बछौली । बछौली गाविसको २ वडालाई बायो ग्यास नमुना गाउँ घोषणा गरिएको छ ।
गाविसका ६ र ७ नं. वडाका १४९ वटा घर धुरीमध्ये १२० घर धुरीमा बायो ग्यास जडान भएपछि नमुना गाउँ घोषणा गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको बछौली गाविसको बद्रहनीलाई यस अघिनै बायो ग्यास नमुना गाउँ घोषणा गरिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्र्ती क्षेत्रमा परेको मानवीय चाप घटाउन सो क्षेत्रमा बायो ग्यास निर्माणको अभियान चल्दै आएको छ ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासुदेव चापागाईको अध्यक्षता एवम् विश्व वन्यजन्तु कोषका अन्तर्राष्ट्रिय अध्यक्ष योलान्डा वाका बाड्से रहेको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवर, विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि अनिल मानन्धर, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका सदस्य कुलप्रसाद भुसाल, बछौली गाविस सचिव तेजेन्द्रनाथ लामिछाने लगायतले बोलेका थिए ।
Discussion about this post