भरतपुर । तमू ह्युल छोँज धिँ र तमुस्यो ह्युल छोँज धिँ भरतपुर नगरसमितिको संयुक्त आयोजना तथा जय बौद्ध अस्पताल भरतपुरको आर्थिक सहयोगमा एकदिने स्त्री रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर महाबौद्ध गुम्बा तिनखोलेमा आइतबार सम्पन्न भएको छ ।
शिविरमा आङ खसेका महिला, महिनावारी गडबढी हुने, धातु बग्ने, चिलाउने, तल्लो पेट दुख्ने, कम्मर दुख्ने, गल्नेजस्ता विभिन्न समस्या भएका १५२ जना महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै औषधिसमेत वितरण गरिएको थियो ।
तमू ह्युल छोँज धिँ भरतपुरकी अध्यक्ष योगमाया गुरूङ र तमुस्यो ह्युल छोँज धिँ भरतपुरका अध्यक्ष नारायणसिंह गुरूङको सह–अध्यक्षतामा सम्पन्न शिविरमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. जितेन्द्र परियारले स्वास्थ्य परीक्षण गरेका थिए ।
Discussion about this post