• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
15 12 19, Sunday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result

सम्बन्धविच्छेद माग्ने महिलाभन्दा पुरूष धेरै

–रामकुमार श्रेष्ठ

चितवन पोष्ट
December 3, 2019
समाचार, समाज
नाता जोड्नेभन्दा तोड्ने धेरै 

सांकेतिक फोटो

22
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । जिल्ला अदालत नवलपुरमा सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा पर्ने गरेको छ । यस आर्थिक वर्षको पछिल्लो चार महिनामा जिल्ला अदालत नवलपुरमा परेका ४०९ वटा मुद्दामध्ये एक सयवटा मुद्दा सम्बन्धविच्छेदको परेको छ । यो तथ्याङ्क २०७६ साल साउन १ गतेदेखि मंसिर १२ गतेसम्मको हो ।

एक सय सम्बन्धविच्छेदका मुद्दामा ६५ वटा मुद्दा पुरूषको तर्फबाट दर्ता भएका जिल्ला अदालत नवलपुरका सूचना अधिकारी दुर्गाबहादुर कार्कीले बताए । कार्कीका अनुसार ३५ जना महिलाले सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । एक सयवटा मुद्दामा एउटा मुद्दा मिलापत्र भएको छ । जिल्ला अदालत नवलपुरमा मेलमिलापकर्तासमेत रहेका कार्कीका अनुसार अदालतमा सम्बन्धविच्छेदका मुद्दा आएसँगै मेलमिलापकर्ताबाट छलफल गराएर मेलमिलाप गराउन खोजे पनि अधिकांशले सम्बन्धविच्छेद नै गर्ने गर्दछन् ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको माघ १७ गतेदेखि असार ३१ गतेसम्मको जिल्ला अदालत नवलपुरको तथ्याङ्क हेर्ने हो भने पनि ५१४ वटा मुद्दा दर्ता भएकोमध्ये ८३ वटा मुद्दा सम्बन्धविच्छेदका रहेका छन् । तीमध्ये ४६ वटा सम्बन्धविच्छेदका मुद्दा पुरूषको तर्फबाट दर्ता भएको छ भने ३६ वटा मुद्दा महिलाको तर्फबाट दर्ता भएका छन् ।

सम्बन्धितसमाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना: १४ जनाको मृत्यु, १८ घाइते

३ नम्बर प्रदेशसभा अझै अन्योल

वे ग्रुपको वडा समितिमा तिवारी

सरकारी जागिरदेखि वैदेशिक रोजगारीसम्म

कावासोतीका एक पुरूष वैदेशिक रोजगारीका लागि विदेश गएको झन्डै १५ वर्ष बढी भइसक्यो । नेपालमा चालकको रुपमा काम गर्दै आएका ती पुरूष विवाहपश्चात् बच्चाबच्ची जन्मिएर ठूला हुन थालेपछि बढ्दै गएको खर्च धान्न विदेश हानिए । विदेशमा उनले भनेजस्तै नोकरी पनि पाए । नेपालमा पनि चालकका रुपमा काम गरेका उनले विदेशमा पनि चालककै रुपमा काम गर्न पाए । महिनामा डेढ÷दुई लाख नेपाली रूपैयाँ उनको कमाइ हुने गर्दथ्यो ।

कमाइ राम्रै भएका कारण धनसम्पत्ति जोड्ने अभिलाषाले ती पुरूष केही दिनका लागि छुट्टी मिलाएर नेपाल आए पनि पुनः विदेश जाने गरे । झन्डै आफ्नो उमेरको डेढ दशक विदेशी भूमिमा श्रम गरेर कमाएको दुई–अढाई करोड नेपाली रूपैयाँ ती पुरूषले सरासर श्रीमतीको नाममा पठाए । श्रीमतीले पनि घरखर्च र अन्य खर्च गरेर केही सम्पत्ति जोडिन्, जुन सम्पत्ति श्रीमतीले सबै आफ्नै नाममा खरिद गरेकी थिइन् ।

जब पुरूष अब नेपालमै केही गर्ने भनेर नेपाल आएर श्रीमतीसँग हिसाबकिताब माग्न थालेपछि आधाआधी रकम अर्थात् श्रीमान्ले पठाएको दुई करोड रूपैयाँमा एक करोड बढी हिसाब देखाउन नसकेपछि श्रीमान्श्रीमतीको बीच फाटो आयो । उनीहरु सम्बन्धविच्छेद गर्ने अवस्थामा पुगे । अहिले कानुनमा पुरूषले पनि सम्बन्धविच्छेदको माग गर्दै निवेदन दर्ता गर्न पाउने प्रावधान आएपछि उनले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन् ।

उनीमात्रै नेपालभित्रै सरकारी जागिर गरेका तर घर खासै समय नदिएर बाहिर बाहिर बस्ने गरेका जोडीले पनि सम्बन्धविच्छेद माग्ने गरेका छन् । स्रोतका अनुसार जिल्ला अदालत नवलपुरमा प्रहरी नायब उपरीक्षक तहसम्मका अधिकारीहरु पनि सम्बन्धविच्छेदका घटना दर्ता गराउन आउने गरेका छन् ।

श्रीमान् घरबाहिर हुने, श्रीमती गाउँघरमा हुने । श्रीमान्श्रीमतीबीच नियमित सम्पर्कमा कमी हुँदा एकले अर्कालाई शंका गर्ने र सोही शंकाले ठूलो रुप लिएर सम्बन्धविच्छेदका घटनासम्म पुग्ने गरेको छ । अदालत स्रोतका अनुसार अधिकांश घटना विदेश श्रीमान् भएकाहरुको जोडीले नेपाल फर्किएपछि सम्बन्धविच्छेदका लागि निवेदन दिने गरेका छन् ।

त्यसैगरी, नेपालभित्रै श्रीमान् जागिरे छ र घरपायक जागिर नभएकाहरुको बीच पनि सम्बन्धमा फाटो आई सम्बन्धविच्छेदका मुद्दा हाल्ने गरेका छन् । अधिकारकर्मीहरुका अनुसार वैदेशिक रोजगारीले भिœयाएको रेमिट्यान्ससँगै आएको विकृति रोक्नतर्फ बेलैमा ध्यान नदिए यो अवस्था विकराल बन्दै जाने सम्भावना रहेको छ ।

ताजा समाचार

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

सिन्धुपाल्चोकमा बस दुर्घटना: १४ जनाको मृत्यु, १८ घाइते

देशभरका ह्याचरी उद्योग सङ्कटमा : दस दिन ‘चल्ला होलिडे !’

भ्रष्टाचारको अन्त्य : विकासको बाटो

सुख–शान्तिको चाहना

शान्ति हरेक दिन…हरेक क्षण …

३ नम्बर प्रदेशसभा अझै अन्योल

३ नम्बर प्रदेशसभा अझै अन्योल

तीन दुर्घटनामा ३० यात्रु घाइते

सरोकार सुरक्षित यात्राको

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: [email protected]

Chitwan Post Epaper
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक