ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

हामी यसरी मनाउँदै छौँ नारी दिवस

by चितवन पोष्ट
२०७० फाल्गुन २४, शनिबार ०२:२८ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

सामना पहाड
हामी १०४औँ अन्तर्राष्ट्रिय नारी दिवसको सँघारमा छौँ । विभिन्न संघसंस्था, राजनीतिक दल, संघ, संगठनहरुले फरक–फरक ढंगले नारी दिवस मनाउँदै आएका छन् र मनाउने तयारीमा छन् ।
१९औँ शताव्दीको सुरूवातसम्म महिलालाई कुनै पनि अधिकारबाट वञ्चित गरिएको अवस्था थियो । सन् १९०३ देखि महिला पनि मानव प्राणी हुन् भनी मानवीय व्यवहारको सम्मान गर्ने संस्कारको सुरूवात भएको पाइन्छ । विश्वका महिलाहरु महिलाको आर्थिक समानताका लागि प्रथम पटक एकजुट भएको समय सन् १९९० मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउने परिपाटी बस्यो, जुन अहिलेसम्म विद्यमान छ । देशको कुल जनसंख्याको आधाभन्दा बढी (५१.५ प्रतिशत) हिस्सा ओगटेका महिलाको हकअधिकारका लागि लैंगिक सरोकारका कुराहरुको बहस र छलफलका निम्ति एवम् अन्तरक्रिया र विचार–मन्थनका लागि यो दिनलाई महिला र महिलाको हकहितमा चासो राख्ने सम्पूर्ण सरोकारवालाहरुका लागि मह¤वपूर्ण दिवसका रुपमा लिन सकिन्छ ।
हुन त, एकदिवसीय कार्यक्रम र नाराबाजीले मात्रै महिलाको स्तरमा सुधार आउने होइन, तथापि यो समय सरोकारवालाहरुको चेतनास्तर वृद्धि गर्न र सम्बन्धित क्षेत्रमा आवश्यक कदम चाल्नका लागि अवश्य पनि मह¤वपूर्ण दिनका रुपमा रहनेछ नारी दिवस ।
नारीहरु सृजनाका खानी हुन् । नारीहरु स्वभावैले कुनै न कुनै प्रकारका सृजनात्मक कार्यमा आफ्नो जिन्दगी व्यतीत गरेका हुन्छन्, तापनि त्यसको मूल्याङ्कनको पाटो भने अत्यन्तै फितलो छ । नारी दिवसका अवसरमा गरिने प्रायःजसो कार्यक्रमहरु नारीमैत्री, नारीलक्षित नभई नारीका नाममा मात्र सीमित हुन्छन् । अब महिलाहरुलाई नाराको साधनभन्दा महिलालाई काम गर्ने अवसर, क्षमताको पहिचान र क्षमताको कदर गरी उनीहरुलाई राष्ट्रको समग्र विकासको उपभोगकर्ताको रुपमा मात्र नभई सक्रिय विकासकर्ताका रुपमा समेत महिलालाई अवसर दिनु आजको अवश्यकता हो ।
हामी जहाँ छौँ र हामीसँग जुन क्षमता छ, सोही क्षमतालाई उपयोग गरी हाम्रो तर्फबाट समाजलाई योगदान गर्ने कार्य र समाजको परिवर्तनको संवाहक हुनु हाम्रो पनि दायित्व हो । तसर्थ, हातमा कलम हुनेहरु हामी कलम लिएर एकजुट भई हामी हाम्रो समाजको यथार्थता, आवश्यकता खोतल्न चाहन्छौँ ।
नारी दिवसलाई सर्जक महिलाहरुद्वारा एकअर्कामा सृजना र विचारको आदानप्रदान गरेर आफ्ना भावनाहरु साटासाट गर्दै मनाउने जमर्को गरिँदैछ । विगतमा साहित्यिक क्षेत्रमा नारी सहभागिता ज्यादै न्यून रहँदै आएको देखिन्छ । विगतदेखि वर्तमानसम्म आइपुग्दा नारी सर्जक र सृजनाप्रेमीको उल्लेख्य वृद्धि भएता पनि अझै अपेक्षाकृत रुपमा संख्यात्मक र गुणात्मक सहभागिताको खाँचो देखिन्छ ।
यसै सन्दर्भमा हामी सृजनाको खेती गर्न रूचाउने, सृजना र साहित्यलाई माया गर्ने दिदीबहिनीहरुको संयुक्त प्रयासमा चितवनमा आज फागुन २४ गते शनिबार दिनको १ बजे रामेश्वर पुस्तकालयमा नारायणी अञ्चलस्तरीय बृहद् साहित्य तथा विचार गोष्ठी आयोजना गरिँदैछ ।
नेपाल र विश्वका कुनै पनि कुनामा रहेका नेपाली नारी सर्जकहरुको विश्व नारी नेपाली साहित्य सम्मेलनको सिलसिलामा अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर विश्व नारी नेपाली साहित्य सम्मेलन नारायणी अञ्चल समिति र नारी लेखक समाज चितवनको संयुक्त आयोजनामा यो विचार तथा साहित्यिक गोष्ठी गर्न लागिएको हो । यस कार्यक्रममा प्रमुखअतिथिका रुपमा काठमाडौँदेखि वरिष्ठ साहित्यकार एवम् आख्यानकार जलेश्वरी श्रेष्ठ र विशिष्ट प्रतिनिधिका रुपमा साहित्यकार तथा कथाकार साधना प्रतीक्षा चितवन आउँदै हुनुहुन्छ भने नारायणी अञ्चलका चितवन, मकवानपुर, बारा, पर्सा र रौतहटका एवं छिमेकी जिल्ला नवलपरासीबाट समेत उल्लेखनीय उपस्थितिका साथ दर्जनौँ नारी साहित्यकारहरु अतिथिका रुपमा कार्यक्रमलाई सफल पार्न आउँदै हुनुहुन्छ । चितवनका सम्पूर्ण साहित्यिक संघसंस्था, प्रतिष्ठानहरु, सञ्चारमाध्यमहरुलाई औपचारिक निमन्त्रणा गरिसकिएको छ, तथापि छूट हुन गएका सबै सृजनाप्रेमी मनहरुलाई हामी कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौँ । पक्कै पनि हजुरहरुको सहयोगमा मात्र कार्यक्रम सफल हुनेछ ।

Related Posts

आखिर आस्था भनेको के हो ? (लक्ष्मणरेखा)

आखिर आस्था भनेको के हो ? (लक्ष्मणरेखा)

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

धर्म जीवनको खोज हो

आफ्नो क्षमतालाई चिन्नुहोस् !

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

भरतपुर । चैत २८ गते शनिबार राति ४० वर्षीय सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको सिराहाको लाहनमा गोली हानी हत्या गरी पसल...

Read more
इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In