लोला हाने कारबाही

अन‌ि यो पनि

भरतपुर । चितवन जिल्ला प्रशासन कार्यालयले होलीको नाममा अनावश्यक कार्यक्रम राखे कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
रंगहरुको पर्व होलीमा भड्किला र उच्छृखल खालका कार्यक्रम राखे ऐनअनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ । ‘जर्बजस्ती रंग दल्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी वितण्डा मच्चाउने, जोकोहीलाई कानुनअनसार कारबाही गरिनेछ’ बिहीबार प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आत्मीयता बढाउने, भाइचारा कायम राखी सौहार्दपूर्ण तरिकाले सबै चितवनवासीलाई होली पर्व मनाउन विज्ञप्तिमा आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पनि होली विशेष सुरक्षा योजना लागू गर्ने जनाएको छ । यसको लागि सम्पूर्ण तयारी भइसकेको प्रहरीले बताएको छ ।
होलीमा अनावश्यक भड्किला कार्यक्रम गरी जबर्जस्ती गर्ने, सामाजिक मूल्य मान्यताविरूद्ध लाग्ने, समाजमा त्रास फैलाउनेजस्ता कार्यक्रम गर्ने, होहल्ला गर्दै हिँड्ने जो कोहीलाई ठाउँको ठाउँ नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्ने प्रहरीले जनाएको छ । यसको लागि सम्पूर्ण प्रहरीलाई तैनाथमा रहन निर्देशन दिइएको छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया