परासी । आगामी आर्थिक वर्ष २०७१÷७२ का लागि कुल तीन अर्ब ३३ करोड आठ लाख ६० हजार बराबरको अनुमानित बजेट सार्वजनिक गर्दै जिल्ला विकास समिति नवलपरासीको २२ आँै जिल्ला परिषद्् आज यहाँ सम्पन्न भएको छ ।
परिषद्को उपप्रधानमन्त्री तथा सङ्घीय मामिला स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा स्थानीय विकास अधिकारी रामुराज कडरियाले आगामी आर्थिक वर्षको प्रस्तुत वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको थियो ।
चालुतर्फ रु एक अर्ब, ७४ करोड, ८८ लाख, ४२ हजार र पूँजीगततर्फ रु एक अर्ब ५८ करोड २० लाख, १८ हजार गरी रु तीन अर्ब ३३ करोड आठ लाख ६० हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको थियो । सो क्रममा नवलपरासी जिल्लाका सभासद्हरू डा शशाङ्क कोइराला, जीवन श्रेष्ठ, कृष्ण पौडेल, बैजनाथ चौधरी, विक्रम खनाल, देवकरण कलवारसहित विभिन्न दलका नेतालगायतले आआफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
यसैबीच सोही अवसरमा यस वर्षको विकास पत्रकारिता पुरस्कार २०७० बाट पत्रकारद्वय भूमिराज चापागाई र अनिल यादव पुरस्कृत भएका छन् । जिल्लामा पत्रकारितामार्फत पु¥याएको योगदानको कदर गर्दै उपप्रधानमन्त्री सिंहले उहाँहरुलाई रु २५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो । रासस
Discussion about this post