ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जितको श्रृंखला जारी रहोस्

by चितवन पोष्ट
२०७० चैत्र ४, मंगलवार ०३:११ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बंगलादेशमा जारी आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाली क्रिकेट टोलीले हङकङविरूद्ध ८० रनको फराकिलो जित हासिल गरेको छ । रङ्गको पर्व होली थप रङ्गीन बनेको छ । नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरूवात गरेपछि देशभर उमङ्ग र खुसीयाली छाएको छ । क्रिकेटका लाखौँ फ्यानहरुले देशभर हर्षोल्लासका साथ विजय उत्सव मनाइरहेका छन् । यो जितसँगै नेपाली क्रिकेट टोलीको विश्वकपमा उपस्थिति जनाउने सपना पनि साकार भएको छ । आइतबार स्पिन आक्रमणमा उत्रिएको नेपालले हङकङविरूद्ध रवाफिलो जित त हासिल ग¥यो नै, नेपालका तर्फबाट वसन्त रेग्मी र शक्ति गौचनले तीन–तीन विकेट लिन सफल पनि भए । विश्वकपको यो शानदार जितले सम्पूर्ण नेपालीको शिर उँचो हुनुका साथै नेपाललाई विश्वसामु चिनाउन ठूलो योगदान गरेको छ ।
नेपालले हङकङसामु १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो, जसमा हङकङ ६९ रनमै अलआउट भएको थियो । कप्तान पारस खड्काले पहिलो बलमै हङकङका खेलाडीलाई आउट गरेपछि हङकङको पतन सुरू भएको थियो । नेपाली खेलाडीले देखाएको शक्तिशाली प्रदर्शनपछि हङकङका कप्तान जेमी एट्किन्सनले नेपाली खेलाडीहरुको खुलेर प्रशंसा गरेका थिए । उनले नेपाली खेलाडीहरुले आधारभूत तहदेखि नै राम्रो खेल प्रदर्शन गरेर हङकङलाई निराश बनाएको प्रतिक्रिया दिएका थिए । कप्तान जेमीलाई सोमपाल कामीले बोल्ड आउट गरेपछि झनै हङकङको टोली निराश बनेको थियो । उत्कृष्ट बलिङका कारण नेपालले विजयी सुरूवात गरेको हो । बंगलादेशमा नेपाली समर्थकहरुले देखाएको साथ र समर्थनले खेलाडीहरुको थप आत्मविश्वास बढेको थियो । यही लयलाई पछ्याउँदै नेपालले जित हासिल गर्ने अपेक्षा नेपाली क्रिकेटका लाखौँ फ्यानहरुले राखेका छन् ।
पहिलो पटक विश्वकपमा होमिएको नेपालले आज मंगलबार दोस्रो खेलअन्तर्गत बंगलादेशविरूद्ध चर्को प्रतिस्पर्धा गर्नुपर्ने छ । बंगलादेशको चटगाउँस्थित जोहर अहमद चौधरी खेल मैदानमा हुने खेलमा नेपालले शानदार प्रदर्शन जारी राख्नुपर्ने छ । आयोजक राष्ट्र बंगलादेशले समूह ए अन्तर्गत मिरपुरस्थित श्रीबंगला नेसनल स्टेडियममा अफगानिस्तानलाई नौ विकेटले हराएर सुखद सुरूवात गरिसकेको छ । उसले अफगानिस्तानलाई ७३ रनको लक्ष्य भेट्टाउन १२ ओभरमा एक विकेट मात्रको क्षतिमा ६८ रन जोडेको थियो । उसो त, हङकङभन्दा बलियो मानिएको आयोजक क्रिकेट टोलीलाई घरेलु मैदानमा अपेक्षाकृत समर्थकहरुको उत्साह रहने छ । विपक्षी टोलीलाई हायलकायल बनाउन खप्पिस नेपाली खेलाडीका लागि यो खेल मैदान पनि घरेलु मैदानजस्तै सहज बन्ने आशा गरिएको छ । बंगलादेशमा हजारौँ नेपाली दर्शकहरुको हौसलासहित उत्साही नेपाली क्रिकेट टोलीले जितको श्रृंखला जारी राख्ने विश्वास गरिएको छ ।

Related Posts

Chitwan Post

सत्ता समीकरणको चलखेल

Chitwan Post

सर्वोच्चको स्वागतयोग्य निर्णय

Chitwan Post

बहुप्रतीक्षित मेलम्ची

Discussion about this post

अन‌ि यो पनि

सिडिओको सरुवा, चितवनमा प्रेमलाल लामिछाने आउने
प्रमुख समाचार

सिडिओको सरुवा, चितवनमा प्रेमलाल लामिछाने आउने

भरतपुर । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायण प्रसाद भट्टराईको सरुवा भएको छ । गृह मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट चितवनका...

Read more
अपाङ्गता भएका व्यक्तिलाई सहयोग

अपाङ्गता भएका व्यक्तिलाई सहयोग

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

नेकपाका मुख्य सचेतकमा भट्टराई

नेकपाका मुख्य सचेतकमा भट्टराई

छिमेकीबाटै दुई बालिकामाथि बालयौन दुरूपयोग : पीडित परिवारले प्रहरीलाई दिए उजुरी

बलात्कारीलाई १८ वर्ष कैद

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In