पत्रकार महासंघ चितवनमा पोख्रेलको नेतृत्व

अन‌ि यो पनि

चौतारी–७   क्रान्तिकारी महासंघ–३, स्वतन्त्र १, युनियन (स्वतन्त्र समर्थन) ४
भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा प्रेस चौतारी निकटका हरिप्रसाद पोख्रेल निर्वाचित भएका छन् ।
प्रेस चौतारी र दुई क्रान्तिकारी पत्रकार संघको संयुक्त प्यानल बनाएर चुनावमा होमिएका पोख्रेलले भारी मत अन्तरले प्रतिष्पर्धीहरुलाई पराजित गरेका छन् । बिहिबार बिहान सम्पन्न मत गणनाअनुसार पोखे्रलले १०९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्रका रमेशकुमार पौडेलले ३५ मत र प्रेस युनियनका रमेश बस्ताकोटीले २० मतमात्र प्राप्त गरेका थिए ।
यस्तै, उपाध्यक्षमा प्रेस युनियनले आफ्नो पक्षको भनेर दावी गरेपनि स्वतन्त्रबाट उम्मेदवारी दिएका दिपेन्द्र बडुवाल निर्वाचित भएका छन् । उनलाई प्रेस युनियनको समर्थन थियो । शान्ता अधिकारीले भन्दा ३२ मत बढी मत प्राप्त गरी बडुवाल निर्वाचित भएका हुन् । बडुवालले ९६ र अधिकारीले ६४ मत प्राप्त गरेका थिए ।
यस्तै, सचिवमा प्रेस चौतारीका कृष्णचन्द्र भट्टराई निर्वाचित भएका छन् । प्रेस उनलाई दुई क्रान्तिकारी पत्रकार संघको सहयोग थियो । उनले १०१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिपर्धीमा स्वतन्त्रका बिनोदबाबु रिजालले ५९ मत प्राप्त गरेका थिए । यस्तै, सहसचिवमा सविता श्रेष्ठ निर्विरोध निर्वाचित भएकी थिइन् भने कोषाध्यक्षमा प्रेस चौतारीका होमनाथ सापकोटा निर्वाचित भए । उनले १०० मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी राजेश घिमिरेले ६० मत प्राप्त गरेका थिए ।
यस्तै, सदस्यहरुमा प्रेस युनियनका अनिल ढकाल ९२ र प्रमिता ढकाल ९३ मत एवम् मधेसी तर्फबाट प्रविण दत्त निर्विरोध निर्वाचित भएका छन् । खुला तर्फ नै चौतारी निकट गोबिन्द घिमिरेले ९३, दुर्गा रेग्मीले ९१ र क्रान्तिकारी पत्रकार महासंघ निकट प्रकाश सिग्देलले ८९ मत प्राप्त गरी निर्वाचित भएका छन् । महिलातर्फ शान्ता अधिकारी, दलिततर्फ सविता नेपाली, आदिवासीतर्फ मोहन रूम्बा निर्वाचित भएका छन् । अधिकारी र नेपाली निर्विरोध निर्वाचित भएका हुन् भने रूम्बाले स्वतन्त्रका राजु चौधरीलाई पराजित गरेका हुन् । रूम्वाले ८१ मत प्राप्त गरेका थिए । उनले भन्दा १ मतमात्रै कम पाएका चौधरीले पुनः मत गणनाको माग गरी पत्र दर्ता गराएका छन् । पुनः मत गणना हुन सकेको छैन । निर्वाचन समितिका सदस्य राजकुमार श्रेष्ठले निवेदन उपर छलफल भइरहेको जनाए ।
केन्द्रीय सभासदमा  राधेश्याम खतिवडा (१०९ ), जनक अर्याल (१०५), तीर्थ नेपाल (९५), प्रतिमा शिलवाल (९४), शिशिर सिंखडा (९०), मोहन बस्याल (९०) र  नारायणप्रसाद सापकोटा (८६) निर्वाचित भएका छन् ।
यस्तै, कमल पराजुली (८४), मुकुन्दराज दाहाल (८३), चाँदनी हमाल (८३), विनोद त्रिपाठी (८१), विमल खतिवडा (८१), सृजना अर्याल (८१), ईश्वर जोशी (८१), गणशेखर शर्मा (७८), प्रकाशमणि ज्ञवाली (७७), सन्तकुमार चौधरी (७७), सुरज पौडेल (७७), सुर्यप्रकाश कँडेल (७७), अर्जुन अधिकारी (७४), चिन्तामणि पौडेल (७४), नारायण ढुंगाना (७४), नवराज ढकाल (७४), सुरेशचन्द्र अधिकारी (७४) अमरदेव प्रधान (७३), शालिग्राम नेपाल  (७२) रोहिणी त्रिपाठी (७२) र  विचित्र पौडेल (७१)  केन्द्रीय सभासद्मा  निर्वाचित भएका छन् ।
यसअघि महासघको नयाँ नेतृत्वका बुधबार साँझ निर्वाचन भएको थियो । बुधबार दिउँसो महासंघका केन्द्रीय अध्यक्ष शिव गाउँलेले जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ चितवनको नयाँ निर्वाचत समितिमा प्रेस चौतारीका सदस्यहरुमा पहिलेभन्दा कम आएका छन् । अध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षजस्ता मेजर पदहरुमा चौतारीको हातमा आएको छ । अन्य पदहरुमा प्रेस युनियन र स्वतन्त्रको संख्यामा यसपटक बढेको छ । उपाध्यक्ष सहितका आठ जना सदस्य चौतारीका सदस्य भन्दा बाहिरका छन् । १५ सदस्यीय समितिमा चौतारी आबद्ध ७ जना मात्रै छन् । महासंघको नयाँ समितिमा युनियन आबद्ध उपाध्यक्षसहित ५ जना, क्रान्तिकारी महासंघका ३ जना छन् ।
यता केन्द्रीय पार्षदमा पनि चौतारी निकटका ११ युनियनका ५, क्रान्तिकारी संघका २, क्रान्तिकारी महासंघका ३ र स्वतन्त्रका ७ जना रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया