प्रभात महिलाको अनुशिक्षण

अन‌ि यो पनि

भरतपुर । १०४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभात महिला बचत तथा ऋण सहकारी संस्थाले बिहीबारदेखि आफ्नै भवन भरतपुरमा सहकारी अनुशिक्षण कार्यक्रम सुरू गरेको छ ।
कार्यक्रमको उद्घाटन संस्थाकी सल्लाहकार एवम् पूर्वअध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) की सञ्चालक सदस्य शान्ति अधिकारीले गरेकी थिइन् । कार्यक्रमको उद्घाटन संस्थाकी अध्यक्ष ईश्वरी शर्मा ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा रक्तदाता उत्प्रेरक प्रशिक्षक दुर्गाकुमारी लामिछाने र प्रमुख अतिथि शान्ति अधिकारीले सहजिकरण गरेका थिए । ३६ जना नयाँ शेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिक्षा उप समिति संयोजक बिन्दु पौडेलले गरेकी थिइन् । संस्थाकी सञ्चालक सदस्य सरला दवाडीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहभागीको तर्फबाट सरस्वती पोखरेल, सुनिता लोहनी र मेनुका अर्यालले मन्तव्य दिएका थिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया