भरतपुर । सप्तगण्डकी बहुमुखी क्यामप्स भरतपुरमा एमएड प्रथम वर्ष स्वास्थ्य समूह क मा अध्ययनरत विद्यार्थीहरुले शनिबार नवलपरासीको मुकुन्दपुरमा सामुदायिक स्वास्थ्य सर्वेक्षण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मुकुन्दपुर गाविसका ९६ जना महिला स्वयम्सेविकाको उपस्थिति रहेको स्वास्थ्य समूहका अमर दुवाडीले जानकारी दिए । छलफल कार्यक्रम परिवार नियोजन, मातृस्वास्थ्य, तथा स्वास्थ्य शिक्षा प्रदर्शनी कार्यक्रमसमेत प्रस्तुत गरिएको आयोजकले जनाएको छ । मुकुन्दपुर निम्न माध्यमिक विद्यालय मुकुन्दपुरका प्रधानाध्यापक भुवन केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Discussion about this post