–गुणराज लोहनी
नेपालका महिलाहरु आफ्नो स्वतन्त्रताका लागि लडिरहेका छन् । जहाँजहाँ क्रान्तिकारी आन्दोलनहरु भएका छन्, त्यहाँका महिलाहरु उक्त आन्दोलनमा सहभागी भई लडिरहेका छन् । त्यसैले, मान्छेहरुलाई लाग्न सक्दछ, युद्ध वा जनआन्दोलन भएका देशहरुका महिलाहरु मात्र समस्याहरुले घेरिएका छन् । अविकसित देशका महिलाहरुले मात्र यातना खप्छन् भन्ने सोचाइ पनि हुन सक्दछ । बुर्जुवा पुरूष र महिलालाई प्रायः यस्तो लाग्ने गरेको पाइन्छ । नेपालमा नै पनि धनीमानीका श्रीमती÷दिदीबहिनी÷छोरीबुहारी, पढेलेखेका, एनजीओ÷आइएनजीओ चलाएका महिलाहरुले यस्तो सोच्ने गरेको पाइन्छ । उनीहरुले त आफू नै कसरी समाज र राज्यबाट उत्पीडनमा परेका छौँ भन्ने नै थाहा पाएका छैैनन् । यस्ता महिलाहरुले अमेरिका, बेलायतजस्ता देशहरुलाई स्वर्ग ठान्दछन् । देश जति विकसित भए पनि त्यहाँका महिलाहरु कम उत्पीडनमा परेका छैनन् । त्यसैले, यहाँ केही देशले महिलाहरुका बारेमा व्यक्त गरेका भनाइहरु र त्यहाँ महिलाहरुमाथि भएका उत्पीडनहरु प्रस्तुत गरिएको छ ।
“ग्लोवलाई घुमाउनुहोस्, सबै ठाउँमा तपाईं हेर्नुहोस् महिलाहरु तल पारिएका छन्, पिटिएका छन्, पछाडि धकेलिएका छन् ।” –चीन
“जहाँ केटाहरुसँगै बसेर समारोहहरुमा एकले अर्कालाई अभिवादन गरिराखेका हुन्छन् । आनन्द लिइराखेका हुन्छन् । केटीहरु भने अवश्य पनि, फोहोरको थुप्रोबाट निस्किएको दुर्गन्धका बीचमा समवेदनाले घेरिएका हुन्छन् ।” –एल साल्भाडोर
“यदि गर्भपतन गरेको शंका लागेमा, चिकित्सा रेकर्डमा गर्भाशयमा गर्भपतनको प्रमाण भेटिएमा अस्पतालको आकस्मिक कक्षको ढोकाबाहिरबाट नै त्यस्ता महिलाहरुलाई गिरफ्तार गरिन्छ र जेल हालिन्छ ।”
ब्यांकक, ब्यांलोर र मोल्डोभाबाट
जहाँका दसौँ लाख युवा महिलाहरु अपहरणमा पर्दछन् । गरिबीका कारण परिवारबाट बेचिन्छन् । राम्रो रोजगारी पाउने लोभमा बोर्डर पारि पु¥याई यौन दासीका रुपमा व्यापार गरिन्छन् । इतिहासमा यस्तो कहिल्यै भएको थिएन ।
नेपालमा बर्षेनि हजारौँ महिलालाई बोर्डर कटाएर भारतको बम्बैका कोठरीमा पु¥याइन्छ । रोजगारीका लागि भन्दै ४८ डिग्री सेल्सियसको तापक्रम भएका अरेवियन देशमा पुग्दछन् । त्यहाँका सभ्रान्त व्यापारीहरुको घर र भान्छामा काम गर्दछन् । यस क्रममा उनीहरुमाथि यौन शोषण गरिन्छ । नेपालमा नै पनि माथिल्लो स्तरका नोकरशाह, पुलिस, सेना, संसदीय दलका नेताहरुका घरमा कामदारका रुपमा बस्दै आएका महिलाहरुले यो समस्या झेल्नु परेको छ ।
संयुक्त राज्य अमेरिका, सिलिकोल उपत्यका, भियतनाम र चीनमा ः
भूमण्डलीकृत विस्तारित विश्व पुँजीवादी सञ्चालकहरुद्वारा दुई दशकदेखि कम ज्यालादारीमा पिसिएर काम गर्न बाध्य पारिएका महिला मजदुरहरु पुँजीवादी आर्थिक प्रणालीमा आएको संकटका कारण फ्याँकिएका छन् । त्यसैले, ती महिलाहरु अहिले खाली हात लिएर घर फर्किन बाध्य पारिएका छन् ।
विशेषाधिकारको खल्तीबाट गाउँमा ः
यहाँका मध्यम वर्गीय युवतीहरुले एकातिर आफूलाई यौनाकर्षणयुक्त बनाउनुपर्दछ भने अर्कोतिर कुमारीत्वको ‘शुद्धता’ को रक्षा भएको पनि देखाउनुपर्दछ । कुमारीत्वको रक्षा गर्न नसक्नाका कारणले कयौँ आमाहरुले आफ्नो जीवन बहिष्कृत भएको सन्देश दिइसकेका छन् । अहिले नेपालका महिलाहरुले सबै क्षेत्रमा विशेष अधिकारको कुरा गरिराखेका छन् ।
सहरको हिंसात्मक भित्री गल्लीमा ः
यहाँ महिलाहरुलाई सबैभन्दा बढी उत्पीडन गरिन्छ । सांस्कृतिक रुपमा ‘कुकुर्नी’ जस्ता गालीका शब्द प्रयोग गरी खिल्ली उडाइन्छ । खुल्ला रुपमा यौन व्यापारका लागि दलालहरु प्रयोग गरिन्छ । उनीहरुलाई महिलाका विरूद्ध हुने हिंसात्मक क्रियाकलापमा उठाइन्छ । ‘महान् स्वतन्त्रता’को धक्कु लगाउने संयुक्त राज्य अमेरिकाका जेलमा विश्वभरिका जेलमा रहेका महिलाहरुको एक तिहाइ महिला छन् । यहाँ युवा महिलाहरुलाई सम्पत्ति र जीवनको मूल्यका लागि कम्तीमा पनि एउटा बच्चा हुनुपर्दछ भन्ने विश्वासबाट निर्देशित गराइएको छ । तिनीहरुलाई गरिबी र हीनताबोधको जामा पहिरिन बाध्य पारिन्छ र उनीहरुका बच्चालाई उद्दण्डता र लघुकरणबाट खान, नाप्न सिकाइन्छ । मेक्सिको र अन्य ल्याटिन अमेरिकी देशहरुका महिलाहरुले बलात्कारको जोखिम, मरूभूमिको भोकमरीको सामना नगरीकन आफ्नो परिवारलाई सहयोग गर्न सक्दैनन् । बसाइसराई गरेर आएका महिलाहरुले बोसहरु र अन्य मान्छेहरुको दबाब र धम्कीमा यौन शोषणको मार खेप्नुपर्दछ । यो रोगको शिकार नेपालका ठूला कार्यालयहरु, राष्ट्रिय÷अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने महिलाहरु पनि हुन थालेका छन् ।
युद्ध भड्किएको भूमिबाट ः
जसरी यसअघि बोस्नियाको गृहयुद्धमा दसौँ लाख युवा महिलाहरुलाई क्रूरताका साथ बलात्कार गरिन्थ्यो, ठीक त्यसैगरी व्यवस्थित तरिकाले अमेरिकाको शिकागोमा बलात्कार गर्ने गरिएको छ । यसैका कारण यहाँका महिलाहरु मुत्रथैली र आन्द्राहरु च्यातिने समस्याबाट ग्रसित छन् ।
नेपालमा पनि जनयुद्धकालमा सेना र पुलिसले हजारौँ महिलाहरु उनीहरुको कब्जामा परेपछि बलात्कारको शिकार हुनु परेको थियो । यो समयमा सयौँ महिलाहरुले अत्यधिक बलात्कारका कारण मारिनु परेको छ । भारत, श्रीलंका, फिलिपिन्स, पाकिस्तान, अफगानिस्तान यस्ता थप उदाहरण हुन् ।
परिवारको चुल्होबाट ः
संयुक्त राज्य अमेरिकामा रहेका लम्पट प्रेमीहरु र बदमास लोग्नेबाट १५ सेकेन्डमा एक पटक आफ्नी प्रेमिका वा श्रीमतीहरु पिटिन्छन् । यहाँ प्रत्येक दिन ३ जना महिला मारिन्छन् । अफ्रिकामा त धार्मिक परम्पराको नाममा यहाँका बच्चीहरुलाई यौन जीवनको चेतनामा भुत्ते हुन र ‘दुरूस्त र उद्धार स्वास्नी’ बन्नका लागि यौनाङ्ग काटेर पूर्ण यौन प्रौढताका लागि आदेश दिइन्छ । यसले गर्दा आफ्नो लोग्नेबाट श्रीमतीहरु कहिल्यै नबहकिऊन् भन्ने उद्देश्य राखिन्छ ।
भारतमा, बिहेमा दाइजो नल्याएका कारण लोग्ने, लोग्नेको परिवारबाट हजारौँ स्वास्नीहरु जिउँदै जलाइन्छन्, मारिन्छन् । उनीहरुलाई स्टोभको मट्टीतेल खन्याएर, ग्यासको सिलिन्डर पड्काएर दुर्घटनात्मक परिस्थिति सिर्जना गरेर मारिन्छ । यसका कारणले यसरी मारिएका महिलाहरुका आफन्तले कानूनी प्रक्रियामा जान नपाऊन् र बुर्जुवा कानुनबाट पनि अपराधीहरु उम्किऊन् । नेपालको तराई भागमा यो समस्या वर्षौंदेखि छ भनें अन्य भागमा पनि बढ्दो छ । संसारैभरि, धर्मको आधारभूत सिद्धान्त डगमगाउन नदिन र पछौटे सामाजिक सम्बन्धका कारण ‘इज्जत फाली’ भनेर बाबु, दाजुभाइले आमा÷छोरी÷बुहारी महिलालाई मार्दछन् ।
नेपालमा घरमा भएकी श्रीमतीले मीठो खाना नपकाएकी भन्दै अर्की कान्छी स्वास्नी ल्याएका उदाहरण भेटिन्छन् । त्यसैले, बच्चीलाई सानैदेखि मीठो खाना पकाउन, घरको काम गर्न सिकाइन्छ ।
पवित्र प्रतिबद्धताबाट ः
अमेरिकाजस्ता क्रिश्चियन धर्म मान्ने अति विकसित देशमा पनि ‘एक दिनकी रानी’का रुपमा दुलहीको ‘सेतो कन्या’को विवाहको विधि–विधानअनुसारको पहिरन गराइन्छ । कयौँ महिलाहरुलाई यो पहिरनले मानसिक रुपमा विक्षिप्त बनाउँछ । अमेरिकामा यसको अनुपात बढी छ । विकसित देशका विशिष्ट पेसामा रहेका महिलाहरु समेत यसको शिकार भएका छन् ।
नेपालजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक देश जहाँ पछिल्लो क्रममा यहाँको धर्म, संस्कृति र रीतिरिवाजमा भारतीय विस्तारवादको दुष्प्रभाव परेको छ । हिन्दू धर्मको दबदबा छ । यसले विवाह भनेको पुरूषले महिलालाई यौनदासी, बच्चा जन्माउने मेसिनका रुपमा लिएको हुन्छ । त्यसैले त दुलही बाबुले दुलाहलाई कन्यादान गरेर दिन्छ । बिदाइ गर्दा “आजदेखि मैले मेरी छोरी तपाईंलाई सुम्पिएँ, मारे मार्नुस् पाले पाल्नुस्” भन्दछ । नाक, कान, घाँटी, हात र खुट्टाका औँलामा धातुका गहना लगाउनु, चुरा, पोतेले पुरूषका लागि सजिनु, रातो रङ्गको चोलो र धोती पहिरिनु हिन्दू धर्म मान्ने महिलाको कर्तव्य हुन्छ । बिहेपछि दिनदिनै लोग्नेको खुट्टाको पानी खाएर पवित्र रहने प्रतिबद्धता व्यक्त गर्नुपर्दछ ।
पवित्र पाठमा ः
प्रत्येक धर्मका पवित्र ग्रन्थका कथाहरुमा महिलालाई दबाएको देखाएको हुन्छ, धार्मिक कार्यबाट वञ्चित गरिएको हुन्छ ।
गर्भमा ः
विज्ञानले गरेको आविष्कार र प्रविधिमा भएको विकासले चिकित्सा विज्ञानमा पनि ठूलो प्रगति भएको छ । गर्भवती महिलाको पेटमा भएको बच्चाको लिङ्ग अल्ट्रासाउन्ड प्रविधिले पत्ता लाग्न थालेको छ । यसका कारण गर्भमा रहेको बच्चाको लिङ्ग पत्ता लगाएर यदि महिला रहेछ भनें त्यस्तो भ्रूणको रुपमा आमाको पेटमा रहेकी बच्चीको गर्भपतन गराएर हत्या गरिने प्रचलन नै चलेको छ । यो प्रचलन विकासोन्मुख देशमा धनी परिवारले गर्दछन् । विकसित देशमा आमजस्तै छ । वर्तमान पुँजीवादी विश्व व्यवस्थाले महिला भएर जन्मिन पनि दिएको छैन । यसरी महिलाहरु गर्भावस्थादेखि नै उत्पीडनमा परेका छन् ।
झोलुङ्गोबाट ः
एउटा बच्ची जन्मी भने भोलि के बन्ने भन्ने कुनै सीमा हुँदैन । अमेरिकाजस्ता ‘आधुनिक’ देशहरुमा पनि वास्तविक रुपमा केटीहरु र महिलालाई सीमित पारिन्छ र तल खसालिन्छ, समाजमा आरोपित गरिन्छ । छोरी जन्मिएकोमा दुःख व्यक्त गरिन्छ ।
बुढ्यौलीमा ः
यहाँ बूढी महिलाहरुलाई मिल्काइन्छ, अभद्र व्यवहार गरिन्छ, बिर्सिइन्छ, मजाक उडाइन्छ र अवमूल्यन गरिन्छ । नेपाल र भारतजस्ता देशमा त गरिबीको शिकार हुन पुगेकी एक जना बूढी महिलालाई बोक्सीको आरोपमा कुटिन्छ, मानव मल ख्वाइन्छ, मारिन्छ ।
चिहानमा ः
महिला अनावश्यक रुपमा मर्छिन्, बच्चा जन्माउँदा, असुरक्षित गर्भपतन गराउँदा, स्वास्थ्य उपचारको बेवास्ता गरेर, खाना र सफा पानी खान नपाएर, बाबु, दाजुभाइ, लोग्ने र घरवालाको हिंसामा, सेनाले युद्धमा जितेर र दलाली गरेर, बिनामूल्य महिला मर्छिन् । खतरनाक ठाउँहरुका काम, युद्ध क्षेत्र र बेनामे गल्लीहरुमा बिनामूल्य महिला मारिन्छे । मरिसकेपछि पनि महिला र पुरूष भनेर विभेद गरिन्छ । प्रायः सबै धर्ममा यस्ता प्रचलनहरु राखिएका छन् ।
महिला उत्पीडन प्राकृतिक होइन ः
सामन्तवाद, विस्तारवाद र विकृत पुँजीवादका रुपमा परिभाषित साम्राज्यवादले महिलाहरुले खेप्नु परेको उत्पीडन, सहनु परेको शोषण र भोग्नु परेको दमन प्राकृतिक हो भन्दछ । उनीहरु भगवान्ले नै यस्तो बनाइदिएकाले महिलाहरुले दुःख पाएका हुन् भन्दछन् । यसो भनिरहँदा उनीहरुले महिलामाथि थप शोषण, दमन र उत्पीडन थोपर्न पाइरहेका छन् । यदि प्राकृतिक वा कुनै भगवान् नामको शक्तिले बनाएको थियो भने आदिम साम्यवादी समाजमा किन महिला यस्ता थिएनन् ? बरू, प्राकृतिक रुपमा महिलाले मात्र बच्चा जन्माउन सक्दछे । नवजात शिशुलाई दूध चुसाउन सक्दछे । यसमा त झन् महिलाहरुप्रति सम्मान गरिनु पर्ने, उनीहरुका लागि थप अधिकारको व्यवस्था हुनुपर्ने हो । यो पृथ्वीमा ठीक उल्टो भएको छ । यसै पृथ्वीमा हो कुनै समयमा मातृसत्तात्मक समाज पनि थियो । केही देश र क्षेत्रमा अहिले पनि पाइन्छ । स्वभावैले त्यस्ता ठाउँहरुमा पुरूषहरु उत्पीडनमा परेका थिए । साम्राज्यवादलाई यिनै निहुँ र हतियार भएकाले महिलालाई घरपालुवा पशुका रुपमा उपयोग गर्न पाएको छ ।
एउटा क्रान्ति चाहिएको छ ः
विश्वका धनी वा गरिब प्रायः सबै देशका महिलाहरु कुनै न कुनै रुपमा उत्पीडनमा परेका छन् । पछिल्लो क्रममा त साम्राज्यवादले महिलालाई एउटा वस्तुका रुपमा प्रयोग गरिरहेको छ । महिलालाई किनमेलको सामान बनाएको छ । उद्योग, फ्याक्ट्रीबाट उत्पादित उपभोग्य वस्तुको विज्ञापनको साधन बनाएको छ । औद्योगिक वस्तुको खोलमा टाँसेको छ । विद्युतीय सञ्चारमाध्यममा प्रयोग गरेको छ । महिला सबैको यौनाकर्षणको केन्द्र होस् भनेर उसलाई नाङ्गै बनाएर क्याटवाक गराइएको हुन्छ । विभिन्न किसिम र तहका सुन्दरी छनौट, फेसन शो, एम्बेसडर चयन यसका उदाहरण हुन् ।
नेपालजस्ता अविकसित देशका महिलाहरु त साम्राज्यवाद, सामन्तवाद र विस्तारवादको उत्पीडनको मारमा परेका छन् । यसरी हेर्दा विश्वभरिका महिलाहरुले झेल्नु परेका शोषण, दमन र उत्पीडनमा धेरै समानता छ । संसारका प्रायः सबै देशहरुका महिलाहरुले थिचिनु, अपहेलित हुनु, कैद गरिनु, शोषित हुनु, बलात्कृत हुनु, तल पारिनु, हत्या गरिनु, संवेदनशील अंगमा छामछुम गरिखानु, थुकाइ खानु शरीरमा एसिड खन्याइ माग्नु, जलाइ माग्नु, कम ज्यालामा गराइनु, अपमानित हुनु परिरहेको छ ।
महिलाहरुले भोग्नु परेका यी समस्याहरुको मुख्य कारण अहिले विश्वभरि अभ्यास गरिएका राज्य सत्ता हुन्, राज्य व्यवस्था हुन् । यिनै पुँजीवादी राज्य व्यवस्थाका विरूद्ध सबै उत्पीडित जनतासँग एक भएर एउटा क्रान्ति छेड्न जरूरी छ । एउटा यस्तो क्रान्ति जसले वर्ग विभेदीकरणको अन्त्य गरोस् । महिला र पुरूष्मा समानता ल्याओस् । राज्य सत्ताका सबै अंगहरुमा समान प्रतिनिधित्वको सुनिश्चितता होस् ।
नेपाली महिलाहरु दस वर्ष जनयुद्धमा सामेल भए । कयौँ क्षेत्रमा महिलाहरुले नै नेतृत्व पनि गरे । उनीहरुले सम्पत्तिमा महिलाहरुको समान अधिकारको कुरालाई अगाडि ल्याए । राज्यको सबै अंगमा महिलाहरुको प्रतिनिधित्वको सुनिश्चितताको माग गरे । त्यसैले नै केवल ५ प्रतिशत मात्र महिला चुनावमा प्रतिनिधि उठाउनु पर्ने प्रावधान खारेज भई कम्तीमा ३३ प्रतिशत अनिवार्य उठाउनु पर्ने व्यवस्था गरियो । माओवादीले ५० प्रतिशतको कुरा ल्यायो ।
साँच्चै नेपाली महिलाहरु धेरै सचेत भएका छन् । मुलतः जनयुद्धका कारण पहिलो पटक धेरै महिलाहरुले संविधानसभामा प्रतिनिधित्व गरेका छन् । तर, अहिले नै ग्रामीण क्षेत्रका महिलाहरु उत्पीडित छन् । मुख्य कुरा कस्तो राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक प्रणालीको स्थापना गरिएको छ, त्यस्तै गरी महिलाहरुलाई अधिकार दिइँदोरहेछ । खास भन्ने हो भने महिलालाई कसैले अधिकार दिने होइन कि उनीहरुले अधिकारको अभ्यास गर्ने हो । राजनीतिक अधिकार पहिलो कुरा हो । महिलाहरु राजनीतिक रुपमा सचेत हुनु, उत्पीडित र दमित हुनाका कारण पत्ता लगाउनु र त्यसका विरूद्ध लड्नु पहिलो सर्त हो । त्यसै राजनीतिले माथिका चारवटा क्षेत्रमा महिलाहरुको समान सहभागिता र अधिकार स्थापना गर्ने कुरामा मह¤वपूर्ण भूमिका खेल्दछ । त्यसैले, महिला मुक्तिका लागि एउटा फरक क्रान्तिको आवश्यकता छ ।
Discussion about this post