ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सौराहामा ५० करोडसम्मको होटल

by चितवन पोष्ट
२०७० फाल्गुन २६, सोमबार ०२:३८ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

सौराहा । उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गइरहेको सौराहामा ठूलो लगानीमा होटल खुल्नेक्रम बढेको छ ।
पर्यटकीय क्षेत्रमा लगानी गर्दा सुरक्षित हुने भएकाले निजी क्षेत्रको ध्यान अहिले पर्यटन व्यवसायमा खिचिन थालेका छ । काठमाडौं र पोखरामा लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आइरहेका ठूला व्यवसायीहरुले पछिल्लो समय सौराहामा होटल सञ्चालन गरेका छन् ।
पछिल्लो समय सौराहामा झण्डै एक दर्जन होटलहरुले आफ्नो सेवा सुरू गरेका छन् । पर्यटकलाई आवश्यक सुविधा प्रदान गर्न भनी व्यवसायीहरुले होटलमा ठूलो लगानी गरिरहेका छन् ।
अहिले सौराहामा १० करोडदेखि ५० करोडसम्मको लगानीमा होटल निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सौराहामा चार जना ठूला व्यवसायीहरुले होटल सेन्ट्रल पार्क सञ्चालनमा ल्याएका छन् । व्यवसायीहरु सिवी थापा, श्यामकाजी महत, रूस्तम बानियाँ र ईश्वर खड्काको संयुक्त लगानीमा  होटल सञ्चालनमा ल्याइएको हो ।
२१ करोडको लगानीमा निर्माण गरिएको सो होटलमा ४६ वटा रूम रहेको र १०० जनाको क्षमता रहेको होटलका अध्यक्ष सिवी थापाले बताउनुभयो । होटलमा पर्यटकको सुविधालाई ध्यानमा राखेर रूमको डिजाइन, स्वीट रूम, सभाहल, पौडी पोखरी, ट्राभल डक्स, मनी एक्सचेन्जसमेत सुविधा होटलबाटै प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
‘अब पर्यटकलाई अधिकतम सुविधा दिन नसके होटल चल्दैन’ उहाँले भन्नुभयो ‘यसैलाई मध्यनजर गरी सेवा सुविधामा कुनै पनि कटौती गरेका छैनौँ । पर्यटकलाई सेवासँगै होटलले स्थानीयलाई पनि केही दिन सक्नुपर्छ भन्ने मान्यताका साथ ३५ जना स्थानीय युवालाई रोजगारी तथा स्थानीय उत्पादनलाई होटलमा प्रयोग गर्ने योजना रहेको अध्यक्ष थापाको भनाइ रहेको छ । होटल सञ्चालन भएसँगै पर्यटक आगमन बढ्न थालेको सञ्चालक श्यामकाजी महतले बताउनुभयो । सौराहामा अहिलेसम्म १०० वटा होटल सञ्चालनमा छन् ।

Related Posts

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

भरतपुर जनसेवा साकोसको तालिम

गहना लुट्न वृद्धाको हत्या, पाँच जना पक्राउ

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

प्रमुख प्रशिक्षक अरुणा गुरूङलाई सम्मान

Discussion about this post

अन‌ि यो पनि

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ
समाज

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

भरतपुर । शनिबार बेलुकी ८ः४० बजेको समयमा भरतपुर ३ पुल्चोकस्थित ड्युटीमा खटिएका प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ परेका छन्...

Read more
मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

धर्म जीवनको खोज हो

आफ्नो हृदयको आवाजलाई कसरी सुन्ने !

धर्म जीवनको खोज हो

साधना नगर्ने बहाना

Chitwan Post

शिक्षकको ‘अनैतिक’ कुकृत्य

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In