ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

टाँडी कुरूप बनेको देख्दैन नगरपालिका

by चितवन पोष्ट
२०७० फाल्गुन ३०, शुक्रबार ०४:०५ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । रत्ननगरको टाँडी बजार क्षेत्र कुरूप बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
चार महिनामा नगरपालिकाले गरेका कामहरुको बारेमा नगरबासीलाई जानकारी गराउन बिहीबार आयोजना गरिएको सार्वजनिक सुनुवाइमा उनीहरुले टाँडी बजार व्यवस्थित गर्न नगरपालिका चुकेको आरोप लगाएका छन् । बजार व्यवस्थित पार्न नगरपालिकाले तदारूकता नदेखाएको भन्दै उनीहरुले पार्किङको व्यवस्थापन र ढल निर्माणलाई छिटो सकेर बजार व्यवस्थित गर्न मागसमेत गरेका छन् ।
‘टाँडी बजार कुरूप भएर हेर्नै नहुने भएको नगरपालिकाले देखेन’ एक सहभागीले भने, ‘कहाँ जान्छ नगरपालिकाको ध्यान अचम्म छ बा !’ यसो भन्दा नगरपालिकाका पदाधिकारीहरु मौन नै रहे ।
कार्यक्रममा सहभागीहरुले बजार व्यवस्थापन, ढल निर्माण, सडक मर्मत, फोहोर व्यवस्थापन, खानेपानीको विस्तारलगायतको विषयहरुमा बजेट विनियोजन गरी काम गर्न आग्रहसमेत गरेका छन् ।
कार्यक्रममा टोल विकास संस्था वडा नम्बर १२ का वडा संयोजक पूर्ण पुरी, वडा नम्बर ५ का संयोजक शिवप्रसाद आचार्य, पञ्चकन्या सामुदायिक वनका अध्यक्ष रामबाबु श्रेष्ठ, सामुदायिक सेवा केन्द्रका सदस्य रामचन्द्र पौडेल, विद्यार्थीहरु सविना परियार, रविना खातुन, स्थानीय विपिन शर्मा आचार्य, कृष्णप्रसाद दुवाडीलगायतले विकास निर्माण र सुशासनका बारेमा जिज्ञासा राखेका थिए ।
नगरपालिकाका कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठ, लेखा शाखा प्रमुख सीताराम पोखरेल, योजना शाखा प्रमुख प्रकाशचन्द्र ढुंगानाले नगरवासीले राखेको जिज्ञासा मेटाउनुभएको थियो ।
कार्यक्रममा नगरपालिकाकी उर्मिला दाहालले कार्यक्रमको उद्देश्य र सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेलले नगरपालिकाले प्रदान गर्ने सेवाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

Related Posts

जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

Chitwan Post

युवक मृत फेला भेटिए

Chitwan Post

बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुसी

Discussion about this post

अन‌ि यो पनि

सोमबार २४४० जना संक्रमित, निको हुने ११३३
प्रमुख समाचार

थप ८१ मा सङ्क्रमण पुष्टि

काठमाडौँ, १५ फागुन (रासस) । देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा...

Read more
जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In