आज (नोभेम्बर १४) विश्व मधुमेह दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । यसै सन्दर्भमा भरतपुर अस्पतालका वरिष्ठ चिकित्सक एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्षका साथै विगत १३ वर्षदेखि चितवन क्षेत्रमा कार्यरत, मधुमेह एवम् हर्मोन रोग विशेषज्ञ चिकित्सक डा. भोजराज अधिकारीसँग चितवन पोष्ट दैनिकले विश्व मधुमेह दिवसको अवसरमा मधुमेह रोगसँग सम्बन्धित रहेर गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
१) विश्व मधुमेह दिवसको सुरूवात कसरी भयो ?
—विश्व स्वास्थ्य संगठन र मधुमेह रोगसम्बन्धी अन्तर्राष्ट्रिय वकालत गर्दै आइरहेको अन्तर्राष्ट्रिय मधुमेह महासंघ भन्ने संस्थाले विश्वभरि मधुमेह रोगका बारेमा सचेतना जगाउने उद्देश्यले सन् १९९१ बाट प्रत्येक अंग्रेजी वर्षको १४ नोभेम्बर का दिन यो दिवस मनाउन थालिएको हो ।
२) मधुमेह दिवसको सान्दर्भिकता र उपलब्धिका बारेमा बताइदिनुहोस् न ।
— सन् १९८० मा विश्वभर मधुमेह रोगीको संख्या १०८ मिलियन (दस करोड असी लाख) थियो र सन् २०१४ सम्म आइपुग्दा यो संख्या बढेर ४४२ मिलियन (बयालीस करोड बीस लाख) पुगेको छ । पछिल्लो ४० वर्षमा यो रोगले झन्डै ३३४ मिलियन अर्थात् (तेत्तीस करोड चार लाख) नयाँ मानिसलाई सताएको छ । तथ्यबाटै प्रस्ट हुन्छ, यो रोगको अवस्था धेरै गम्भीर छ । भनेपछि जुन रोगले बढी असर गर्छ समाजमा त्यसको सान्दर्भिकता र भूमिका अवश्य नै हुने भयो । त्यसमा पनि जनस्वास्थ्यसँग जोडिएको विषय भएको र जीवनभरि लागिरहने रोग भएकाले यो दिवसको सान्दर्भिकता रोग लागेका वा नलागेका सबैका लागि छ । दिवसको उपलब्धिचाहिँ के हो भने वर्षको एकदिन दिवस मनाएर अरु ३६४ दिन होसियारी लिने हो । यो दिवसले ३६४ दिन त्यो वर्ष विश्वभरि कुन नारामा र कुन सिद्धान्तमा रहेर काम गर्ने भन्ने मार्गनिर्देशन गर्ने हो र त्यो गर्न सफल भएको पनि छ ।
३) मधुमेह पुरूषभन्दा महिलालाई बढी देखिएको हो ?
— हो, मधुमेह पुरूषभन्दा महिलालाई बढी छ ।
४) हाम्रो देशमा चाहिँ कति मान्छेहरु यो रोगको चपेटामा होलान् ?
— विश्वमा झन्डै ४२/४५ करोड मान्छेहरु यो रोगको चपेटामा छन् र यो तथ्याङ्कको आधा संख्या भारत र चीनमा छन् । भारत र चीनलाई मधुमेहको राजधानीका रुपमा चिनिने गरिन्छ । नेपालको डेटा पनि इन्डिया र चाइनाको डेटासँग मिल्छ । किनभने यहाँको खानपिन, रहनसहन सबै एउटै भएको भएर भारत र चीनजस्तै नेपालमा पनि मधुमेह रोगीको संख्या एकदमै बढी छ । त्यसैले, मधुमेहको सन्दर्भमा पनि नेपाल दुई ढुङ्गाबीचको तरूल नै हो । भारत र चीनमा जस्तै नेपालमा पनि साढे सात/आठ प्रतिशत मान्छेलाई मधुमेह छ, तर नेपालमा सबै व्यक्ति चिकित्सककहाँ गएर चेकजाँच गराउने गर्दैनन् । त्यसकारण, अर्काे साढे सात/आठ प्रतिशत रोगी रोग पत्ता नलगाई घरमै बसिरहेको हुनसक्ने सम्भावना छ ।
५. अनि चितवनमा चाहिँ यो रोगको स्थिति कस्तो छ ?
— हामीले चितवनमा एउटा अध्ययन गरेका थियौँ । प्रारम्भिक अध्ययनले चितवनमा लगभग १२ प्रतिशतभन्दा बढी मधुमेहीहरु रहेको देखाउँछ । किनभने दुई वर्ष पहिले सौराहामा गरिएको एउटा अध्ययनले पनि १२ प्रतिशत मधुमेही भएको देखायो भने अहिले भरतपुर महानगरपालिकाको ९ नं वडामा पाँच हजार ४५ जनामा मधुमेह भएको पाइयो । हामीले एउटा सर्वे गर्दाखेरि १४ प्रतिशतको हाराहारीमा मधुमेह प्रभावित मानिसहरुको संख्या देखियो । यो भनेको चितवन नेपालको डेटा र विश्वको डेटाभन्दा मधुमेहीको संख्यामा अगाडि छ ।
६) मधुमेह भन्नाले के बुझिन्छ ? यो कस्तो खालको रोग हो ?
— मधुमेह आफैँमा एउटा रोग नभएर रोगको यस्तो अवश्था हो जसले रक्त ग्लुकोज बढ्ने साझा लक्षण व्यक्त गर्दछ । आठ–दस घन्टाको उपवासपश्चात् लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ मि. ग्रा. प्रतिडेसिलिटर (१०० मि. ली. रगतमा १२६ मि. ग्रा.) भन्दा ज्यादा पाइएमा त्यस्ता व्यक्तिलाई मधुमेह रोग लागेको मानिन्छ । सामान्यतया एउटा स्वस्थ व्यक्तिको रगतमा ८० देखि ११० मि. ग्रा. प्रतिडेसिलिटर ग्लुकोज पाइन्छ । यदि ग्लुकोजको मात्रा यो रेन्जभन्दा ज्यादा भएमा त्यसलाई हाइपर ग्लाइसिमिया भनिन्छ भने कम भएमा हाइपो ग्लाइसिमिया भनिन्छ । चिकित्सकीय परिभाषामा ती सम्पूर्ण रोगावस्थाहरुलाई मधुमेहको नामले सम्बोधन गरिन्छ, जसले हाइपर ग्लाइसिमियाको साझा लक्षणलाई व्यक्त गर्दछन् ।
७) ग्लुकोज भनेको के हो ? रक्त ग्लुकोज भनेको के हो ? रक्त ग्लुकोज र मधुमेह रोगको बीचमा के सम्बन्ध छ ?
— साह्रै राम्रो प्रश्न छ । हाम्रो शरीरलाई तीन प्रकारका त¤वहरु चाहिन्छ : एउटा ग्लुकोज, अर्काे प्रोटिन र अर्काे फ्याट । ग्लुकोज विभिन्न खालको कार्बाेहाइड्रेटमध्येको एउटा कार्बाेहाइड्रेट हो । यो फाइन फर्म हो, र यो सोसेर हाम्रो शरीरले विभिन्न तन्तु तन्तुलाई इनर्जी दिने गर्छ । हरेक तन्तुलाई इनर्जी दिन्छ । रक्त ग्लुकोज भनेको रगतमा कति ग्लुकोज बग्यो भने शरीरले त्यस्तो शक्ति दिने काम गर्छ भन्ने हो ।
यस्तो रगतमा हुने ग्लुकोजचाहिँ हाम्रो शरीरमा खाली पेटमा १२६ मिलिग्राम/डेसिलिटर नकट्ने गरेर, खाना खाएपछि १६० नकट्ने गरेर भयो भने त्यसले शरीरमा सामान्य र राम्रो काम गर्छ । हाम्रो शरीरको मुख्य मुख्य अंगहरुलाई त्यसले बचाउँछ । तर, यदि त्योभन्दा बढी मात्रा निरन्तर रह्यो भने त्यसले रगतका नलीहरुलाई ड्यामेज गर्ने, तन्तुहरुमा पनि सीधै ग्लुकोजमा टक्सिन अथवा विषको काम गर्ने र ती अंगहरुमा रगतको प्रभावचाहिँ रगत बाक्लो भएर बग्न नदिने भएको हुनाले ठिक्क ग्लुकोज शरीरलाई एकदमै जरूरी छ । जस्तैः मस्तिष्कलाई ग्लुकोज नभई हुन्छ । कम ग्लुकोज भयो भने पनि तन्तु, न्युरोनहरु मर्छन् । बढी ग्लुकोज पनि शरीरका लागिचाहिँ घातक मानिन्छ ।
८ ) मधुमेह भएको/नभएको पत्ता लगाउन के गर्नुपर्छ ?
— मधुमेह भएको/नभएको पत्ता लगाउन पहिलो कुरा त मधुमेहका मुख्य तीन/चारवटा लक्षणहरु थाहा पाउनु जरूरी छ जसमा बढी भोक लाग्नु, बढी तिर्खा लाग्नु र बढी पिसाब लाग्नु । यी तीनवटा एकदम मह¤वपूर्ण कार्डिनल लक्षण हुन्, यो याद गर्नुप¥यो । त्यसपछि कुनै घाउ भयो भने घाउ निको नहुनु, आँखा धमिलो हुँदै जानु, शरीर चिलाउनु, रोगसँग लड्ने क्षमता नहुनु, शरीर आलस्य हुनु, तौल घट्नुजस्ता लक्षणहरु भयो भने पनि मधुमेह हो कि भन्ने शंका हुन्छ । र अर्काे कुरा, परिवारमा एक जनालाई मधुमेह छ भने अरु व्यक्तिलाई पनि मधुमेह छ कि भनी शंका गर्नु पनि एक प्रकारको लक्षण नै हो । त्यस्तो छ भने डाक्टरकहाँ गएर जँचाउनुप¥यो ।
७) रक्त ग्लुकोज कति भए मधुमेह भएको मानिन्छ ?
— रक्त ग्लुकोजचाहिँ चार तरिकाले परीक्षण गर्न सकिन्छ । आठ घन्टाको खाली पेटमा आएर रगत जाँच्दा १२६ भन्दा बढी भए सुगर भएको मानिन्छ । खाना खाएको ठीक दुई घन्टापछि सबैभन्दा बढी सुगर हुने हो, त्यो बेलामा २०० कट्यो भने सुगर भएको मानिन्छ । २४ घन्टामा कुनै पनि समय आएर परीक्षण ग¥यो भने ¥यान्डम ब्लड सुगर भन्छौँ, त्यो पनि २०० भन्दा बढी भयो भने सुगर भएको मानिन्छ । र, तीनदेखि चार महिनाको ब्लड सुगरको एभरेज निकाल्न मिल्छ, एसबीएआईसी भन्ने परीक्षणबाट । त्यो परीक्षणमा साढे ६ पर्सेन्टेजभन्दा बढी ग्लुकोज रगतमा भयो भने पनि सुगर भएको मानिन्छ ।
८) खाली पेटको रक्त ग्लुकोज र खाना खाएपछिको रक्त ग्लुकोजलाई जनसामान्यको भाषामा बुझाइदिनुस् न !
— खाली पेटको ग्लुकोज र खाना खाएपछिको ग्लुकोज भनेको २४ घन्टामा सबैभन्दा शरीरमा कम सुगर हुने समय, खाना खाएपछिको खाली पेट कति घन्टा रहेपछि भन्ने हो । त्यसमा खाली पेटको आठ घन्टापछि चाहिँ शरीरमा ग्लुकोजको मात्रा सबैभन्दा न्यून हुन थाल्छ । त्यही भएर त्यो बेलामा परीक्षण गरियो भने २४ घन्टामा सबैभन्दा कम हुने रेकर्ड थाहा हुन्छ भने खाना खाएको दुई घन्टापछि शरीरमा सबैभन्दा बढी ग्लुकोज बढ्छ । त्यसको परीक्षण गरियो भने २४ घन्टाको सबैभन्दा उच्च पोइन्ट पत्ता लाग्छ । हरेक मानिसहरुमा त्यो हाइएस्ट पोइन्ट र लोयस्ट पोइन्टको बीचमा सुगर हुने गर्छ । त्यस कारण, सबैभन्दा लोएस्ट र हाइएस्ट टेस्ट गर्ने चलन चलेको हो फास्टिङ र एए भनेर ।
९) ग्लाइकोसेलेटेड हेमोग्लोबिन परीक्षण भनेको के हो ? यो कसरी जाँच्ने गरिन्छ ?
— ग्लाइकोसेलेटेड हेमोग्लोबिन भनेको एसबीएआईसी हो । एचबी भनेको हेमोग्लोबिन हो र एआईसी भनेको एउटा प्रोटिन हो । सुगरको कम्पोनेन्ट हो । सुगरसँग ग्लुकोजमा रगत टाँसिने भन्न खोजिएको हो । रगतको कणमा ग्लुकोज टाँसिने हुन्छ । एउटा मान्छेको रगतको आयु १२० दिन हो । भनेपछि एउटा रगतको सेलमा एकचोटि ग्लुकोज टाँसिएपछि लगभग १२० दिन टाँसिने भयो । त्यसो भएर त्यो कतिवटा ग्लुकोजका टुक्राहरु रगतसँग टाँसिएको छ भन्ने रेसियो निकाल्ने हो । भनेपछि ३ देखि ४ महिनाकै रिपोर्ट थाहा हुने भो, त्यसैलाई ग्लाइकोसेलेटेड हेमोग्लोबिन भनिन्छ । यो कसरी जाँच गरिन्छ भने रगतबाटै परीक्षण गर्ने हो । जतिखेर परीक्षण गर्दा पनि हुन्छ । यसलाई खाली पेट वा खाना खाएपछि भन्नुपर्दैन ।
१०) मधुमेह कति प्रकारका हुन्छन् ?
— मधुमेह दुई प्रकारका हुन्छन् । अहिले नयाँ क्लासिफिकेसन पनि आएको छ, ५/६ प्रकारको भनेर । तर, विशेष गरेर अहिलेसम्म मानिएको मधुमेहचाहिँ दुई प्रकारको हुन्छ । टायप–१ मधुमेह र टायप–२ मधुमेह । अर्काे तेस्रो प्रकारको विशेषगरी पहिलेदेखि भन्दै आएको चाहिँ गर्भावस्थामा हुने मधुमेह हो ।
११) टाएप–१, टाएप–२, गर्भावस्थामा हुने र अन्य रोगहरुको कारणले हुने मधुमेहका बारेमा बताइदिनुहोस् न ?
— टाएप–१ भनेको उमेरको हिसाबले ३० वर्षभन्दा पहिल्यै सुरू हुने मधुमेह हो । टाएप–२ भनेको ३० वर्षभन्दापछि सुरू हुने मधुमेह हो । ३० वर्षलाई किन बोर्डर राखेको हो भने खानपिन, जीवनशैली र रहनसहन ३० वर्षसम्म धेरैजसो सामान्य खालको, घरमै खाने, बच्चाहरुदेखिको लाइफको बारेमा हुन्छ । त्यति छिटो सुगर सुरू भयो भने त्योचाहिँ खाएर, पिएर भएको हुँदैन । त्यस कारण, टाएप १ मा खानपानको कुराभन्दा पारिवारिक तथा जेनेटिक कुरा हुन्छ । यिनीहरुमा इन्सुलिन बन्दै बन्दैन । त्यस कारण, यसलाई इन्सुलिन डिपेन्डेट डायबिटिज पनि भनिन्छ। इन्सुलिन दिएर मात्रै ठीक हुने भएको भएर । उल्टो हुन्छ जति छिटो डायबिटिज हुन्छ, त्यति ट्याब्लेटले भन्दा सुईले राम्रो काम गर्छ । किनभने, इन्सुलिन छँदै छैन भने त बाहिरबाट इन्सुलिन नै दिनुप¥यो ।
टाएप २ भनेको मानिसको शरीरमा इन्सुलिन त बन्यो, तर शरीरमा काम गर्न नदिने त¤वहरु बढ्यो उमेर बढेसँगसँगै । जस्तैः मान्छे मोटो भयो, फ्याट बढ्यो । ग्लुकोजले मनपरी काम ग¥यो, इन्सुलिनले त्यसलाई छेक्न सकेन, त्यसलाई टाएप टु भनिन्छ । यसमा चाहिँ खानपान, रहनसहन र जीवनशैलीको रोल बढी हुन्छ, जेनेटिक रोल कम हुन्छ ।
अब गर्भावस्थामा हुने मधुमेहको बारेमा चाहिँ गर्भावस्थामा के हुन्छ भने शरीरमा प्रोटिनको मात्रामा पनि वृद्धि हुन्छ, ग्लुकोजचाहिँ शरीरले युटिलाइज गर्न सक्दैन । विशेषगरी, योचाहिँ २४ हप्तादेखि ३२ हप्ताको बीचतिर गएपछि शरीरमा बनेको ग्लुकोजलाई शरीरले मेटाबोलाइज गरेर पखालेर पठाउन सक्दैन । त्यस्तो बेलामा चाहिँ इन्सुलिन रेसिस्टेन्स हुन्छ । यो भनेको इन्सुलिनले आफ्नो काम गर्न सक्दैन । ग्लुकोजले मात्रै शरीरमा बढी नोक्सान पु¥याउन थाल्छ । र, त्यो बेलामा गर्भावस्थामा हुने सुगरलाई जेस्टिसनल डायबिटिज अथवा गर्भावस्थामा हुने मधुमेह भन्छौँ, जुन एक तिहाइ मानिसहरुमा चाहिँ मधुमेह सञ्चो हुन्छ बच्चा जन्मिएपछि । तर, केही मानिसहरुमा फेरि पछि सुरू हुन सक्छ ।
यस्तै, अन्य रोगहरुको कारणले पनि मधुमेह हुन सक्छ । जस्तो पेटमा, पेन्क्रियाज भन्ने ग्रन्थीको पुच्छरबाट इन्सुलिन निस्कने हो । मानौँ, त्यही पेन्क्रियाज बिरामी भइदियो, पेन्क्रियाटाइटिस भन्ने रोग भइदियो भने इन्सुलिन निस्कन छोड्छ । त्यसले गर्दा दोस्रो प्रकारको डायबिटिज हुने भयो । पेन्क्रियाज निको हुँदा त्यो निको हुन पनि सक्छ । अर्काे अत्यधिक मोटोपनले, फ्याटले गर्दा हुन्छ । तौल घटेपछि हराउने, त्यो बेलामा देखिने हुन्छ । अर्काे फरक–फरक खालको केटाकेटीमै हुने जेनेटिक डायबिटिजहरु छन् । कहिलेकाहीँ विभिन्न केमिकलहरु, औषधिहरु जस्तो प्रेडनिसोलोन भन्ने स्टेरोइडको प्रयोगले पनि मधुमेह एकदम भएको देखिएको छ । अनि स्ट्रेसले पनि मधुमेह हुन्छ । कुनै टक्सिन, पोइजनहरुले पनि मधुमेह हुन्छ । यस्ता खालकालाई चाहिँ अन्य प्रकारका भनेर बाँडिएको छ ।
११) मधुमेह रोग लागेपछि देखिने अन्य लक्षणहरु के–के छन् ?
— मधुमेह रोग लागेपछि विशेषगरी तीनवटा लक्षणहरु बढी भोक लाग्ने, बढी तिर्खा लाग्ने, बढी पिसाब लाग्ने हुन्छ । त्यसपछि टाउकोदेखि खुट्टाको बूढी औँलासम्म लक्षणहरु हुन सक्छन्, जसले मान्छे गल्न सक्छ, आँखा धमिलो हुन सक्छ, चक्कर आउन सक्छ । घाउ निको नहुन सक्छ । थकान बढ्न सक्छ, तौल घट्न सक्छ । खुट्टामा घाउ, अल्सर हुन सक्छ, यी आदि जस्ता लक्षण हुन्छन् । कतिपयमा भने लक्षण नै देखिँदैन । यी कुनै लक्षण नै नदेखिने तर परीक्षणको क्रममा मधुमेह देखिन पनि सक्छ ।
१२) मधुमेह रोगले केकस्तो हानिनोक्सानी पु¥याउनसक्छ ?
— मधुमेहले गर्ने हानिनोक्सानीसँग नै हो मुख्य डराउनु परेको । रोगसँग डराएको होइन, रोगको नोक्सानसँग डराएको । मधुमेह रोगको कम्प्लिकेसनहरु दुई प्रकारका छन् : एउटा अचानक हुने, अर्काे बिस्तारै हुने । बिस्तारै हुनेमा चाहिँ सबैभन्दा साना नलीहरु रगतको नलीहरुमा हान्ने भएर हुने हो, जसलाई आँखाको डायबिटिज रेटिनोपेथी भन्छौँ हामी । रेटिना भन्ने आँखालाई दिमागसँग जोड्ने नसाहरुमा सबैभन्दा पहिले असर गर्छ । रगतका नलीहरु जाम गरिदिन्छ अथवा त्यहाँ रेटिनामा हेम्ब्रेज गरिदिन सक्छ, जसले गर्दा आँखाको दृष्टि गुम्न सक्छ, जुन बिस्तारै पनि हुन सक्छ र अचानक पनि हुन सक्छ । अर्काे, स्नायु प्रणालीमा असर गरेर गोडाहरु झमझमाउने, पोल्ने हुँदै पछि गएर लाटो नै भएर खुट्टा काट्नुपर्ने डायबिटिक फुट अल्सरसमेत हुन सक्छ । यसलाई हामी डायबिटिज न्युरोप्याथी भन्छौँ । तेस्रोचाहिँ डाइबिटिजले मिर्गौलामा हान्ने हुन्छ । नेफ्रोप्याथी भन्छौँ जसलाई, योचाहिँ मिर्गौलामा असर गरेर दुइटै किड्नी फेल हुनेमा विश्वमा दुई नम्बर कारणमा पर्छ मधुमेह, प्रेसरपछि । अरु असरहरुमा अचानक प्यारालाइसिस हुन सक्ने हुन्छ । अचानक हर्टअट्याक हुन सक्ने रिस्क अरु बिरामीलाई भन्दा डबल हुन्छ डायबिटिजकोलाई । अचानक आँखा बन्द हुन सक्ने, रगतका नलीहरु थुनिनसक्ने, घाउहरु हुन सक्ने, घाउ निको नहुने, त्यसैबाट इन्फेक्सन रगतमा फैलिनेजस्ता अन्य नोक्सानहरु मेधुमेहले पु¥याउन सक्छ ।
१३) औषधि खाइयो भने घाउहरु निको हुन्छन् त ?
— मधुमेहको औषधि खाइयो भने मधुमेह कन्ट्रोलमा आयो र अरु मानिसको सरह नै भयो भने त्यही लेबलकै रगतमा सुगर बगेपछि त त्यो कम्प्लिकेसनहरु कम आउँछ, तर त्यो कुरा ढिलो गरियो भने फेरि सोचेजस्तो सयमा सय प्रगति हुन्न । किनभने, त्यहाँ ड्यामेज भइसकेको हुन्छ ।
१४) मधुमेह रोगलाई कसरी निगरानी गर्ने ?
— मधुमेह रोगलाई निगरानी गर्नेबारेमा हामीले के बुझ्नुप¥यो भने पहिलो कुरा पारिवारिकरुपमा ‘परिवार र मधुमेह’ भनेको छ नि त अहिलेको नारा । एक जनालाई मधुमेह छ भने घरपरिवारका अरुलाई पनि मधुमेह छ कि भनेर वार्षिक परीक्षण कम से कम गर्नुप¥यो । एउटा मानिसले एक वर्षमा मधुमेहको सुगर र प्रेसरका लागि प्रेसर नाप्यो भने विश्वमा १३ प्रतिशत मधुमेह र प्रेसरका बिरामी घट्छन् अरे । यत्तिकै पनि नाप्यो भने थाहा हुन्छ, पत्ता लाग्छ समस्या कम गर्न सकिन्छ । त्यसैले, त्योचाहिँ गर्नुप¥यो ।
दोस्रो, समाजमा पनि मधुमेहको बारेमा सचेतना फैलाउनुप¥यो । सरकारले मधुमेहलाई जिन्दगीभरिको रोग र यति धेरै मानिसलाई असर गरेको हुनाले शुल्क फ्रीमा परीक्षण गर्न पाउने र यसको औषधिहरु देशैभरि उपलब्ध गराएर यसको प्रचारप्रसारमा सरकारले पनि जनस्वास्थ्यमार्फत रोल प्ले गर्नुप¥यो ।
अर्काेचाहिँ मधुमेह रोगलाई निगरानीमा राख्नलाई बिरामी आफैँले लिने होसियारीमा चाहिँ ब्लड सुगर अघि मैले भनेजस्तै खाली पेट १२६ भित्र राख्न, खाना खाएपछि १६० भित्र राख्न कोसिस गर्नुपर्छ । यसले शरीरका ड्यामेज गर्नसक्ने अंगहरु आँखा, मुटु, मिर्गौला, रगतका नलीहरु परीक्षण गरिरहन र परीक्षण गरेर केही समस्या देखिएमा चिकित्सकले भनेजस्तै गरेर फलोअप गर्न, टाइमली औषधि लिन र परेको खण्डमा इन्सुलिनसमेत लगाउनुपर्छ ।
१५) मधुमेहको प्रचलित उपचार विधि कस्ता छन् ?
— प्रचलित उपचार विधिहरु केकस्ता छन् भन्नेबारेमा तीनवटा उपचार विधिहरु छन्– एउटा, जीवनशैली परिवर्तन । दोस्रो, औषधिबाट र तेस्रो सुईबाट । जीवनशैली परिवर्तनमा दुई भाग छ, एउटा खानपिन र अर्काे रहनसहन । खानपानमा कम कार्बाेहाइड्रेट खाने अथवा ग्लुकोजजन्य चीजहरु कम खाने । जस्तैः आलु, चिनी, गुलियो मिठाई, स्वीस, बेकरी, भात, रोटीमा ग्लुकोज धेरै हुन्छ । यी चीजहरुको मात्रामा कटौती गर्नुप¥यो ।
१८०० किलो क्यालोरीभन्दा माथि जानुभएन भने प्रोटिनहरु लिन सकिन्छ । फ्याट पनि थोरै थोरै लिन सकिन्छ । तर, खानेकुरामा चाहिँ बढी कार्बाेहाइड्रेट हुनुभएन र डिभाइडेट फुड खानुप¥यो । फरक–फरक समयमा खानुप¥यो । एकैचोटि हेभी फुडिङ गर्नुभएन । बिहानमा भातै खाने, बेलुकामा रोटी, सागसब्जी एवम् प्रोटिनजन्य चीजहरु बढी खाने । भातमा त्यस्तो नयाँ–पुराना चामल भन्ने हुँदैन, तर मानिसहरुले त्यस्तो भन्छन् । फ्याक्ट्रीहरुमा प्रशोधन गरेका, पोलिस्टेड गरेका राइस, मैदाहरु राम्रो मानिँदैन । नेचुरल टाएपका खानेकुराहरुमा बढी जोड दिने । पानी प्रशस्त पिउने । अनि, जीवनशैलीमा चाहिँ तनावमुक्त रहन प्रयास गर्ने । २० मिनेटको फटाफट पसिना आउने गरी हिँडाइ, दौडिने पनि होइन, उफ्रिने पनि होइन । सकेसम्म हिँड्ने अनि योगा टाइपका कसरतहरुमा जोड दिने । बसेर गर्ने कामहरु छन् भने त्यसलाई व्यवस्थित गर्नुप¥यो । बढी हिँड्नुप¥यो ।
प्रचलित उपचारमा औषधिको कुराहरुमा औषधिहरु धेरै प्रकारका छन् । सबैभन्दा डायबिटिजको किङ भनेर मेटफरमिन भन्ने दबाइलाई मानिन्छ । अरु पनि धेरैवटा ट्याब्लेटहरु छन्, जसले कसैले ग्लुकोजलाई नियन्त्रण गर्न खोज्ने, कसैले इन्सुलिनलाई बढी काम गर्न दिने, कसैले इन्सुलिनलाई ग्लुकोजलाई नियन्त्रण गर्न नदिएको बीचको ब्यारियरलाई हटाइदिने, कसैले खाना रूच्न कम गराइदिएर ग्लुकोज घटाइदिने, कसैले ग्लुकोजलाई पिसाबबाट फालिदिएर काम गर्ने । यी आदि जस्ता विभिन्न खालका औषधिहरु छन् ।
अर्काेचाहिँ इन्सुलिन । इन्सुलिन भनेको चाहिँ जे छैन त्यो दिने हो । इन्सुलिन लगाउन नेपालमा धेरै मानिसहरु तर्सिने गर्छन् । अमेरिकामा सय जनालाई सुगर भयो भने ८५ जनाले इन्सुलिन लगाउँछन् । नेपालमा १०० जनालाई सुगर भयो भने ८५ जनाले ट्याब्लेट खान्छन् । मानिस उही हो, रगत उही हो । हामीकहाँ डरले जित्यो, तर खास राम्रो इन्सुलिन हो । सजिलोचाहिँ ट्याब्लेट हो । मान्छेले सजिलो बाटो रोज्छन् । सुई गाह्रो, झन्झटिलो अलिकति हुन्छ तर राम्रोसँग शिक्षा लियो भने सुई लगाउन गाह्रो छैन । सुई लगाउनुपर्ने अवस्था के–के हो भन्ने पत्ता लाग्दा नै कुनै अंगमा ड्यामेज गरिसकेको छ भने सुई लगाउनुप¥यो । कुनै अंगमा पत्ता लाग्दा होइन, तर उपचारको ट्याब्लेट खाने क्रममा ट्याब्लेटले नियन्त्रण गरेन भने पनि सुई नै हो । नियन्त्रण त गर्दै गयो, तर लामो समयपछि कुनै अंगमा ड्यामेज ग¥यो भने पनि सुई नै हो । कुनै अप्रेसन गर्नुप¥यो भने डायबिटिजको बिरामीलाई इन्सुलिन नै हो । कुनै इन्फेक्सन भएर भर्ना भयो बिरामी भने त्यो बेलामा पनि सुई नै हो । टाएप १ डायबिटिजको त उपचार नै इन्सुलिन हो ।
मधुमेह रोगबारे भ्रम र सत्य
क) मधुमेहका रोगीले गुलिया चीज कहिल्यै खान सक्दैनन् ।
— गुलिया चीज खान सकिन्छ । गुलियोमा ग्लुकोजको मात्रा हेर्ने हो । जस्तैः सुगर फ्री भनेर बजारमा किन्न पाइन्छ नि, त्यो पनि गुलियो हुन्छ नि ! तर, ग्लुकोजको मात्रा नियन्त्रित र १६०० किलो क्यालोरी क्याल्कुलेट गरेर खान हुन्छ । जस्तोः एउटा रसवरीमा ४०० किलो क्यालोरी हुन्छ । मानौँ, त्यो मान्छेले ४०० किलो क्यालोरीको रसवरी खायो भने अरु खानेकुराबाट १२०० किलो क्यालोरी मात्र पूरा गरेर त्यो दिन बिताउनुप¥यो । स्याउमा जम्मा ४० प्रतिशत सुगर हुन्छ, गुलियो भए पनि स्याउ खान सकियो । सुन्तलामा ४१ प्रतिशत क्यालोरी हुन्छ । अनारमा फेरी ८० प्रतिशतभन्दा बढी हुन्छ । सबैको आआफ्नो भ्यालु छ, त्यो भ्यालु क्याल्कुलेट गरेर कति खान मिल्ने भन्ने बनाउनुपर्छ ।
ख) टायप–२ मधुमेह त्यति सिरियस हुँदैन ।
— त्यसो होइन, टायप टु मधुमेह सिरियस हुन्छ । तर, टायप टु मधुमेहमा सच्याउने कुराहरु धेरै हुन्छन् । जस्तैः मोटोपन घटाउनु, एक्सरसाइज गर्नु, तनाव नलिनु । यस्तै, ट्याब्लेटले पनि काम गर्ने भएको भएर टाइप १ भन्दा टायप २ अल्लि कम सिरियस त हो, तर धेरै मानिसलाई हुने भएको भएर पब्लिकमा धेरै हल्लाखल्ला यसकै छ ।
ग) मधुमेहले मोटा व्यक्तिलाई मात्र सताउँछ ।
— मधुमेह मोटा व्यक्तिलाई मात्र हुन्छ भन्ने कुरा गलत हो । पातलोलाई पनि हुन्छ, किनभने जेनेटिक हुने भए मोटो भए नि पातलो भए नि हुने भयो । ३० वर्षअगाडि भयो भने जसलाई पनि हुने भयो । मोटा व्यक्तिमा केही पर्सेन्टेज बढी हुन्छ, किनभने इन्सुलिन रेसिस्टेन्स हुन्छ, फ्याटले गर्दा (इन्सुलिनले काम गर्न नपाउने) । त्यो कुरो मात्र बढी हो, अन्यथा एउटै हो ।
घ) मधुमेहका रोगीहरुले खेलकुदमा भाग लिन सक्दैनन् ।
— मधुमेहका रोगीले सबै खाले खेलकुदमा भाग लिन सक्छन्, तर ग्लुकोज कम हुन दिन भएन । ग्लुकोज कम हुनसक्ने रिस्क हुन्छ, उनीहरुले हेभी एक्सरसाइज गर्दा । त्यही भएर केही खाएर गर्ने एक्सरसाइज राम्रो हो । केही नखाई गर्न हुँदैन ।
ङ) मधुमेह वंशमा अंशको रुपमा पाइएको रोग हो ।
— त्यो त हो ।
च) धेरै चिनी खानेलाई मधुमेह रोग लाग्छ ।
– चिनी धेरै खाँदैमा मधुमेह रोग लाग्ने भन्नेचाहिँ होइन । त्यसो त, बंगालमा सबैभन्दा बढी चिनी खान्छन्, उनीहरुलाई सुगर कम छ । केरलामा सबभन्दा कम चिनी खान्छन्, उनीहरुमा सुगर बढी छ इन्डियामा । सुगर पत्ता लागिसकेपछि चिनीको मात्रा नियन्त्रण गर्नु ठीक हो, तर चिनी नै खाएर सुगर हुन्छ भन्नु गलत कुरा हो ।
छ) मधुमेह लाग्नु भनेको जीवनका सबै खुसी समाप्त हुनु हो ।
— मधुमेह रोग नै होइन, म त मधुमेही हुन्छु । लायन्सले लायन फलानो, रोटरीले रोट्रियन फलानो भनेजस्तै मधुमेही हो । मधुमेह रोग होइन । त्यसो भएर जीवनशैली अपनाउन जान्यो, त्यस्तै खालको खानपिन अपनाउन जान्यो । रोग टाइममै पत्ता लाग्यो, औषधि लिएर सुगरलाई खाली पेटमा १२६ भन्दा भित्र र खाना खाएपछि १६० भन्दा भित्र राख्यो, टार्गेट अंगहरुको बारेमा नियमित चिकित्सकसँग परीक्षण गरायो भने मधुमेह भएर कुनचाहिँ कुरा रोकिन्छ ? संसारको कुनै देश घुम्न रोकिन्छ कि ! कुनै कार्यक्रममा भाग लिन रोकिन्छ कि ! वैदेशिक रोजगारीमा जान रोकिन्छ कि ! खुसी हुन रोकिन्छ कि ! बच्चा पाउन रोकिन्छ कि ! नो । डायबिटिजमा सबै खाले खुसी मिल्छ ।
ज) सुगर फ्री खानेकुरा मधुमेहका लागि उत्तम मानिन्छ ।
— सुगर फ्री नै भन्ने त होइन, तर सुगरको पर्सेन्टेज क्याल्कुलेट गरेर यतिसम्म खानुपर्छ भन्ने कुराचाहिँ उत्तम मानिन्छ । टोटल सुगर फ्री ग¥यो भने त फेरि क्यालोरी लेस भएर औषधि लगाइराको, सुई लगाएको मान्छे त ग्लुकोज कममा जान सक्छ नि त !
झ) मधुमेह लागेका मान्छेले रक्तदान गर्न सक्दैनन् ।
— मधुमेह भएको मान्छेले रक्तदान गजबले गर्न सक्छन् । इन्सुलिन लगाइरहेकोले चाहिँ मिल्दैन । किनभने, इन्सुलिन भनेको सीधै अर्काेलाई पनि ट्रान्सफर भएर जान्छ । तर, ट्याब्लेट खाएर कन्ट्रोल भएकोले रक्तदान गर्न सक्छन् ।
ञ) मधुमेह लागेपछि गर्भाधान गर्न सकिन्न ?
— गर्भाधान गर्न मजाले सकिन्छ । किनभने, सुगर कन्ट्रोल हुने हो । गर्भाधानको बेलामा इन्सुलिन लगाउनुपर्छ, ट्याब्लेटले हुँदैन ।
ट) गर्भावस्थामा हुने मधुमेहलाई त्यति सिरियसली लिनुपर्दैन यो आफैं हराएर जान्छ ।
— एक तिहाइ गर्भावस्थामा हुने मधुमेह हराएर जान्छ भने एक तिहाइमा चाहिँ पछि फेरि हुन सक्छ । त्यस कारण, अन्यभन्दा सिरियस नभए पनि निगरानीचाहिँ राख्नुपर्छ ।
ठ) गर्भावस्थामा इन्सुलिनको प्रयोग गरे बच्चालाई पनि हानि गर्दछ ।
— गर्भावस्थामा इन्सुलिन प्रयोग गरेर सुगर कन्ट्रोल छ र माथि–तल छैन, लेबलमा छ भने बच्चालाई कुनै पनि नोक्सान गर्दैन ।
ड) मधुमेहका रोगीले रोटी खान हुन्छ, तर भात खान हुन्न ।
— यो कुरा गलत हो । रोटी पनि कार्बाेहाइड्रेट हो, भात पनि कार्बाेहाइड्रेट । एउटा ग्लाइसेमिक इन्डेक्स (ग्लुकोजको भार) भन्ने हुन्छ । ग्लुकोजको ग्लाइसेमिक इन्डेक्सको भ्यालु ७० हो भने भातको, रोटीको झन् ७१ हो । सामान्य एक बटुका भातबराबर तीनवटा रोटी हो । मानौँ, बिरामीले ५ वटा रोटी खाइदियो भने एक बटुका भातभन्दा पाँचवटा रोटीमा बढी ग्लुकोज मिल्यो नि ! त्यही भएर कति रोटीसँग कति भात ? त्यो क्याल्कुलेसन मात्र मह¤वपूर्ण हो, तर दुइटै कार्बाेहाइड्रेटको स्रोत हो ।