कुमरोज । बायोग्यासको प्रयोग गरेपछि आफूहरुको जीवनमा सकरात्मक परिवर्तन आएको कुमरोजका महिलाहरुले बताएका छन् ।
आगोमा पकाउँदा धँुवाका कारण स्वासप्रश्वाससम्बन्धी विभिन्न रोगहरुको शिकार भएपनि बायोग्यासको प्रयोग गरेपछि रोगबाट मुक्ति मिलेको उनीहरुले बताए । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिनर्जी एफएम र बुढीराप्ती उपभोक्ता समितिको संयुक्त आयोजनामा ‘गोवरग्यासबाट महिलामा पुगेको फाइदा’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने महिलाहरुले बायोग्यासको प्रयोग गर्न थालेपछि भान्साका कारण हुने हिंसाबाट समेत मुक्ति मिलेको बताए ।
यस्तै जोखिम मोलेर जंगल जानुपर्ने बाध्यता नरहेको उनीहरुले बताए । बुढीराप्ती उपरोभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भुषालले सबैको घरमा बायोग्यास बनेपछि वनजंगल संरक्षणमा टेवा पुगेको बताउनुभयो । सबैको घरमा गोवरग्यास बनेसँगै कुमरोजलाई पर्यटकीय स्थल निर्माण गर्न ध्यान केन्द्रित गरेको उहाँले स्पष्ट पार्नुभयो ।
यस्तै राष्ट्रिय प्रकृति तथा संरक्षण कोषका प्रमुख चिरञ्जीवी पोख्रेलले कुमरोजबासीको उत्साहले निकुञ्ज संरक्षणमा समेत टेवा पुगेको बताउनुभयो यस्तै चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत रमेश थापाले निकुञ्जमा दाउरा खोज्न जाँदा हात्ती गैंडाको शिकार बन्नुपर्ने अवस्था भएपनि पछिल्लो समयमा भने कुमरोजबासीले संरक्षणमा टेवा पु¥याएको बताउनुभयो । उहाँले कुमरोजमा वायोग्यास बनेपछि समयको बचत भएको र आर्यआर्जनमा समेत टेवा पुगेको बताउनुभयो ।
नेपालमै पहिलो पटक कुमरोज गाविसलाई बायोग्यासयुक्त गाविस घोषणा गरिएको छ ।
Discussion about this post