पार्वतीपुर । तमु संस्कृति जगेर्नाका लागि चितवनको पार्वतीपुरमा ट्हो त्हे पर्व मनाइने भएको छ ।
२०६६ सालदेखि प्रत्येक वर्ष चितवनका विभिन्न क्षेत्रमा मनाउँदै आएको ट्हो त्ह पर्व यस वर्ष पार्वतीपुरमा रहेको महाबौद्ध गुम्वा परिसरमा मनाउन लागेको आयोजक तमुप्ये ल्हु संघ जिल्ला समिति चितवनले रिपोटर्स क्लब नेपाल क्षेत्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी जानाकारी गराएको छ । सांस्कृतिक पर्व ट्हो त्हे चितवनलगायत देशभरका तमुहरुले विभिन्न समयमा मनाउँदै आएका छन् ।
यो पर्वमा विभिन्न किसिमका अदृष्य शक्ति भूत प्रेतबाट बच्न, जंगली जनावरले दिने दुःख, हत्या हिंसा अत्याचार र अशिक्षा गरिबी हटाउन यज्ञ लगाउने प्रचलन छ । यज्ञमा तमुहरुको परम्पराअनुसार खंगी गुरूहरुबाट प्रवचन हुने संयोजक धनप्रसाद तमुले जानाकारी दिनुभयो ।
मंगलबार बिहान ८ बजे पूजा आरम्भ हुने र १० बजे तमू भेÈभूÈा, बाजा, गाजा झाँकीसहितको ¥याली निकालिने संयोजक धनप्रसाद तमुले जानाकारी दिनुभयो । तमू प्येल्हु अन्तरगत रहेका अगुवा र प्रतिनिधिहरुको झा“कीमा सहभागिता रहने आयोजकले जनाएको छ ।
पछिल्लो समय यो पर्वमा नया“ पुस्ताको सहभागिता हुँदै आएपछि ट्हो त्हेमा केही नया“पन देख्न थालिएको संस्थाका अध्यक्ष भीमबहादुर तमुले जानकारी दिनुभयो । तमुहरुको संस्कृति जगेर्नाका लागि यो पर्व महत्वपूर्ण हुने उहाँले बताउनु भयो । राष्ट्रिय संस्कृति बचाऔं ट्हो त्हे पर्व मनाऔं भन्ने उद्घोÈका साथ मनाइने पर्व अवलोकनका लागि आयोजकले सवैलाई अनुरोध गरेको छ ।
Discussion about this post