भरतपुर । चितवन जिल्ला व्याटमिन्टन संघको आयोजनामा आइतबार होली फेलोसिप व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा राजु गुप्ता र अमृतमान शाक्यको जोडी पहिलो भएको छ । त्यस्तै पुष्प श्रेष्ठ र हरि वस्तीको जोडी दोस्रो, उपेन्द्रसिंह पन्त र भोला लामिछाने तथा बुद्धि चौधरी र ओम दवाडीको जोडी तेस्रो भएको छ ।
खेलको संयोजक चितवन जिल्ला व्याटमिन्टन संघका सचिव अनिल थपलियाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि नेपाल व्याडमिन्टन संघका केन्द्रीय सदस्य जितनारायणबहादुर क्षेत्री रहेका थिए ।
Discussion about this post