भरतपुर । थारु कल्याणकारिणी सभा चितवनका संस्थापक उपसभापति एवं केन्द्रीय सल्लाहकार चुडामणि चौधरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उपचारको क्रममा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आइतबार निधन भएको हो ।
उहा“को पार्थिव शरीरलाई आइतबार घरमा राखिएपछि सोमबार अन्तिम श्रद्वाञ्जलीका लागि थारू कल्याणकारिणी सभा चितवनको कार्यालय भरतपुर र नेपाली कांग्रेसको पार्टी कार्यालय नारायणगढमा राखिएको थियो ।
उहा“को पार्थिव शरीरमा शुभेच्छुक, थारु कल्णकारिणी सभाका पदाधिकारी तथा नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरुको भीड लागेको थियो । उहा“ थारु कल्याण्कारिणी सभाको केन्द्रीय संगठन मन्त्री र पञ्चायतकालमा नेपाली कांग्रेसको जिल्ला उपसभापतिसमेत बन्नु भएको थियो ।
चौधरी शालिन नेताको रुपमा परिचित हुनुहुन्थ्यो । उहा“ विभिन्न रोगबाट पीडित हुनुहुन्थ्यो । केही दिन भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार गराएपछि क्यान्सर अस्पतालमा रिफर गरिएको थियो । उपचारको क्रममा आईतबार दिउ“सो २ बजेको उहा“को निधन भएको बताइएको छ । उहा“को ४ छोरा, एक छोरी र एक श्रीमती रहेका छन् ।
Discussion about this post