गौशाला । महोत्तरी प्रहरीले हिजो साँझ जिल्लाको जलेश्वर नगरपालिका– १२ स्थित भिट्ठामोडबाट १० राउन्ड गोलीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नम्बर–४ बस्ने वर्ष ३० गोविन्द ठाकुर रहेको प्रहरी निरीक्षक एकवाल हवाडीले बताउनुभएको छ ।
भिट्ठामोड बसपार्कमा घुमिरहेको युवक ठाकुरलाई शङ्कास्पद अवस्थामा देखेर प्रहरीले निजलाई चेकजाँच गर्दा निजको साथबाट पेस्तोल र थ्रिनटमा लाग्ने १० राउन्ड गोली बरामद भएको प्रहरी निरीक्षक हवाडीले बताउनुभयो । गोलीसहित पक्राउ परेका युवक ठाकुरलाई हिजो साँझ नै जिल्ला प्रहरी कार्यालयमा ल्याई निजमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाइएको प्रहरीले जनाएको छ । रासस
Discussion about this post