भरतपुर । चितवन नेत्रहीन संघले भरतपुर नगरपालिकाको सहयोगमा पाँच दिने अगरबत्ती बनाउने तालिम दिएको छ । तालिममा १४ जना दृष्टिविहीन विद्यार्थीले सहभागिता जनाएका थिए ।
संघका अध्यक्ष भरतमणि भट्टको अध्यक्षता एवम् भरतपुर नगरपालिकाका सामाजिक विकास अधिकृत रामकृष्ण ढकालको प्रमुख आतिथ्यमा समापन कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका निमा खड्का, बौद्धिक अपाङ्गता अभिभावक संघका उपाध्यक्ष टेकबहादुर थापा, बहिरा दोभासे सीता सापकोटा, अपाङ्ग समाज चितवनका कोषाध्यक्ष मिलन खराललगायतका अतिथिहरुले अगरबत्ती धूप निर्माण तालिमले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बन्न टेवा पु¥याउने बताए ।
प्रशिक्षार्थीहरुलाई पूर्ण दृष्टिविहीन राजेन रिजालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा दुईजना पूर्ण दृष्टिविहीनलाई सेतो छडी प्रदान गरिएको थियो । लक्ष्मण पुरी, परशुराम पौडेल, सभ्यता खनालले मन्तव्य राखेका थिए ।
Discussion about this post