गुटका आधारमा नेतृत्व चयन नगर्ने ः एमाले

अन‌ि यो पनि

काठमाडौँ । नेकपा (एमाले) का शीर्ष नेताहरूले आगामी नवौँ राष्ट्रिय महाधिवेशनमा सकेसम्म गुटगत (प्यानल) का आधारमा नेतृत्व चयन नगर्ने बताउनुभएको छ ।
मङ्गलबार सम्पन्न केन्द्रीय कमिटीको २६ औँ बैठकका निर्णय सार्वजनिकका लागि आज पार्टी कार्यालय, बल्खुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई सकेसम्म एकता र सहमतिका आधारमा अघि बढाउने विश्वास दिलाउनुभयो ।
अध्यक्ष खनालले पार्टीभित्र लोकतान्त्रिक अध्यास गर्ने कुरालाई पनि ध्यानमा राख्दै सकेसम्म वैचारिक र साङ्गठनिकरूपमा एकता र सहमतिका आधारमा नेतृत्व चयन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहमति नभएमा लोकतान्त्रिक अभ्यासमा जाने कुरा छँदैछ तर अहिले त्यो प्रश्न उठिसकेको अवस्था होइन ।’
पत्रकारहरूको जिज्ञासामा नेता नेपालले पनि सहमति हुनुलाई ‘राम्रो’ मान्नुपर्ने तर त्यसमा सबैको सहभागिता र स्वामित्व हुनुपर्नेमा जोड दिनुभयो । नेपालको भनाइ थियो, ‘सहमति नभएमा उम्मेदवार हुन पाउने व्यक्तिको अधिकारलाई रोक्न सकिन्न ।’ सोही अवसरमा अध्यक्ष खनालले पार्टीभित्र अब वैचारिक बहस खुल्ला भएको घोषणा पनि गर्नुभयो ।
अध्यक्ष खनालले स्थानीय निर्वाचनको मिति अविलम्ब घोषणा हुनुपर्ने पार्टीको धारणा रहेको जनाउँदै पार्टीको महाधिवेशनको मितिसँग जुध्न गएमा महाधिवेशनभन्दा स्थानीय निर्वाचन नै प्राथमिकतामा पर्ने बताउनुभयो । नेपाली काँग्रेससँगको सातबुँदे सहमतिका आधारमा राष्ट्रपति÷उपराष्ट्रपतिको कार्यकाल संविधान जारी नभएसम्मका लागि अनुमोदनको संसदमा प्रस्ताव ल्याउन र सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन पहल गर्ने पनि बताउनुभयो । रासस

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया