भरतपुर । इडेन गार्डेन इंग्लिस मावि भरतपुरद्वारा आयोजित महानगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा हिलबर्ड आमावि पहिलो भएको छ । यस्तै अरोमा इंग्लिस स्कुल दोस्रो र अर्किड स्कुलले तेस्रो स्थान हासिल गरेका छन् ।
महानगरभित्रका १३ विद्यालयको सहाभागिता रहेको प्रतियोगिता इडेन गार्डेनका अध्यक्ष प्रेमहरि सुवेदीको अध्यक्षता एवम् महानगर प्याब्सनका अध्यक्ष एवम् हिलबर्ड आमाविका प्रिन्सिपल लेखनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
निश्चल न्यौपानेको संयोजकत्वका सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य ईश्वरराज पण्डितले शुभकामना व्यक्त गरेका थिए ।