अन्तर्राष्ट्रिय अपाङ्ग दिवस : चितवनमा अपाङ्गमैत्री संरचनाको अभाव

अन‌ि यो पनि

भरतपुर । संविधानमा भनेअनुसार पूर्ण अधिकार नपाएको भन्दै अपाङ्गता भएका व्यक्तिहरुले सरकारसँग गुनासो गरेका छन् । २८औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा भएको कार्यक्रममा उनीहरुले सरकारको कार्यशैलीप्रति सन्तुष्ट हुन नसकेको बताए ।

कार्यक्रमहरुमा सहभागी अपाङ्गहरुले चितवन जिल्लामा अपाङ्गमैत्री संरचनाको अभाव भएको गुनासो गर्दै अपाङ्गहरुलाई राज्यले दिने सेवासुविधा अन्यले खोसेको आरोप लगाए ।

चितवनमा क्रियाशील १३ वटा संस्थाहरुको सहभागितामा भरतपुरको चौबिसकोठीबाट निस्केको ¥यालीले नगर परिक्रमा गरेको थियो ।

एनालाइजरसम्बन्धी तालिम लिन आएका कर्मचारीहरु ।

¥यालीपछि भएको अन्तक्र्रियामा अपाङ्ग जागरण अभियान चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठले संघीयता आएपछि पाइरहेको अधिकारबाट पनि वञ्चित गराइएको आरोप लगाए ।

अपाङ्गता उत्थान समन्वय समिति चितवनका संयोजक बालकृष्ण श्रेष्ठले संविधानमा लेखेको अधिकार कागजमा मात्रै सीमित भएको बताए । नेत्रहीन संघ चितवनका सचिव सञ्जय अर्यालले संघीयता आएपछि स्थानीय तहलाई दायित्व दिए पनि कार्यान्वयन गर्न नसकेको बताए ।
बौद्धिक अपाङ्गता अभिभावक संघ चितवनका अध्यक्ष टेकबहादुर थापाले हरेक स्थानीय सरकारले आफ्नो क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको सही तथ्याङ्क राखेर कार्यक्रम ल्याउन सुझाव दिए ।

नारायणी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्वप्रधानाध्यापकसमेत रहेका थापाले नारायणी माविमा अहिले पनि ३० जना दृष्टिविहीन विद्यार्थी अध्ययनरत रहेकोले उनीहरुको भविष्यको ग्यारेन्टी सरकारले लिनुपर्ने बताए ।

अपाङ्गता उत्थान समन्वय समितिका संयोजक बालकृष्ण श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटी, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्मा, महिला विकास अधिकृत कलावति ओझालगायतले मन्तव्य दिएका थिए ।

सरकारले हेर्छ : उपमेयर शाह

भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास र हकहितको क्षेत्रमा काम गर्न महानगर सधैँ सकारात्मक रहेको प्रतिक्रिया दिइन् ।

‘अपाङ्गता भएका व्यक्तिलाई सहज हुने गरी कार्यक्रम आयोजना गरिरहेका छौँ’, उनले भनिन्, ‘अहिले पनि हामीले वडावडामा पुगेर परिचयपत्र वितरणको काम गरिरहेका छौँ ।’ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यलाई मध्यनजर गर्दै हरेकलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्न महानगरले कदम चालिसकेको उनले बताइन् ।

ह्वीलचियर वितरण

अपाङग्ता दिवसको अवसरमा रोटरी क्लब अफ नारायणी मिड टाउनले ह्वीलचियर उपलव्ध गराएको छ । अपाङग् जागरण अभियानलाई उपलव्ध गराएको पाँच वटा ह्वीलचियर अपाङग् भएकालाई वितरण गरिएको छ । जागरण अभियान चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चन्द्रमान श्रेष्ठ रहेका थिए ।

नारायणी मिड टाउनका अध्यक्ष आशिष भट्टराईले ह्वीलचियर वितरणदेखि अपाङग्ता भएकालाई सिलाइकटाइ मेशिनसहित १० दिने तालिम उपलव्ध गराइएको बताए ।

मेसिन सहयोग

दिवसको अवसरमा महालक्ष्मी विकास बैंक हाकिमचोक शाखाले अपाङग् जागरण अभियान चितवनलाई औद्योगिक सिलाइ मेसिन सहयोग गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया