ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राजनीतिक दल महिला मैत्री हुनुपर्ने

by चितवन पोष्ट
२०७० फाल्गुन २४, शनिबार ०२:१२ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नवलपरासी । राजनीतिक दल महिला मैत्री नहुँदा नेतृत्व तहमा महिला पुग्न नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । १०४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा परासीमा आयोजना गरिएको महिला व्यक्तित्व र नेतृत्व आजको आवश्यकता विषयक जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् ।
महिलालाई राजनीतिमा पूर्ण रुपमा सहभागिता गराउन दलहरुले राम्रो भूमिका खेल्न नसके पनि  त्यसका लागि महिलाहरु आफै अग्रसर हुनु पर्नेमा जोड दिइएको छ । राजनीति नै सबै नीतिको मूल नीति भएकाले नीति निर्माणका लागि महिला राजनीतिमा लाग्नु पर्ने, महिलाहरु एकजुट भएर अगाडि बढ्नुपर्ने र अधिकार प्राप्तिका लागि संघर्षको आवश्यकता रहेकाले यसलाई निरन्तरता दिनुपर्ने सहभागीको भनाइ छ ।
नेतृत्व र व्यक्तित्व विकास नभएसम्म महिला अगाडि बढ्न नसक्ने भएकाले त्यसको आवश्यकता रहेको सहभागीको बुझाइ छ । कार्यक्रममा संविधानसभा सदस्य सिन्धु जलेसाले संविधानसभामा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने अन्तरिम संविधानमा व्यवस्था गरिए पनि राजनैतिक दलहरुले २९ प्रतिशतमात्र महिलालाई प्रतिनिधित्व गराएको बताइन् । भर्खर विस्तार गरिएको मन्त्रिमण्डलमा पनि महिलाको सहभागिता न्यून गराइएकाले सहभागिता बढाउनका लागि दवाव सिर्जना गरिएको जनाइन् ।
स्थानीय निकायमा हुने निर्वाचनमा महिलालाई ५१ प्रतिशत सिट दिलाउनका लागि सदनमा कुरा उठाउने उनले जानकारी दिइन् । पूर्व सभासद सीता बैडेलले महिला सभासदहरुले महिलामैत्री संविधान निर्माणका लागि राम्रो भूमिका निर्वाह गर्न सुझाव दिएकी छन्  ।
महिला तथा बालबालिका कार्यालय, सहमति र रेडियो परासीको संयुक्त आयोजना तथा सञ्चारिका समूह नवलपरासी, जिल्ला विकास समिति, रामग्राम महिला जेसिज, रामग्राम जेसिज, माइती नेपाल, डब्लुडब्लुजे, संकल्प, पिएसआई पोखरा र नेपाल परिवार नियोजन संघ नवलपरासीको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णश्याम बुढाथोकी, जिविसका सूचना अधिकृत पुष्कर काफ्ले, अनेमसंघ जिल्ला अध्यक्ष विमला अर्याल, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी पाण्डे, सहमतिका करुणासागर सुवेदीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा एमालेका तर्फबाट समानुपातिकमा  मनोनित सभासद सिन्धु जलेसालाई संविधान निर्माणमा कुशल भूमिका निर्वाह गर्नका लागि सम्मान गरिएको छ । त्यसैगरी, जिल्लामा रही महिला तथा बालबालिकाको सशक्तिकरणका क्षेत्रमा निरन्तर कलम चलाएकाले पत्रकार कल्पना भट्टराईलाई पनि सम्मान गरिएको थियो ।

Related Posts

तपाईंको सबैभन्दा ठूलो क्षमता !

‘माडीको विकासमा कमी हुन दिन्नौँ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

Discussion about this post

अन‌ि यो पनि

थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली
समाज

थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली

चनौली । पश्चिम चितवनका थारु अगुवा तथा पूर्ववडाध्यक्ष अजितराम महतोको सातौँ दिनको पुण्यतिथिको अवसर पारेर विभिन्न संघसंस्थाहरुले भरतपुर–२० दद्रहनीस्थित उनकै...

Read more
निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

सिडिओ भट्टराईको चितवन बसाइँ : ‘कहिले निर्मम त कहिले समन्वयकारी’

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

‘विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखौँ’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In