ADVERTISEMENT
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

तीन दिन केबलकार बन्द

by चितवन पोष्ट
२०७० फाल्गुन २८, बुधबार ०४:१४ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । चितवनको कुरिनटारमा निर्माण गरिएको नेपालकै एकमात्र केबलकार तीन दिनका लागि बन्द गरिएको छ ।
चितवनको कुरिनटारबाट मनकामनामाइको मन्दिरसम्म सञ्चालन गरिएको केबलकार मर्मतका लागि मंगलबारबाट तीन दिनको लागि बन्द गरिएको हो । बन्द भएसँगै मनकामनामा आउने हजारौँ यात्रुलाई सास्ती भएको छ ।
केबलकार चल्ने टावर, पुराना यन्त्र उपकरण, तारलगायतको मर्मत गर्नुपर्ने भएकाले बन्द गर्नुपरेको केबलकारका स्टेसन म्यानेजर विएन कायस्थले बताउनुभयो । तीन दिन लगातार बन्द गरेकाले यात्रुलाई असर नपरोस् भनेर सूचना जारीसमेत गरिएको उहाँको भनाइ छ ।
सार्वजनिक सूचना नै जारी गरेर केबलकार बन्द गरिए पनि कतिपय यात्रुमा जानकारी नपुग्दा केबलकार आएर फर्किएका छन् । करिब ४५ करोडको लागतमा निर्माण भएको मनकामना केबलकार २०५५ साल मङ्सिर ८ गतेबाट सञ्चालनमा आएको थियो ।
यहाँबाट मनकामना दर्शन गर्न दैनिक तीन हजार यात्रु ओहोरदोहोर गरेको केबलकार सञ्चालकले बताएका छन् । अहिले प्रतिव्यक्ति करसहित रु ५७५ लिने गरिएको छ । हाल उक्त केबलकार सञ्चालन गर्नुपरे कम्तीमा रु एक अर्ब लाग्ने अनुमान छ ।
हाल तीनवटा बोका बोक्ने र ३१ वटा कार (गन्डोला) उक्त केबलमा जडान गरिएको छ । एउटा गन्डोलामा चार जना अटाउँछन् । प्रतिघण्टा केबलकारले ६०० यात्रु ओसार्ने गरेको स्टेसन म्यानेजर कायस्थले बताउनुभयो ।
अहिले दैनिक बिहान ८ देखि साँझ ५ बजेसम्म सञ्चालन गरिँदै आएको केबलकार दिउँसो १ बजे एक घण्टा आराम गर्ने गरिएको छ । मर्मतपछि ३० गतेबाट नियमित सञ्चालन हुने बताइएको छ ।

Related Posts

कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

Chitwan Post

बन्द भएको १४ वर्षपछि चितवन कोल्ड स्टोरेज पुनः सञ्चालनमा

Discussion about this post

अन‌ि यो पनि

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’
प्रमुख समाचार

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्युँताउने...

Read more
कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

अखिल नेपाल महिला संघ रत्ननगरको प्रशिक्षण

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

Chitwan Post

बन्द भएको १४ वर्षपछि चितवन कोल्ड स्टोरेज पुनः सञ्चालनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In