ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अमेरिकाले संरक्षणवादी नीति लिएको भारतको आरोप

by चितवन पोष्ट
२०७० फाल्गुन २२, बिहीबार ०४:३४ गते
in विश्व
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

  नयाँदिल्ली । भारतको वाणिज्यमन्त्री आनन्द शर्माले अमेरिकाले अस्वीकार्य व्यापार संरक्षणवादको नीति लिएको आरोप लगाउनुभएको छ । यसबीच दुई मुलुकबीच तीतो कूटनीतिक विवादपछि सम्बन्ध सुधार गर्न अमेरिकी अधिकारीहरु भारतको भ्रमणमा आउने भएका छन् ।
वाणिज्यमन्त्री शर्माले नयाँदिल्लीले बौद्विक सम्पत्तिसम्बन्धी विश्व व्यापार सङ्गठनको नियम पूर्णतया पालना गरिरहेको र उसले प्याटेन्ट (स्वत्व) का विषयमा कडा उपाय कहिल्यै स्वीकार नगर्ने बताउनुभयो ।
उहाँले एक पत्रकार सम्मेलनमा अमेरिका प्रमुख आर्थिक तथा रणनीतिक साझेदार भए पनि अमेरिकाले केही विषयमा उच्च तथा अस्वीकार्य संरक्षणवादी नीति अवलम्बन गरिरहेको भारतले विश्वास गरेको बताउनुभयो ।
न्यूयोर्कमा डिसेम्बर महिनामा भारतीय कूटनीतिज्ञ पक्राउ परेपछि दुई मुलुकबीचको विवादपछि दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री निशा डी विश्वास नयाँदिल्लीको भ्रमणको तयारीमा हुनुहुन्छ । उहाँ यस अवधिमा भारतको भ्रमण गर्न चाहने सबैभन्दा उच्चपदस्थ अधिकारी हुनुहुन्छ ।
भारतमा जन्मेका यी अधिकारीले भारत आइपुग्नुपहिले कूटनीतिक विवादपछि दुई मुलुक अगाडि बढ्न खोजे पनि उनीहरुले वास्तविक चुनौती भोगेको बताउनुभयो । न्यूयोर्कमा भारतीय कूटनीतिज्ञ देवयानी खोब्रागडेलाई निजका घरेलु कामदारलाई अमेरिकामा प्रवेशाज्ञा प्राप्त गर्दा गलत विवरण दिएको आरोपमा पक्राउ गरी नाङ्गो पारी खोजतलास गरिएको थियो ।
भारतीय कूटनीतिज्ञको पक्राउ तथा उहाँलाई गरिएका व्यवहारका कारण विश्वका दुई ठूला प्रजातन्त्रबीच वर्षौंपछि सबैभन्दा नराम्रो विवाद भएको थियो । यसका कारण जनवरी महिनामा भारतले अमेरिकी दूतावासका कर्मचारी र उनीहरुको अभिरूचिलाई लक्ष्य बनाउँदै अनेकौँ पाइला लिएको थियो ।
यसबीच, भारतीय तथा अमेरिकी अधिकारीले एकअर्को मुलुकको भ्रमण गर्ने अनेकौँ कार्यक्रम रद्द भएका थिए र नयाँ व्यापार विवादले दुई मुलुकबीचको सम्बन्ध अझै जटिल बनाएको छ ।
वाणिज्यमन्त्री शर्माले भारतको औषधि उत्पादनको क्षेत्रमा अमेरिकाले बौद्विक सम्पत्ति संरक्षणका विषयमा गुनासो गरेको र यसले दुई मुलुकलाई अझै पर लगेको बताउनुभयो ।
भारतमा ‘जेनेरिक’ औषधि उत्पादन गर्ने ठूलो उद्योग रहेको छ, जसले विकासशील मुलुकका लागि जीवन जोगाउने औषधि उत्पादन गरिरहेको छ ।
वाणिज्यमन्त्री शर्माले भारतले विश्व व्यापार सङ्गठनको सन् २००५ को सम्झौताको बौद्विक सम्पत्तिको व्यापार सम्बन्धित सम्झौता (ट्रिप्स) लाई पूर्णतया पालना गर्ने, तर कहिल्यै ‘ट्रिप्स–प्लस’ लाई स्वीकार नगर्ने बताउनुभयो ।
प्याटेन्टका अधिकारका वकालतकर्ताहरुले अमेरिकाले भारत तथा थाइल्यान्डजस्ता जेनेरिक औषधि उत्पादन गर्ने मुलुकले अर्बुद तथा अन्य जीवन जोखिममा पार्ने रोगका औषधिको उत्पादन कम गरोस् भन्ने चाहेको बताएका छन् । मन्त्री शर्माले भारतले तिर्न सकिने मूल्यमा जीवन जोगाउने औषधि उपलब्ध गराइरहेको दाबी गर्नुभयो ।
भारतको तीनदिने भ्रमणअघि सहायक विदेशमन्त्री विश्वासले भारतले प्याटेन्टलाई बलियो संरक्षण दिनुपर्ने विषयमा दी टाइम्स अफ इन्डिया समाचारपत्रमा लेख प्रकाशन गर्नुभएको थियो ।
भारत तथा अमेरिकाबीचको व्यापार १०० अर्ब अमेरिकी डलर पुग्ने अवस्थामा उहाँले व्यापारिक आदानप्रदान विस्तार गर्न थप खुला वातावरण सिर्जना गर्ने समय आएको बताउनुभएको थियो । रासस÷एएफपी

Related Posts

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

संयुक्त राष्ट्रसंघद्वारा म्यान्मारका सैनिक शासकको निन्दा

संयुक्त राष्ट्रसंघद्वारा म्यान्मारका सैनिक शासकको निन्दा

फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी : इजरायली स्वास्थ्य मन्त्रालय

फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी : इजरायली स्वास्थ्य मन्त्रालय

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In