मेघौली । जिल्ला प्रशासन कार्यालय चितवनले पश्चिम चितवनको मेघौलीमा मंगलबार एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । क्षेत्रीय प्रशासक श्रीरञ्जन लाकौलले स्थानीयवासीलाई नागरिकता र चस्मा वितरण गरी शिविरको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा, सशस्त्र प्रहरी नायब महानिरीक्षक शैलेन्द्र खनाल, स्थानीय विकास अधिकारी तिलक पौडेललगायत विभिन्न दलका प्रतिनिधिले शिविरबाट अधिकतम लाभ लिन स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो ।
शिविरमा प्रशासन, शिक्षा, स्वास्थ्य, निर्वाचन आयोग, कृषि, पशुसेवा कार्यालयलगायतका १५ वटा कार्यालयले सेवा दिएका छन् । स्थानीय बासिन्दाको समस्यालाई बुझ्ने उद्देश्यले सार्वजनिक सुनुवाइसमेत गरिँदै छ ।
शिविरबाट मेघौली, शुक्रनगर, दिव्यनगरलगायतका गाविसका सर्वसाधारण लाभान्वित हुने भएका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।
Discussion about this post