क्यान्सरपीडित गुरूङलाई आर्थिक सहयोग

अन‌ि यो पनि

भरतपुर । लमजुङ बेँसीशहर नगरपालिका नाल्माकी ममता गुरूङलाई उपचारका लागि बेल्जियमबाट सहयोग प्राप्त भएको छ ।

दुई वर्षदेखि उपचाररत गुरूङको उपचारमा आर्थिक समस्या भएपछि बेल्जियमस्थित सोकुदो ग्रिल बार एण्ड रेस्टुरेन्टका सञ्चालकद्वय विकास गुरूङ र विपन गुरूङको संयोजकत्वमा संकलित रकम आइतबार तमू ह्युल छोँज धीँ, गुरूङ राष्ट्रिय परिषद् चितवनका अध्यक्ष गणेशबहादुर गुरूङको हातबाट बिरामीलाई हस्तान्तरण गरिएको हो ।

विकास र विपन दाजुभाइ हुन् । दुई भाइले आफ्नै होटलमा कार्यरत कर्मचारीबाट समेत केही रकम संकलन गरेर नेपाल पठाएका ह्युल छोँज धीँ चितवनका अध्यक्ष एवम् विकास र विपनका बुबा गणेशबहादुर गुरूङले जानकारी दिए ।

३३ वर्षीया ममता गुरूङको शरीरका विभिन्न भागमा गिर्खा देखिने क्रम बढेपछि विगत दुई वर्षदेखि उनी उपचाररत छिन् । घरको आर्थिक अवस्था ज्यादै नाजुक रहेकोले समयमै उपचार गर्न नसकेपछि आफन्तहरुसँग सहयोगको अपिल गरिएको उनले बताइन् । उनका अनुसार उपचारमा मात्रै हालसम्म करिब २५ लाख रूपैयाँ खर्च भइसकेको छ ।

सुरूमा काठमाडौँका विभिन्न अस्पतालमा जाँच गराएकी उनलाई क्यान्सर भएको पत्ता लागेपछि भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पठाइएको थियो । सोहीअनुसार क्यान्सर अस्पतालमा आएर उपचार गराइरहेकी ममताले यसअघि भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा समेत २३ दिन बिताइन् ।

त्यसपछि नेपाल फर्केकी ममतालाई क्यान्सरका चिकित्सकले एक महिनाभित्र करिब १५ लाख रूपैयाँ खर्च जुटाउन सके उपचार सम्भव भएको आश्वासन दिएका छन् । तर, खाडी मुलुक दुबईमा कार्यरत श्रीमान्को भरमा घरबार चलाउँदै आएका ममताको परिवारमा आर्थिक अभाव भएपछि बेल्जियममा होटल चलाएर बसेका गुरूङ दाजुभाइले आफूबाट संकलित रकममाथि कर्मचारीहरुबाट संकलन गरेर दुई लाख रूपैयाँ पु¥याएर नेपाल पठाएका हुन् ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया