना ।
बेर भयो बेर भन्दै पिँढीमा बसेर आँगनमा लौरोले खोस्रिरहेकी उनी हाम्रा कुराकानी धेरै सुन्ने पक्षमा थिइनन् । पछ्यौराले ढाडमा शिशु कसेर उनी बाख्रा धपाउँदै पर लागिन् । प्रतिमा सिलवाल अलि परसम्म गएर उनको कुरा सुन्न खोजिन् । बेसीमायाको हाल अलिअलि होइन, धेरै नै बेहाल रहेछ । रक्तस्राव रोकिएकै रहेनछ । अघिल्ला पालामा दुई महिनासम्म यस्तो भएको थियो रे । त्यसैले, उनले यस्तो अवस्थालाई पनि सामान्य नै मानिरहेकी थिइन् ।
यो परको होइन, सचेतहरुको बसोबास रहेको चितवन जिल्लाकै एउटा गाउँको कथा हो । अनि बेसीमायाको मात्रै होइन, गाउँका लगभग सबैको अवस्था यस्तै हो । अहिले ४३ वर्ष भएकी बेसीमायाको जेठो सन्तान २१ वर्षको भयो । उनी विगत २१ वर्षदेखि लभभग दुई वर्षको फरकमा सन्तान जन्माउँदै आएकी छन् । दुई सन्तान ईश्वरको वरदान अथवा सन्तान करले होइन, रहरले जन्माऊँ भन्ने सहर र सुगममा सुनिने आकर्षक नारा उनको कानमा परेकै छैन ।
महिला गर्भवती भएदेखि बच्चा नहुर्कंदासम्म विशेष स्याहार र आहार चाहिन्छ । यो त बेसीमायालाई आकासको फल नै भयो । राज्यले गर्भवती भएदेखि सुत्केरी नहुँदासम्म कम्तीमा चार पटक स्वास्थ्य संस्थामा जँचाउने र स्वास्थ्य केन्द्रमा नै सुत्केरी गराउने नीति लिएको छ । बेसीमायाको नसिबमा यो पनि छैन । ११ सन्तान जन्मँदा पनि उनले अस्पताल वा स्वास्थ्य केन्द्र तथा खोप र आइरन चक्की देख्न पाइनन् । बच्चाको अवस्था पनि त्यही हो ।
स्वास्थ्य सेवा नपाए पनि धेरै ग्रामीण भेगहरुमा पाका महिलाहरुले सुत्केरी हुने बेलामा सघाउँछन् । बेसीमायाले त्यस्तो सहारा पनि पाउँदिनन् । व्यथा लागेमा खेत र जंगल दौडिएर त्यतै बच्चा जन्माएपछि सालनाल छुट्टाएर बच्चा पोको पारेर घर छिर्ने चलन छ, चेपाङ समुदायमा । यस्तो परिस्थितिका बारेमा राज्य पूरै बेखबर छ । जहाँ गाडी जान्छ वा गाडीबाट झरेर आधा घन्टा हिँडेर जहाँसम्म पुग्न सकिन्छ, सरकारको उपस्थिति लगभग त्यत्तिमा मात्रै सीमित छ । लगभग चार वर्षअघि विषालु जंगली च्याउ खाएर सोही गाउँका आठ जनाको ज्यान गयो । त्यत्रो घटना भएको ठाउँमा राज्य अझैसम्म आफैँ गएको छैन भनेपछि स्वास्थ्यजस्तो आधारभूत सुविधा पुगे नपुगेको के खबर राख्नु !
च्याउ खाएर आठ जनाको निधन भएपछि रिपोर्टिङका लागि कान्दा पुगेका पत्रकार एकल सिलवालले गाउँलेको अवस्था उकास्न मिसन कान्दा नै सुरू गरे । यसपटकको स्थायी बन्ध्याकरण शिविर पनि त्यसैको उपज थियो । कान्दामा अहिले पहिलेको भन्दा धेरै राम्रो भएको छ । तर गाँस, बास र कपास तथा शिक्षा, स्वास्थ्य र सुरक्षामा धेरै गर्न बाँकी नै छ भन्छन्, सीताबहादुर पनि । कान्दामा अझैसम्म नपुगेको भनेको सरकार हो, सरकार । मकै पैँचो मागेर सुत्केरी स्याहार्ने गाउँमा पुग्ने कि सरकार, कुनै दिन ?

Related Posts

अन्तर्राष्ट्रिय महिला दिवसले दिएको सन्देश

अन्तर्राष्ट्रिय महिला दिवसले दिएको सन्देश

स्थानीय सरकारमा टोल विकास संस्थाको भूमिका

स्थानीय सरकारमा टोल विकास संस्थाको भूमिका

मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

Discussion about this post

अन‌ि यो पनि

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’
प्रमुख समाचार

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्युँताउने...

Read more
कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

अखिल नेपाल महिला संघ रत्ननगरको प्रशिक्षण

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

Chitwan Post

बन्द भएको १४ वर्षपछि चितवन कोल्ड स्टोरेज पुनः सञ्चालनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In