ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

फेरिँदै कान्दाको मुहार !

by चितवन पोष्ट
२०७० चैत्र २, आईतवार ०२:२० गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

–दिपेन्द्र अधिकारी
कान्दा (लोथर) । घटना २०६७ जेठ १४ गतेको हो । जुन दिन विषालु च्याउ खानाले एकै परिवारको ८ जनाको ज्यान गएको थियो । ९ महिनाको एक बालकमात्र यस घटनामा बाँच्न सकेका थिए । उनी अहिले भरतपुरमा रहेको एसओएस स्कुलको संरक्षणमा छन् ।
यसै घटनाले गर्दा कान्दा पछिल्लो समय सवैको सहयोग स्थल बनेको छ । यस ठाउँमा पुग्न पूर्वपश्चिम राजमार्गको भण्डारा बजारबाट १० घण्टा उकालो बाटो पैदल हिँड्नुपर्छ । ग्रामीण सडक हात्तीढापसम्म पुगेपनि यस स्थानबाट झण्डै ५ घण्टाको पैदल यात्रा गर्नुपर्छ कान्दा पुग्न ।
पहाडी गाविस लोथरमा पर्ने विकट ठाउँमा रहेको कान्दा गाउँ अहिले परिवर्तनको संघारमा छ । कान्दा गाउँका स्थानीय चेपाङ र अन्य आदिवासी समुदायको विकासको लागि विभिन्न आत्मनिर्भर र विकासका कामहरु भइरहेका छन् ।
नौलो मान्छे देख्ने बित्तिकै घरभित्र लुक्नेहरु बाहिर देखिन थालेका छन् । आङ ढाक्न एक सरो लुगा नहुनेहरु लुगा लगाएर बस्न थालेका छन् । भोकभोकै दिनरात बिताउनेहरु आफ्नै आम्दानीमा रमाउन थालेका छन् ।
मितेरी फाउन्डेसन नामक संस्थाको सक्रियतामा कान्दाबासीलाई आत्मनिर्भर बनाउने अभियान जारी छ । सुरूमा लत्ताकपडा वितरण, स्वास्थ्य शिविरजस्ता कार्यक्रमबाट अघि बढेको कान्दा रूपान्तरण अभियान अहिले सन् १९५० को दशकमा श्रीलंकामा एरियारत्नेले चलाएको सर्वोदय श्रमदान अभियानसँग मिल्दो–जुल्दो भएको छ ।
जहाँ विकासका गुरू मानिने एरियारत्नेले मानिसहरुबीचको आपसी स्वश्रमदानबाट गाउँको विकास सम्भव गराएका थिए । कान्दाबासीको आत्मनिर्भरताका लागि गाउँमा स्याउ रोपिएको छ । झण्डै ३०० बढी स्याउका बोटले नयाँ पालुवा फेरिसकेका छन् । त्यस्तै, त्यस स्थानको गरिवी हटाउनका लागि कृषि र पशुमा थप नयाँ अभियान जारी छ । कृषि रूपान्तरणका लागि मकै र तरकारीका उन्नत जातका बीउहरु लगाइएको मितेरी फाउण्डेसनका अध्यक्ष एकल सिलवालले बताए ।
त्यस्तै, पशुपालनबाट लाभान्वित हुनका लागि ‘जमुनापारी’ नामको उन्नत जातको ६ वटा बोका र उन्नत जातकै कुखुरा गाउँमा पाल्न थालिएको छ । स्थानीय जातका खसी बोकाभन्दा उन्नत जातबाट छोटो समयमै धेरै फाइदा हुने भएपछि गाउँलेहरु यसतर्फ उन्मूख भएको स्थानीय अगुवा सीताबहादुर चेपाङले बताए ।
कान्दा ९ र कोराक ४ सेवा क्षेत्र बनाएर अघि बढेको मितेरी फाउण्डेसनको कान्दा रूपान्तरण अभियानअन्तर्गत केही महिना अघिमात्रै ५० घरमा सोलार जडान गरिएको छ । अँध्यारोमा जीवन काटिरहेका कान्दा र कोराकबासीका लागि सोलार भने वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाडौं र लक्ष्मी प्रतिष्ठान नामक संस्थाको सक्रियतामा जोडिएको हो ।
सेवा क्षेत्र अन्तर्गत ८५ घर रहेकोमा अझै ३५ घरमा सोलार जडान गर्न बाँकी रहेको अध्यक्ष सिलवालले बताए । प्रतिष्ठानकै सक्रियता र फाउन्डेसनको समन्वयमा ८५ वटा घरहरु नयाँ बन्दै छन् । स्थानीय युवालाई केही महिनाको सिकर्मी र डकर्मी तालिमपछि स्वरोजगार सृजना गरी धमाधम नयाँ घर बनाउन थालिएको छ ।
हालसम्म कुल १० वटा नयाँ घर बनिसकेको छन् । केही बन्दै छन् । त्यस्तै फाउन्डेसनकै अगुवाइमा यसअघि नै यस क्षेत्रमा शिक्षाको विकासका लागि स्थानीय कान्देश्वरी राप्राविको भवन पुनःनिर्माणको काम भएको थियो । हाल यस क्षेत्रका २५ बालबालिका रत्ननगर र काठमाडौंमा विभिन्न तहमा अध्ययनरत छन् । ३ जना युवाले भक्तपुरमा एक वर्षको आवासीय सुविधासहित प्राविधिक तालिम लिइरहेको अध्यक्ष सिलवालले बताए ।

[divider]घर छाउनका लागि जस्ता बोकेर जाँदै कान्दाका एक चेपाङ ।

Related Posts

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

Discussion about this post

अन‌ि यो पनि

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने
समाज

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

काठमाडौँ, १४ फागुन । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर)...

Read more
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In