ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मुक्तिका लागि निष्काम कर्मयोग

by चितवन पोष्ट
२०७० चैत्र २, आईतवार ०२:२८ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

-आचार्य लक्ष्मण भण्डारी
‘कर्मले नै मानिसलाई पवित्र र अहिंस्रक बनाउँछ ।’— यो भनाइ प्रसिद्ध भारतीय विद्वान् बिनोबा भावेको हो । कर्मलाई विशिष्ट साधकहरुले नदीसँग तुलना गरेका छन् । नदी नरोकिइकन निरन्तर बगिरहन्छ, सागरको सघन गहिराइमा मिसिन र आफ्नो अस्तित्वलाई व्यापक बनाउन । जति फोहोर फ्याँकिए पनि सबैलाई तत्कालै शुद्ध बनाएर आफ्नो पवित्रतालाई कायम राख्ने काम नदीबाट नै सम्भव हुन्छ । कर्मशील मानिस पनि नदीजस्तै पवित्र हुन्छ किनकि उसले कर्मका माध्यमले शरीरलाई शुद्ध तुल्याउने गर्दछ । जो क्रियाशील हुन्छ, निरन्तर काममा सक्रिय हुन्छ, उसको शरीरका प्रत्येक कोषले व्यायामको पोषण प्राप्त गर्दछन् । शरीरका अङ्गावयवले कामका माध्यमले पाउने व्यायाम र कसरतले अनेक रोगबाट पनि मुक्त हुने अवसर प्राप्त गर्दछन् । यसैले, कर्म मानिसलाई पवित्र राख्ने सूत्र हो ।
कर्मशीलहरु सम्पन्न हुन्छन् । कुनै पनि अभाव नभए पनि मानिसमा लोभानिपापानि बढेर जाने खतरा पनि हुँदैन । जब व्यक्ति स्वयम्मा सम्पन्न छ र अनेक लोभ, लालच र आसक्तिबाट मुक्त छ भने अवाञ्छित प्राप्तिका लागि लडाइँ, झगडा गर्ने र हत्याहिंसामा उत्रने काम पनि गर्दैन । यसप्रकार, बिनोबा भावेले भनेजस्तै कर्मले व्यक्तिलाई शान्त र अहिंस्रक बनाउँछ भन्ने सत्य प्रमाणित हुन्छ ।
कर्मको यो परम्परा अत्यन्त शाश्वत् परम्परा हो । भगवान् श्रीकृष्णका अनुसार उहाँले कर्मयोगको रहस्य सर्वप्रथम सूर्यलाई बताउनुभएको थियो । सूर्यले आफ्ना पुत्र वैवस्वत मनुुसँग भनेका थिए भने मनुले उनका छोरा इक्ष्वाकुलाई बताएका थिए । यसरी, परम्पराबाट सुरू भएको कर्मयोगलाई विभिन्न ऋषिमहर्षिहरुले जाने र बुझे, यद्यपि जुन कर्मयोग धेरै लामो समयसम्म पृथ्वीमा लुप्तप्रायः समेत बनेको थियो ।
‘अर्जुन, तिमी मेरा प्रिय साथी हौ र प्रिय भक्त पनि । यसैले, त्यही पुरातन, शाश्वत् एवम् सनातन योग आज मैले तिमीलाई भनेको छु । यो अत्यन्त उत्तम र रहस्यपूर्ण छ ।’— जसै भगवान् श्रीकृष्णले अर्जुनलाई यसो भन्नुभयो, अनि अर्जुनले प्रश्न गरे, ‘भगवान् तपाईँको जन्म त अहिले पनि त भएको छ अर्थात् अर्वाचीन छ, तर सूर्य त धेरै पहिले जन्मिएका हुन् । उनको जन्म त निकै पुरानो पो हो त । अनि कसरी अहिलेको तपाईँले सृष्टिको आरम्भमा सूर्यसँग कसरी यो कर्मको रहस्य बताउन सक्नुभयो त ?’ जवाफमा भगवान् श्रीकृष्णले भन्नुभयो, ‘हेर अर्जुन, तिम्रा र मेरा धेरैधेरै जन्महरु भइसकेका छन् । हाम्रा ती धेरैधेरै जन्मलाई तिमीले जान्दैनौ, म जान्दछु ।’
भगवान् श्रीकृष्ण अगाडि भन्नुहुन्छ, ‘यद्यपि म अजन्मा, अविनाशी र समस्त प्राणीको ईश्वर हुँ, तापनि आफ्नो प्रकृतिलाई अधीन गरेर आफ्नो योगमायाका बलमा प्रकट हुने गर्दछु ।’
‘यदा यदा हि धर्मस्य
ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य
तदात्मानं सृजाम्यहम् ।
परित्राणाय साधूनां
विनाशाय च दुष्कृताम
धर्मसंस्थपानार्थाय
सम्भवामि युगेयुगे ।।’
— यो भगवान् श्रीकृष्णको उद्घोष हो । उहाँ भन्नुहुन्छ, ‘हेर, अर्जुन, जबजब धर्मको हानि हुन्छ र अधर्मको वृद्धि हुन थाल्दछ, तबतब मैले आफ्नो नयाँ स्वरुपको रचना गर्दछु र मानिसहरुका अगाडि देखा पर्दछु । समाजमा भएका सज्जन मानिसले दुःख पाइरहेको मलाई मन पर्दैन । त्यसैले,  त्यस्ता साधु पुरूषको उद्धार र संरक्षण गर्दै अपराध, अधर्म र पापकर्म गर्नेहरुको सर्वनाशसहित धर्मको पुनस्र्थापना गर्नका लागि नै म समय–समयमा धर्तीमा अवतरित
हुने गर्दछु ।’
कुनै पनि अवस्था सधैँ रहँदैन । संसार परिवर्तनशील छ । समाजमा आतङ्क मच्चाउनेहरुको शासन केही समय चल्न सक्दछ । त्यतिखेर त्यस्ता आतङ्ककारीहरुले संसार भनेकै हाम्रो हो भन्ने अहङ्कार प्रकट गर्दछन् । उनीहरुलाई लाग्दछ, दुनियाँ हाम्रै शासनको छत्रछायामा चल्नुपर्दछ । उनीहरुले त्यही अहङ्कार र आतङ्कको कालो छायामुनि मानिसहरुलाई राख्ने, सास्ती दिने र अप्ठ्यारोमा पार्ने दुष्प्रयास पनि गरिरहन्छन् । तर, अति भएपछि खति हुन्छ भन्ने तथ्यतिर भने उनीहरु बेखबर नै रहन्छन् । दूध पनि उम्लिएपछि पोखिने खतरा हुन्छ । त्यसरी नै समाजमा बढेको अन्याय, अत्याचार र व्यभिचारको राज्य पनि केही समयका लागि हो । जब समय आउँछ, अवश्य ती सबै समयको सुनामीसँगै बढारिएर जान्छन् ।
संसारमा कुन तानाशाह भएनन् र ? हिटलर, मुसोलिनीले पनि सोचेका थिए, हामी कहिल्यै मर्नुपर्दैन । सारा संसार हाम्रो निरङ्कुशताको पैतालामुनि थिचिएर बाँच्न बाध्य हुनेछ । तर, तिनको अभिमानको आयु पनि लामो रहन सकेन । स्टालिन, चङ्गेज खाँ, तैमुर लङ्ग, त्वचो, माओ आदि आदि प्रसिद्ध तानाशाहले पनि सोचेका थिए, जनताका नाममा सारा सोझा–साझालाई उल्लु बनाएर जीवनभर रगतको आहालमा शासन गर्न सकिनेछ । तर, तिनका सपना पनि बीचमै तुहिएर गए । समयको शक्तिसँग कसैको केही लाग्दैन । कौरवहरुले पनि सोचेका थिए, हामी अजेय छौँ र अजेय रहनेछौँ, सधैँभरि । तापनि, उनीहरुको सर्वनाश भयो ।
भगवान् श्रीकृष्ण त्यही समयरुपी विश्वशक्तिका नाम हुनुहुुन्छ । जबजब, संसारमा सोझासाझा र धर्ममा विश्वास गर्नेहरुमाथि बर्बर आक्रमण हुन थाल्दछ, तबतब विश्वशक्तिरुपी श्रीकृष्णको जन्म हुन्छ र उनीहरुको उद्धार हुन्छ । श्रीकृष्ण समाधानरुपी शक्ति हुनुहुन्छ । सत्यका साक्षात् प्रतिरुप हुनुहुन्छ र त्यो सत्य कुनै न कुनै रुपले अवश्य उद्घाटित भएरै छाड्दछ । ऐनामा धूलो टाँसिन सक्दछ र धमिलो देखिन सक्दछ, तर सानो मिहिनेतमा त्यो धूलो हटाउँदा सफा र उज्यालो देखिन्छ । गीतामा भगवान् श्रीकृष्णले सज्जन र साधुको रक्षा गर्दै धर्मको पुनस्र्थापना गर्न बेलाबेलामा जन्म लिने जुन कुरा गर्नुभएको छ, त्यो त हाम्रो जीवनमा प्रत्यक्ष घटिरहेकै छ । श्रीकृष्ण सारमा प्रत्येक समस्यारुपी जटिलताका अन्तिम समाधानका नाम हुनुहुन्छ ।
भगवान् श्रीकृष्णको जन्म र कर्म दिव्य र निर्मल छन् । जसले गहिराइका साथ मेरो यो जन्म र कर्मको दिव्यतालाई जान्दछ, उसले शरीरलाई त्यागेपछि फेरि जन्मने अनिवार्यताबाट मुक्त हुन्छ । सबैभन्दा ठूलो कुरा व्यक्तिमा राग, भय, क्रोध बाँकी रहुन्जेल ऊ शान्त रहन
सक्दैन । जसका राग, भय र क्रोधहरु सर्वथा नष्ट भएर गएका छन् र श्रीकृष्णरुपी विश्वशक्ति र सर्वोच्च समाधानमा विश्वस्त छन्, त्यस्ता धेरै श्रद्धालु भक्तहरुले श्रीकृष्णकै स्वरुपलाई प्राप्त गर्दछन् । यसका लागि हरेक व्यक्ति स्वतन्त्र छ । व्यक्तिले आफ्नै स्वभाव र मौलिकतामा परमको आराधना गर्न सक्दछ ।
भगवान् श्रीकृष्णको बचन यस्तो छ ः
‘ये यथा मां प्रपद्यन्ते
तांस्तथैव भजाम्यहम् । मम वत्र्मानुवर्तन्ते
मनुष्याः पार्थ सर्वशः ।।’
अर्थात् हे अर्जुन, जुन भक्तले मलाई जसरी चिन्तन गर्दछ, भज्दछ, मैले पनि उसलाई त्यसैगरी भज्दछु । जसरी भजे पनि सबै मनुष्यले मेरै मार्गको अनुसरण गरिरहेका हुन्छन् । यसको अर्थ हरेक व्यक्तिका ईश्वर आराधनाका अनेक स्वभावहरु हुन्छन्, अनेक विधिहरु हुन्छन् । त्यस्ता, सबैसबै विधिहरु श्रीकृष्णका लागि स्वीकार्य छन् । सत्य उपासना वा वन्दनाको नाममा गरिने कुनै पनि विधि, शैली र संस्कारहरुलाई भगवान्ले उपेक्षा गर्नुहुन्न । बरू, त्यसैअनुसार उहाँले पनि उपासना र चिन्तन गर्न थाल्नुहुन्छ ।
यो मनुष्य लोकमा कर्मको फल चाहनेहरुले अनेक देवताहरुको पूजा–प्रार्थना गर्दछन्, कारण उनीहरुलाई कर्मका माध्यमले हुने सिद्धि तुरून्त प्राप्त हुन्छ । विभिन्न कुरा विचार गरेर भगवान् श्रीकृष्णले चार वर्णको सिर्जना गर्नुभएको छ । यद्यपि, यी चार वर्णहरु उहाँका रचना हुन्, तथापि उहाँ स्वयम् भने कर्ता भएर अकर्ताको भूमिकामा रहनुहुन्छ । भगवान्लाई आपूmले निर्माण गरेका कुनै पनि वस्तुप्रति मोह र आसक्ति हुँदैन ।
उहाँ भन्नुहुन्छ, ‘कर्मको कुनै पनि फलप्रति मेरो आसक्ति वा स्पृहा छैन । मलाई कर्मले लिप्त अर्थात् प्रभावित गर्न सक्दैनन् । मेरो उपासना वा अनुसरण गर्ने भक्त पनि आपूmले गरेका कुनै पनि कर्महरुमा लिप्त
हुँदैन । कुनै पनि कर्मका बन्धनले उसलाई बाँध्न सक्दैनन् । कर्मका अनेक रुप र अवस्था छन् । कर्म के हो भन्ने सम्बन्धमा निर्णय गर्ने क्रममा बुद्धिमान् पुरूषहरु पनि मोहित हुन पुग्दछन् । म तिमीलाई त्यस्तो कर्मको स्वरुपबारे बताउँछु, जसलाई बुझेपछि तिमी अशुभ अर्थात् कर्मका अनेक बन्धनबाट मुक्त हुन सक्नेछौ । त्यसका लागि तिमीले कर्मका स्वरुपलाई पनि जान र अकर्म एवम् विकर्मका स्वरुपलाई पनि जान, किनकि कर्मको गति साँच्चै नै गहन छ ।’
श्रीकृष्ण भन्नुहुन्छ, ‘जो मनुष्यले कर्ममा अकर्मको दर्शन गर्न सक्दछ र अकर्ममा कर्मको दर्शन गर्न सक्दछ, ऊ मनुष्यहरुमा बुद्धिमान् हो र त्यो योगी समस्त कर्मको कर्ता पनि हो । कर्म भनेको हामीले गर्ने काम, क्रियाशीलता हो । अकर्म भनेको फलबिनाको कर्ताबिनाको कर्म अर्थात् कर्महीनता हो । हामीले कर्म गर्दागर्दै पनि त्यहाँ कर्महीनताको दर्शन गर्न सक्नुपर्दछ र कर्म नगर्दानगर्दै पनि कर्म भएको अनुभूति गर्नुपर्दछ भन्ने गीताको सार देखिन्छ ।
कर्मका सन्दर्भमा गीताको सबैभन्दा विशेष दर्शन भनेको निष्काम कर्मयोगको दर्शन हो । हामीले बिनाइच्छा, चाहना, मह¤वाकाङ्क्षा र आशा, आवश्यकताका आधारमा कर्म गर्नुपर्दछ र त्यसरी गरिएका कर्महरु पवित्र हुन्छन् भन्नु गीताको आशय हो । अनावश्यक सपना सँगालेर वा मह¤वाकाङ्क्षाले भरिएर यदि हामीले कर्म ग¥यौँ भने ती कर्महरुले हामीलाई बन्धनमा पार्दछन् वा दुःखी तुल्याउँदछन् । यदि हामी हाम्रो जीवनलाई गतिशील तुल्याउने क्रमसँगै आवश्यकताका आधारमा बिनास्वार्थ वा आकाङ्क्षा कर्म गर्न सक्दछौँ भने त्यतिखेर हामी साँच्चै नै कर्मयोगी हुन्छौँ । भगवान्ले भन्नु पनि भएको छ ः
‘यस्य सर्वे समारम्भाः
कामसङ्कल्पवर्जिताः ।
ज्ञानाग्निदग्धकर्माणं तमाहुः
पण्डितं बुधाः ।।
अर्थात्, जसका शास्त्रसम्मत सबै कर्म बिनाकामना वा सङ्कल्पका साथ सम्पन्न हुन्छन्, जसका समस्त कर्म ज्ञानरुप अग्निका माध्यमले भस्मप्रायः भएका हुन्छन्, त्यस्तो पुरूषलाई ज्ञानीहरुले पण्डित भनेर सम्बोधन गर्छन् ।’ अर्थात्, पण्डितले जहिले पनि कामना र सङ्कल्पलाई छोडेर शास्त्रसम्मत अथवा धर्मसम्मत कर्म गर्नुपर्दछ । यस्ता धर्मसम्मत कर्म गर्ने व्यक्ति कहिल्यै पनि कर्मका बन्धनहरुमा जकडिएर बस्नुपर्ने अवस्था रहँदैन ।
‘त्यक्त्वा कर्मफलासङ्ग
नित्यतृप्तो निराश्रयः ।
कर्मण्यभिप्रवृत्तोऽपि नैव
किञ्चित्करोति स ः’
सबै कर्म र तिनका फलमा जुन किसिमको आसक्ति पैदा हुन्छ, त्यसलाई परित्याग गरेर संसारका फलादिदेखि आश्रयरहित भएर जो परमात्मारुपी विश्वशक्तिको आकर्षणले तृप्त छ, त्यस्तो व्यक्तिले कर्म गरेर पनि वास्तवमा कुनै कर्म गरेको जस्तो लाग्दैन । अर्थात्, फलको आशादेखि भिन्न चिन्तनका साथ गरिएका कर्महरु नै वास्तवमा मुक्तिदायक कर्महरु हुन् ।
हामी कर्मदेखि भिन्न अवश्य छैनौँ, तर कर्मफलदेखि भिन्न हुन सक्दछौँ र हुनुपर्ने पनि यही हो । किनकि, कर्मफलको आशाले हामीलाई कहिल्यै पनि मुक्त हुन दिँदैन । जसले मनलाई, चित्तलाई वा इन्द्रियसहित शरीरलाई जितेको छ, सबै किसिमका सङ्ग्रहहरुबाट पनि मुक्त छ, सम्पूर्ण भोग्य सामग्रीलाई परित्याग गरेको छ, त्यस्तो किसिमको आशारहित पुरूषले कर्म त गरिरहेको हुन्छ तर आशारहित भएर केवल शरीरसम्बन्धी आवश्यकताका लागि गरिरहेको हुन्छ । उसले कर्मका माध्यमले कुनै पनि पाप गर्दैन ।
हामीले चाहँदा नचाहँदा पनि फलपदार्थ आदि प्राप्त गर्दछौँ, कर्म गर्दै जाँदा । सच्चा सन्तोषी त्यो हो, जो इच्छा वा योजनाबिना पनि प्राप्त फलमा प्रसन्न हुन सक्दछ । ‘जो बिनाइच्छा स्वयमेव प्राप्त भएका पदार्थमा सन्तुष्ट रहन्छ, जसमा कुनै पनि ईष्र्याभाव छैन, जो हर्ष र शोकलगायतका अनेकन द्वन्द्वहरुबाट मुक्त भएको छ, सिद्धि वा असिद्धिमा पनि एउटै भावमा रहन्छ, त्यस्तो कर्मयोगी कर्म गरेर पनि कर्मको बन्धनमा बाँधिदैन ।’— भगवान् श्रीकृष्ण भन्नुहुन्छ, ‘जसको आसक्ति र मोह पूर्णतः नष्ट भएको छ, जो देहाभिमान र ममताबाट मुक्त भएर निरन्तर परमात्माको ज्ञानमा स्थित रहन्छ, यस्तो केवल यज्ञ सम्पादनहेतु कर्म गर्ने मनुष्यका सबै कर्म विलीन भएर जान्छन्, अर्थात् ऊ कर्मफल र तिनको बन्धनदेखि सर्वथा मुक्त भएर जान्छ ।
यज्ञ भनेको परमार्थका निमित्त गरिने पवित्रतम योजनाको साझा कार्यक्रमको नाम हो । मानिसको धर्म नै परमार्थका लागि कर्म गर्नु हो । आफ्नो निजी स्वार्थ र आकाङ्क्षा पूर्ति गर्नका लागि नभएर कीटपतङ्गदेखि लिएर मनुष्यसम्म प्रकृतिसहित समस्त ब्रह्माण्डको शुद्धीकरण र निर्मलीकरणका लागि गरिने महान् पुण्यमयी आयोजना र सङ्कल्पहरु सबै यज्ञभित्र पर्दछन् । महान् मानिसहरु जहिले पनि यस्तै महान् आयोजनाका लागि सक्रिय रहन्छन् । उनीहरुले कहिल्यै पनि स्वयम् र स्वार्थका लागि काम गर्दैनन् ।
मनुष्यको धर्म भनेको पनि यस्तै यज्ञहरुको आयोजना गर्नु हो, अर्थात् स्वयम्का स्वार्थका जन्जीरलाई चुँडाएर सबैको परमार्थ निम्ति कम्मर कस्नु हो । यज्ञबिना स्वयम्, समाज र संसार, कसैको पनि उन्नति र हित सम्भव छैन । यज्ञ पनि विभिन्न किसिमका छन् । भगवान् भन्नुहुन्छ ः
‘श्रेयान्द्रव्यमयद्यज्ञाज्ज्ञानयज्ञः
परन्तप ।
सर्वं कर्माखिलं पार्थ
ज्ञाने परिसमाप्यते ।।
अर्थात् अर्जुन, द्रव्यमय यज्ञका अपेक्षामा ज्ञानयज्ञ अत्यन्त श्रेष्ठ हुन्छ र भएका सबैसबै कर्महरु यही ज्ञानमै समाहित भएर जान्छन् । त्यो ज्ञानलाई तिमीले त¤वदर्शी ज्ञानीहरुका नजिकमा गएर बुझ र सम्यक् दण्डवत् प्रणाम गरेर सरलतापूर्वक जिज्ञासा गरेपछि ती त¤वदर्शीहरुले त्यो ज्ञानत¤वको उपदेश गर्दछन् ।’
ज्ञानबराबरको अर्को कुनै शक्ति छैन । ज्ञानकै माध्यमले हामी कर्म र संस्कारका अनेकन बन्धनहरुबाट मुक्त हुन सक्दछौँ । यो विशिष्ट ज्ञानलाई जानिसकेपछि फेरि हामी कुनै पनि सांसारिक मोहमा पर्नुपर्दैन । यही ज्ञानका माध्यमले निःशेष भावले हामीले स्वयम्मा प्रभुको दर्शन गर्न सक्दछौँ ।
जतिसुकै अँध्यारो भए पनि त्यो उज्यालोको उपस्थितिमा टिक्न
सक्दैन । हाम्रा दोष, त्रुटि र पापहरु पनि सबै त्यस्तै अँध्याराहरु हुन् । यही ज्ञानरुपी डुंगाका माध्यमले हामी ठूलाठूला पापरुपी समुद्रहरुबाट पनि सहजै पार हुन सक्दछौँ । भगवान्को उपदेश छ, ‘हे अर्जुन, जसरी बलिरहेको आगोले दाउरालाई खरानीमा बदलिदिन्छ, त्यसरी नै ज्ञानरुपी अग्निले हाम्रा समस्त कर्मफल र तिनका संस्कारलाई खरानीमा बदलिदिन्छ ।’ यही मह¤व वर्णन गर्दै उहाँले भन्नुभएको छ ः
‘न हि ज्ञानेन सदृशं
पवित्रमिह विद्यते ।
तत्स्वयम् योगसंसिद्धः
कालेनात्मनि विन्दति ।।
अर्थात्, यो संसारमा ज्ञानबराबर शुद्धीकरणको शक्ति निःसन्देह अर्को छैन । त्यस ज्ञानलाई कर्मयोगका माध्यमले अन्तस्करण शुद्ध भएको व्यक्तिले स्वयम्भित्र प्राप्त गर्दछ ।
सबैलाई ज्ञान प्राप्त हुन्छ भन्ने छैन । त्यसका लागि निरन्तरको साधना चाहिन्छ । जसले आफ्ना इन्द्रियहरुलाई संयममा राखेको छ, साधनापरायण छ र श्रद्धाभावले भरिएको छ, त्यस्तो व्यक्तिले मात्र ज्ञान पाउन सक्दछ । ज्ञान प्राप्त गरेपछि उसले शीघ्रातिशीघ्र भगवत्स्वरुप दैवी एवम् ईश्वरीय शान्तिलाई प्राप्त गर्दछ भन्ने भगवान्को मत छ । ‘विवेकहीन, श्रद्धाहीन र संशयले युक्त मनुष्य भ्रष्ट भएर जान्छ । शङ्कालु र नास्तिक मानिसका लागि न त यो लोक हुन्छ, न परलोक रहन्छ, र न त सुख नै प्राप्त हुन्छ । नास्तिक अर्थात् संशयवादीहरु सर्वदा अशान्त, क्लान्त र तनावग्रस्त भइरहन्छन् ।’—भगवद्वचन ।
‘त्यसैले हे अर्जुन, जसले कर्मयोगको विशिष्ट विधिका माध्यमले समस्त आफ्ना कर्मलाई परमात्मामा अर्पण गरिदिएको छ, जसको विवेकका कारण समस्त संशय र आशङ्काहरु छिन्नभिन्न भएका छन्, त्यस्तो अन्तस्करण संयमित पुरूषलाई कुनै पनि कर्मले बाँध्न सक्दैन । त्यसकारण, तिमीभित्र रहेको ‘मैले कर्म किन गर्ने ?’ भन्ने तिम्रो अज्ञानद्वारा उत्पन्न संशयलाई विवेक र त¤वज्ञानको तरबार प्रयोग गरी छेदन गर र समत्वरुपी कर्मयोगमा रही जीवनका सङ्घर्षहरुसँग युद्ध गर्न तयार बन । यही तिम्रो धर्म हो ।’— यही नै अर्जुनका माध्यमले भगवान् श्रीकृष्णले गीतामा अर्जुनलाई माध्यम बनाएर समस्त मनुष्य मात्रलाई प्रदान गर्नुभएको कर्मको रहस्य हो ।
¨¨

Related Posts

आधुनिक समाजवादको अपेक्षा

आधुनिक समाजवादको अपेक्षा

धर्म जीवनको खोज हो

तपाईंको सबैभन्दा ठूलो क्षमता !

धर्म जीवनको खोज हो

आहार शुद्धि–२

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In