ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एकता र सहमतिका लागि दबाब सिर्जना गर्न खनालको आह्वान

by चितवन पोष्ट
२०७० फाल्गुन २५, आईतवार ०२:०१ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

   काठमाडौँ, २४ फागुन । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले पार्टीको नवौँ महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशन बनाउनका लागि दबाब सिर्जना गर्न समग्र पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ ।
एमाले राप्ती अञ्चल सम्पर्क कमिटीद्वारा त्यस क्षेत्रका सभासद्को सम्मानका लागि आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यसका लागि अध्यक्षका हैसियतले सबैभन्दा ठूलो भूमिका निर्वाह गरिने प्रतिबद्धता जनाउनुभयो ।
उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिलाई विश्वासमा लिएर  जनचाहनाअनुरुपको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान लेख्नुपर्ने ठूलो दायित्व एमालेको काँधमा रहेकाले संविधान लेखनको काममा ध्यान केन्द्रित गर्न उहाँले पार्टीबाट विजयी सभासद्लाई निर्देशन दिनुभयो ।
“मुलुकमा देखिएको दण्डहीनता, भ्रष्टाचार अराजकता र  बेथितिको अवस्थालाई अन्त्य गरेर लामो समयदेखि हुन नसकेको स्थानीय निर्वाचन गराउने चुनौतीपूर्ण दायित्व एमालेका तर्फबाट सरकारमा गएको टोलीलाई रहेको छ” अध्यक्ष खनालले भन्नुभयो,  “सरकारले चाँडोभन्दा चाँडो स्थानीय निकायको निर्वाचनको घोषणा गरोस्, निर्वाचन गरेर स्थानीय निकायमा लोकतन्त्रको आधार  तयार गरियोस् ।”
सो पार्टीका सचिव युवराज ज्ञवालीले संविधान निर्माणको मुख्य जिम्मेवारीलाई सभासद्ले कुशलतापूर्वक पूरा गरेमा लोकतन्त्रलाई स्थायित्व दिन कुनै कठिनाइ नहुने बताउँदै  भन्नुभयो– “सरकार बनाउने, कानुन निर्माण गर्ने, विधि कायम गर्ने र विकास निर्माणको लागि आवाज उठाउने सभासद्को दायित्व र जिम्मेवारीलाई बुझेर हामीले काम गर्नुपर्छ ।”
पार्टी पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले पार्टीभित्रको गुटबन्दी, प्रतिस्पर्धाका नाममा भएका अनुचित प्रयोग, भ्रष्टाचार र ‘डन’को संरक्षण गर्ने प्रवृत्तिविरुद्ध आवाज बुलन्द पार्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
सम्पर्क कमिटीका अध्यक्ष भोजविक्रम बुढा मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा सभासद् गोकुल घर्ती र पार्टीका प्रचार विभागका सचिव सूर्य थापाले संविधानसभामा गैरसरकारी संस्थाका कार्यसूची होइन, जनता र मतदाताको आवाजलाई उठाउन सबै सभासद्लाई सुझाव दिनुभयो ।
सम्पर्क कमिटीले राप्ती अञ्चलबाट प्रत्यक्षमा तीन र समानुपातिकमा छ गरी नौ जना संविधानसभामा प्रतिनिधित्व गर्ने   नेता पार्टी उपाध्यक्ष वामदेव गौतम, सचिव ज्ञवाली, पोलिट्ब्युरो सदस्य  ज्वाला, वैकल्पिक केन्द्रीय सदस्य भागवत विश्वासी र घर्ती, प्रतिनिधि परिषद्का सदस्य धनबहादुर रायमाझी र  शारदा स्वर्णकार, तथा सल्लाहकार समिति प्युठानका अध्यक्ष हिराबहादुर केसी र जिल्ला कमिटी सदस्य अनारकली मियालाई सम्मान गरेको थियो ।   रासस

Related Posts

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

एमालेको प्रशिक्षण र वडा कमिटी गठन

एमालेको प्रशिक्षण र वडा कमिटी गठन

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
प्रमुख समाचार

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

भण्डारा । घर ढलान गरेर फर्केका मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २०...

Read more
बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In