काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडाँै उडानमा रहेको इन्डिगो एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अपराह्न आगलागी भएको छ ।
अवतरण गरी यात्रु झार्ने क्रममा जहाजको पछाडिपट्टिको पाङ्ग्रामा आगो लागेको नागरिक उड्डयन प्राधिकरण कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । इन्डिगो एयरको उडान नं आइजिओ ०३१ रजिस्टे«सन भिटी–आइइयु एयर बस ३२० मा अवतरण गरेपछि पार्किङका क्रममा आगो लागेको हो ।
Discussion about this post