भरतपुर । विहेको पाँचै दिनमा सम्बन्ध विच्छेद । सुन्दा अचम्म लाग्ला । तर भरतपुरमा यसै महिना एउटा यस्तै घटना भएको छ । भरतपुरमै बस्ने दुई युवा–युवतीबीच हिन्दू परम्पराअनुसार नै विहे भयो । तर त्यो सम्बन्ध पाँच दिन पनि टिक्न सकेन ।
पारिवारिक सहमतिमै गत फागुन ६ गते विहे भयो । तर विहे भएको दिनबाटै केटीले केटासँग आफू बस्न नसक्ने बताइन् । विवाह भएको केटासँग बस्न नचाहनु उनको एउटै कारण थियो, आफ्नो प्रेमसम्बन्ध भएको केटासँगै जीवन बिताउने चाहना । उनको चाहनाअनुरूप नै विवाहित केटा पनि सम्बन्ध विच्छेदका लागि मञ्जुरी भयो ।
केटीले अभिभावकले जबरजस्ती विहे गरेको बताइन् । भरतपुरमै कलेज पढ्दै गरेका केटासँग आफू प्रेममा रहेको भनी उनले श्रीमान्सँग भनिन् । वर्ष २१ की ती युवतीको खुसी चाहाँदै ती युवाले पनि सहजै सम्बन्ध विच्छेद गरी बिदा गरिदिए । अन्ततः फागुन ६ गतेको विहे ११ गतेको सम्बन्ध विच्छेदसँगै अन्त्य भयो ।
Discussion about this post