ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

महिला हिंसा अन्त्य गरौँ

by चितवन पोष्ट
२०७० फाल्गुन २६, सोमबार ०२:४५ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

हरेक वर्ष मार्च ८ मा नारीमाथि हुने विभेद, अन्याय र शोषण अन्त्यका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाइने गरिन्छ । यस वर्ष पनि देशभर महिलाविरूद्ध थुप्रै अभियान सञ्चालन गरी नारीवादी संघसंस्थाहरुले यो दिवस मनाएका छन् । तर, नारी दिवसको सन्दर्भमा जति नै आवाज उठाइने गरे पनि खासै औचित्यपूर्ण हुन सकेको पाइएको छैन । नारी दिवसकै दिन सप्तरीमा मुस्लिम समुदायकी नजराना खातुन घरभित्रै रहस्यमय ढंगले जलेको अवस्थामा फेला परिन् । विश्वभर नारी दिवस धुमधामले मनाइरहँदा भारत बिहारबाट मोरङमा जन्ती लिएर आएका बेहुला रामकुमार दासले ससुरालीले सुनको औँठी नदिएको भन्दै बेहुली जन्माएर लैजान अस्वीकार गरे । यी दुई महिला हिंसाका प्रतिबिम्बित घटनामात्र हुन् । देशभर विभिन्न घटनाहरु समाचारै नबनी पुरानो भइरहेका छन् ।
नारी दिवस सबै श्रमजीवी महिलाको महान् पर्व हो । यो दिवसमा विभिन्न महिलावादी संघसंस्थाले महिला हिंसाविरूद्ध अभियान चलाएर समतामूलक समाज निर्माणका लागि पहलकदमी गरेका छन् । उसो त, नारी दिवस मनाउन थालिएको एक शताब्दीभन्दा बढी भइसकेको छ । महिलाको आवाज, संघर्ष र स्वाभिमानको सन्देश बोकेको यो दिवस मनाउन थालिएको नै १०३ वर्ष पुगिसके पनि लैंगिक विभेदविरूद्ध औचित्यपूर्ण प्रगति हुन सकेको छैन । हरेक दिन अखबारहरुमा दाइजोका नाममा, कथित बोक्सीको आरोपमा, छोरा नपाएको निहुँमा महिला हिंसाका घटनाहरु बढिरहेका छन् । समाजमा साक्षरता प्रतिशत बढ्दै गए पनि परिवारमा हुने यस्ता घटनाहरुका कारण महिला असुरक्षित बन्दै गइरहेका छन् । आर्थिक रुपमा विपन्न महिलामात्र होइन, शिक्षित र सम्पन्न परिवारभित्र पनि महिलाहरु पीडित बनिरहेका छन् । विभिन्न नारी अधिकारकर्मीहरुले परिवारभित्रैबाट हुने यस्ता हिंसा बढी खतरनाक रहेको विश्लेषण गरेका छन् ।
पछिल्ला वर्षहरुमा महिला हिंसाविरूद्धको अभियानबाट सामाजिक कुसंस्कार, कुरीति, बालविवाह, बहुविवाह आदि विषयमा महिला स्वयं सचेत हुन थालेका छन् । समाजमा हुने लैंगिक एवम् घरेलु हिंसाका कारण महिलाले परिवर्तनको अनुभूति गर्न नसकिरहेको अवस्था छ । महिलामाथि हुने हिंसाविरूद्ध कानुन बने पनि कार्यान्वयन पक्ष फितलो भएका कारण हिंसा तथा विभेदमा कमी आउन सकेको छैन । अझै पनि लैंगिक हिंसामा परेकामध्ये ६१ प्रतिशत महिलाले घटना लुकाउने गरेको पाइएको छ । देशमा ४८ प्रतिशत महिला लंैगिक हिंसापीडित रहेको प्रधानमन्त्री कार्यालयको प्रतिवेदनमा उल्लेख छ । ओरेक नेपालको प्रतिवेदनमा ८० प्रतिशत विवाहित महिला हिंसापीडित छन्, जसमध्ये ९० प्रतिशत आफ्नै घरपरिवार तथा आफन्तबाटै पीडित भएका छन् । प्रत्येक दिन एउटा महिला बलात्कारको सिकार भइरहेका छन् । महिला हिंसामा पुरूष नै बढी जिम्मेवार भए पनि कतिपय हिंसामा महिला नै दोषी पाइएका छन् । सरकारले महिला हिंसाविरूद्ध कडा कानुन निर्माण गरी कार्यान्वयन गर्न सके महिला हिंसा अन्त्य हुने अपेक्षा गर्न सकिन्छ ।

Related Posts

Chitwan Post

सत्ता समीकरणको चलखेल

Chitwan Post

सर्वोच्चको स्वागतयोग्य निर्णय

Chitwan Post

बहुप्रतीक्षित मेलम्ची

Discussion about this post

अन‌ि यो पनि

सोमबार २४४० जना संक्रमित, निको हुने ११३३
प्रमुख समाचार

थप ८१ मा सङ्क्रमण पुष्टि

काठमाडौँ, १५ फागुन (रासस) । देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा...

Read more
जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In