जनकपुरधाम, १ चैत । होली होली जस्तो मनाउने हो भने जीवन सात रङ्गमा रङ्गिन जान्छ । केवल दृष्टिभाव र बाच्ने आधार चाहियो तर आज होलीको नाममा उच्छृङ्खलताले स्थान पाएपछि होली खेल्ने काम पनि जोखिमपुर्ण हुन गएको छ ।
परम्परागत होलीमा उत्साह लोक जीवनको राग रङ्ग र सदभाव थियो भने अहिले उच्छृङ्खलतापूर्ण क्रियाकलाप मानिसको जीवन पद्धतिमाथि हाबी हुन थाल्दा जनकपुरका साहित्यकारहरू चिन्ता व्यक्त गर्दै अबको होली होली नभएर भौतिकवादी र सहरमुखी होली भइसकेको धारणा राख्नुहुन्छ ।
पहिले होलीमामा कामोत्सवको मर्म धार्मिक र आध्यात्मको विशिष्ठता जीवनको ऊर्जा उमङ्ग, संस्कृतिको प्रकाश परम्पराको आधार पिरती तथा उन्मुक्ति रहेको मैथलीका वरिष्ठ साहित्यकार परमेश्वर कापडीको भनाइ रहेको छ,उहाँ थप्नुहुन्छ ,होलीको तर्क दर्शन लौकिकतालाई गम्भीरतापूर्वक नलिएकाले अहिलेको होलीमा सङ्किर्तना छाएको छ । मिथिला संस्कृतिको अभिन्न अङ्ग नै मिथिलाको होली हो । यसलाई लोक जीवनमा रागरङ्ग पाइन्छ तर अबको होलीमा काँतरता, मदिरा, भाङको प्रवाह पाइने भएकाले होली होली नभएर उच्छृङ्खलताको अर्को नाम भएको छ जनकपुरको बदनाम होली ।
पहिलेको धार्मिक होलीमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अबको होलीमा फोहर, कुसंस्कृतिको बोलवाला भएपछि उच्छृङ्खलता बढ्न गएको हो मैथिलीका अर्का साहित्यकार श्यामसुन्दर शशि चिन्तित मुद्रामा भन्नुहुन्छ, मिथिलाको होलीमा विशुद्ध रूपमा ग्रामीण होली महत्व त्यस भेगको माटोको मन्दमन्द बासना हुने भएकाले प्राचीन होलीको महत्वको रक्षा गर्नु जरुरी छ ।
होली यस्तो हुनुपर्छ जसमा महिलाहरू निर्धक्क भएर बाहिर निस्कन सकुन् राजनीतिक वि
श्लेषक सिके लाल भन्नुहुन्छ जनकपुरलाई एउटा यस्तो आदर्श बनाउ कि देश दुनियाँले भनोस् होली खेलौँ त जनकपुरको जस्तो । जीवनको सबभन्दा ठूलो साँस्कृतिक महत्व राख्ने होलीमा उच्छृङ्खलता बढ्दै गएपछि यसको मौलिकतामा ह्रास आउन थालेको छ, पत्रकार वीरेन्द्ररमण भन्नुहुन्छ ।
पौराणिक होलीमा विषय बासना प्रेमालाप सीताराम शिवपार्वतीमा केन्द्रित भएर जोगिरा गराउने परम्परा रहेको थियो भने अबको होलीमा पश्चिमी सभ्यताले कब्जा जमाउन थालेपछि यसको माधुर्यता समाप्त भएर जाँदैछ । लोप भइरहेको होलीको मौलिकतालाई जीवन्तता प्रदान गर्न मिथिला नाटक परिषद् (मिनाप)ले होलीमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । रासस
Discussion about this post