• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
11 12 19, Wednesday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result

सधैँको पीर : परेवा भीर

–अमृत चिमरिया

चितवन पोष्ट
November 29, 2019
समाचार, समाज
सधैँको पीर : परेवा भीर

परेवा भीरको बाटो हुँदै मनहरी खोलाबाट चलेका सवारी साधनहरु र बाटो ।

11
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा । मकवानपुरको पश्चिमी तीन गाउँपालिकाको करिब ३० हजार मानिस हिँड्ने बाटोमा पर्छ, परेवा भीर । मनहरी गाउँपालिका हुँदै राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको बाटोको अधिकांश स्थान मनहरी खोलाको किनार पर्छ, त्यही किनारमा पर्ने परेवा भीर स्थानीयका लागि सधैँको पीर बन्ने गरेको छ ।

बर्सादको समयमा खोला तर्न नसक्दा चट्टानी पहाड रहेको परेवा भीर पार गर्दा लडेर र बाढीले बगाएर बर्सेनि स्थानीयको ज्यान जाने गरेको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिए । स्थानीयले परेवा भीरलाई ज्यानमारा भीरका रुपमा चिन्न थालेको उनले बताए । उनका अनुसार यही बर्सादमा मात्र परेवा भीर पार गर्न नसक्दा २ जनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार परेवा भीरको कारण एक दशकको बीचमा एक दर्जन बढी स्थानीयको ज्यान गइसकेको छ ।

मनहरी खोलामा पर्ने परेवा भीर स्थानीयका लागि हैरानीको विषय बनेको छ । स्थानीयहरुको नियमित दबाबपछि यो आर्थिक वर्षमा करिब डेढ करोड बजेट पर्ने भएको राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । परेवा भीरमा बाटो निर्माणका लागि यो वर्ष प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्रदेशसभा सदस्य इन्द्र बानियाँ र राक्सिराङ गाउँपालिकाले गरी डेढ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

सम्बन्धितसमाचार

छ महिनामा छ सय फरार आरोपित पक्राउ

चितवन जिल्ला अदालतले भन्यो – ‘२५ सय वर्ष कैद भुक्तान बाँकी’

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

दिगो विकास हुन सकेन

मनहरी गाउँपालिकाबाट कैलाश र राक्सिराङ गाउँपालिकाका विकट गाउँ जोड्न चार दशक लगाएर मनहरी–प्याङ्चे सडक निर्माण गरिएको थियो । स्थानीय तह गठनसँगै निर्माण सम्पन्न भएको यो सडकको दर्जन बढी ठाउँमा २०७६ को बर्सादमा पहिरो गएको छ । उक्त सडक निर्माणमा हालसम्म १० करोड रूपैयाँ बढी खर्च भइसकेता पनि दिगोरुपमा सञ्चालन हुने गरी सडक भने बन्न नसकेको स्थानीयले बताएका छन् ।

स्थानीयहरुले बर्सेनि बजेट विनियोजनको साटो बहुवर्षीय योजनाबाट सडक निर्माण गरिनुपर्ने बताउँदै आएको कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान बताउँछन् ।

यस्तै, त्रिभुवन राजपथअन्तर्गत चुनियाँबाट कालिकाटार हुँदै खैराङ पुगेको मोटरबाटो निर्माण थालेको पनि २४ वर्ष बढी भएको छ । यो सडक निर्माण सुरू गर्ने धेरै मजदुरको मृत्यु भइसकेको छ । तर, अझै पनि हिउँदको समयमा मात्र कालिकाटारसम्म बस सञ्चालन हुने गरेको छ । बर्सादमा यो सडक सञ्चालन हुँदैन ।

यो सडक निर्माणमा पनि केन्द्र, प्रदेश र स्थानीय तहको सरकारले २० करोडभन्दा बढी खर्च गरिसकेका छन् । कैलाश गाउँपालिकाका स्थानीयवासी कमल अर्यालले उक्त सडकखण्ड सुधार्नेभन्दा पनि विस्तार गर्ने काम बढी भएकोले समस्या आएको बताए ।

स्थानीय बासिन्दाहरुले सरकारले बर्सेनि बजेट छर्नेमात्रै काम गर्दा करोडौँ रूपैयाँ खर्च गरेर पनि दिगो बाटो निर्माण हुन नसकेको भन्दै हचुवाको भरमा सडक निर्माण गर्दा सडक वर्षौंसम्म पनि दिगो हुन नसकेको भन्दै आक्रोश पोख्दै आएका छन् ।

ताजा समाचार

हत्या आरोपमा चार जना पक्राउ : मोबाइलको कल डिटेलबाट समातिए अपराधी

छ महिनामा छ सय फरार आरोपित पक्राउ

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो

चितवन जिल्ला अदालतले भन्यो – ‘२५ सय वर्ष कैद भुक्तान बाँकी’

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

बोलेरोको ठक्करबाट प्रहरी हबलदारको मृत्यु

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो

वन संरक्षणसँगै पर्यटकीय गतिविधिमा सक्रिय सेतीदेवी

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: [email protected]

Chitwan Post Epaper
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक