• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
11 12 19, Wednesday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result

जगतपुरमा सहकारीको सामूहिक तरकारीखेती

–रामशरण गैरे

चितवन पोष्ट
November 30, 2019
अर्थ, समाचार
सूचना प्रणालीमार्फत सुकुमबासीको तथ्याङ्क
173
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जगतपुर । पश्चिम चितवनको जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारीखेती थालिएको छ । भरतपुर महानगरपालिका २४ को केरूङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामा आबद्ध २५ जना किसानहरु केरूङ्गा सामूहिक तरकारी कृषि फर्म खोलेर सामूहिक उत्पादनमा जुटेका हुन् ।

सहकारीका अध्यक्ष जनकराज पुरीले पहिलेको १२ बिघामा चिचिन्डा, फर्सी, लौकालगायतका तरकारी तयार भएको हुनाले नयाँ जग्गामा १५ दिनभित्रै काउली, खुर्सानी, करेला र बोडी लगाउने तयारी गरेको बताए ।

नयाँ प्लटमा पानी, मल, बीउ, थाँक्रा, विषादी, बिजुली, कामदार आदिका लागि करिब दुई करोड रूपैयाँ खर्च लाग्ने अनुमान रहेको भन्दै उनले थोपा सिंचाइ र ग्रीन हाउस प्रविधि अपनाउँदा प्रतिकठ्ठा करिब सात लाख खर्च हुने जानकारी दिए ।

सम्बन्धितसमाचार

छ महिनामा छ सय फरार आरोपित पक्राउ

चितवन जिल्ला अदालतले भन्यो – ‘२५ सय वर्ष कैद भुक्तान बाँकी’

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

पश्चिम चितवनलाई तरकारीको पकेट क्षेत्रका रुपमा लिइन्छ । अझ भरतपुर २४ त तरकारी उत्पादनको केन्द्र नै हो, जहाँ केरूङ्गा सहकारी क्रियाशील छ । युवा सहभागितामा देशकै नमुना अर्र्गािनक कृषि फार्म बनाउने काम केरूङ्गा सहकारीले गरिरहेको उनले बताए । सहकारीले तरकारी संकलन र बिक्रीमा बिचौलियाहरुलाई किसान ठग्न नदिने अध्यक्ष ओली बताउँछन् । सहकारी नै प्रत्यक्षरुपमा उपभोक्तासमक्ष पुग्ने हुँदा बिचौलियाको अन्त्य हुने आशा केरूङ्गा सहकारीले राखेको उनले बताए ।

केरूङ्गा ताजा तरकारी सहकारीका संस्थापक अध्यक्षसमेत रहेका भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष कान्छा मल्लले सामूहिक खेती गर्न प्रतिबिघा वार्षिक ४० हजार रूपैयाँका दरले पाँच वर्षका लागि जग्गा भाडामा लिइएको बताए । १२ बिघामा सामूहिक तरकारीखेती गर्दा सफल भएपछि उत्साही भएर ५० बिघा थपेको मल्लले बताए ।

१०० प्रतिशत अर्र्गािनक तरकारी फलाउने र तरकारी उत्पादनमा केरूङ्गा सहकारीले नयाँ इतिहास रच्ने लक्ष्यसहित आफूहरु यस कार्यमा जुटेको बताए । उनले भने, ‘सरकारको उपेक्षा र बिचौलियाको ज्यादतीका कारण तरकारी उत्पादकहरु विस्थापित हुँदै गएका छन् ।’ सहकारीहरुले सामूहिक तरकारीखेती सुरू गरेपछि बजारको सुनिश्चितता बढ्ने र व्यावसायिक तरकारी उत्पादकहरु थप आकर्षित हुने भन्दै तरकारी उत्पादनमा ७० जनाले प्रत्यक्ष रोजगारी पाउने उनले बताए ।

बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुँदै गएपछि त्यसको सही सदुपयोग गरी आर्थिक उपार्जन गर्ने र युवालाई गाउँमै रोजगारी दिने मुख्य उद्देश्यले सामूहिक खेतीको थालनी गर्न लागेको उनले बताए । ‘सहकारीमा आबद्ध सदस्यहरु सक्रिय तवरले निरन्तर काम गर्दै आएका छन्’, उनले भने, ‘समूहमा काम गर्दा ज्ञान र सीपको आदानप्रदान हुने भएकाले पनि यो अभियान प्रभावकारी हुनेछ ।’

कृषि उत्पादन बढाउनु नै महानगरको पहिलो प्राथमिकता रहेको बताउँदै वडाध्यक्ष मल्लले महानगरले २० प्रतिशत रकम कृषि क्षेत्रमा विनियोजन गरेको र वडाबाट पनि त्यही अनुपातमा रकम कृषि उत्पादनका निम्ति विनियोजन गरिएको बताए । सहकारीहरुले सामूहिक तरकारीखेती सुरू गरेर तरकारी उत्पादनमा जोडिएपछि बजारको सुनिश्चितता बढ्ने अनि व्यावसायिक तरकारी उत्पादकहरु थप आकर्षित हुने उनको भनाइ छ ।

ताजा समाचार

हत्या आरोपमा चार जना पक्राउ : मोबाइलको कल डिटेलबाट समातिए अपराधी

छ महिनामा छ सय फरार आरोपित पक्राउ

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो

चितवन जिल्ला अदालतले भन्यो – ‘२५ सय वर्ष कैद भुक्तान बाँकी’

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

बोलेरोको ठक्करबाट प्रहरी हबलदारको मृत्यु

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो

वन संरक्षणसँगै पर्यटकीय गतिविधिमा सक्रिय सेतीदेवी

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: [email protected]

Chitwan Post Epaper
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक