महिला दिवसमा अन्तक्र्रिया

अन‌ि यो पनि

नारायणगढ ।  १०४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बिहीबार अरूणोदय कलेजमा विद्यार्थीबीच लैंगिकतामा आधारित हिंसा विषयक अन्तत्र्रिmया कार्यक्रम भएको छ ।
जिल्ला महिला समन्वय समितिको आयोजना र श्रम नेपाल, पैरवी मञ्च तथा कालिका महिला सामुदायिक सेवा केन्द्रको सहयोगमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा श्रम नेपालकी कार्यकारी निर्देशक सूर्यवदना हमाल र पैरवी मञ्चकी अध्यक्ष सकुन्तला ठकुरीले सहजीकरण गरेका थिए । कार्यक्रम क्याम्पस प्रमुख रत्नप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसै अवसरमा भुवानी शंकर उमावि खैरहनीमा नारी चेतना बचत तथा ऋण सहकारी संस्था, इन्सेक नेपाल र महिला सशक्तिकरण परिवर्तनशील नेपालको सहयोगमा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला महिला समन्वय समितिकी अध्यक्ष सुशीला उप्रेती थिइन् । कार्यक्रम समितिकी सदस्य मनकुमारी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया