–बालकृष्ण थपलिया
कुमारहरू आफ्नै पौरखमा
घुमे पटकपटक
सुमेरु पर्वतहरू
घुमे भाइ गणेशहरू पनि
शिव–पार्वतीहरूलाई
र, भने
त्वमेव सर्व मम देव देव
अनि पाए
प्रथम पूज्य वरदान ।
र,
आठ रोटी पतिलाई दिनू
पति नभए छोरालाई दिनू
छोरा नभए मीतछोरालाई दिनू
मीतछोरा पनि नभए
खोलामा बगाउनू ।
अहँ !
कतै भेटिएन
महिनाभरि पढिएको
स्वस्थानी व्रतकथामा
तैपनि, छोरीलाई दिनू ।
विधान जसै युगौँदेखि
मानि“दै आएको
सुन्दै र सुनाउँदै आएको
र, चुपचाप
गर्दै आएको यही हो
पहिलो पूजा गणेशकैै गर्छौं
हिजो पनि आज पनि
आठ रोटी
सुपारी र
प्रसादका टुक्राहरू
बगाइरहेछौँ उसैगरी
आज पनि ।
मेरो सानो जिज्ञाशा !
अब घोषणा हुने भनिएको
संघीय÷समावेशी विधानमा
संशोधन हुन्छ कि हु“दैन ?
गणेशले पाएको
प्रथम पूज्य वरदान
रोक लगाइन्छ कि लगाइ“दैन ?
आठ रोटी
खोलामा बगाउन
रोक लगाइन्छ कि लगाइ“दैन ?
आठ रोटी
खोलामा बगाउन
Discussion about this post