कावासोती । साधना संगम, नवलपुर र एन सञ्चार मिडिया प्रालिको संयुक्त आयोजनामा ४६औँ श्रृङ्खलास्वरुप एकल गजल साँझ कावासोतीमा भएको छ ।
कार्यक्रममा गजल तथा भजन गायक दिवाकर भण्डारीले केही आफ्ना गजल र भजन अनि केही चर्चित गजललाई आफ्नै संगीतमा गाएका थिए ।
तबलामा प्रसिद्ध कथावाचक तथा संगीतकार पं पुरूषोत्तम लम्सालले कार्यक्रममा गायक भण्डारीलाई सहयोग गरेका थिए । करिब एक दर्जन गजल र भजनलाई तीन चरणमा संगीतमा नै गाइएको थियो ।
कार्यक्रममा साहित्य साधनामा अनवरतरुपमा लागिरहेका कवि दीपक सोतीलाई नगदसहित सम्मान गरिएको थियो ।